पोखरा सेरोफेरो

कास्की काँग्रेस पोविविमा, नेवि संघको अनसनमा एक्यवद्वता 
पोखरा, ११ साउन । पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसनमा कास्की काँग्रेसले एक्यवद्वता जनाएको छ । विश्वविद्यालयमा उपकुलपति र रजिष्टार नियुक्तिको माग गर्दै विगत चार दिनदेखि विद्यार्थी नेता अनशन बसिरहेका छन् । कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेका नेताहरुले आन्दोलनप्रति ऐक्यवद्वता जनाएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । नेताहरु विश्वविद्यालय पुग्दा...
पोविविमा नेवि संघका नेता अनसनमा
पोखरा, ८ साउन । पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले रिले अनसन सुरु गरेको छ । विश्वविद्यालयमा उपकुलपति र रजिष्टार नियुक्तिको माग गर्दै विद्यार्थी नेता अनसन बसेका हुन् ।पहिलो दिनको पहिलो चरणमा गोपिकृष्ण तिवारी, राजिव भण्डारी, निरज लामिछाने अनसनमा छन् । विश्वविद्यालयमा करीब १० महिनादेखि उपकुलपति र रजिष्टार नियुक्त हुन सकेको छैन । यसैबीच नेपाली काँग्रेस...
वीपी स्मृति दिवसमा कास्कीमा वृक्षरोपण र राहत वितरण
पोखरा, ६ साउन । नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालाको ३८ औं स्मृति दिवसमा कास्कीमा मङ्गलबार विविध कार्यक्रम गरिएको छ । स्मृति दिवसको अवसर पारेर वृक्षरोपण, राहत वितरण, बिरुवा गोडमेल, रक्तदान, दिप प्रज्ज्वलन जस्ता कार्यक्रम गरिएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । कास्की काँग्रेसले पोखरा २६ पैतेडाडाका ७८ परिवारलाई नगद १८ हजारसहित २० बोरा...
घाचोकमा घर भासियो
पोखरा, ५ साउन । माच्छापुच्छे गाउँपालिका वडा न. ३ घाचोकमा घर भासिएको छ । अविरल बर्षाका कारण शुक्रबार बिहान ५ः३० बजे घाचोकस्थित राम अबिरलको घर भासिएको हो । घर भासिदा भान्छाकोठालगायत अन्यकोठामा पनि क्षति भएको छ । करीब ९० हजार बराबरको क्षति भएको बताइएको छ । नेपाल रेडक्रस सोसाइटीले राहात प्रदान गरेपनि जनप्रतिनिधिहरुले भने कुनै चासो...
रानाभाट परिवारद्वारा वृद्वाश्रमलाई सहयोग
पोखरा, ३० असार । पोखरा २६ साँघुकोमुख निवासी रानाभाट परिवारले आमा खिमकुमारी रानाभाटको १३ औं दिनको पुण्य तिथिमा राधाकृण्ण वृद्वाश्रममा सहयोग गरेको छ । छोरा तारानाथ रानाभाट, देवेन्द्र रानाभाट, खिलेन्द्र रानाभाट, छोरी खिमादेवी रानाभाट र शिवकुमारी रानाभाटले सहयोग गरेका हुन् । उनीहरुले वृद्वाश्रमका ५३ जनालाई एक छाक भोजनसहित लत्ताकपडा, फलफूल, चियापत्ति, दुध, चिनी सहयोग गरेका...
 प्रदेश र स्थानीय तहका कर्मचारी विरोधमा
पोखरा,४ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय र प्रदेश तहमा समायोजन भएका नासु वा सो सरहका कर्मचारीलाई राजपत्र अनङ्कित प्रथम श्रेणाीको फारमको ढाँचा र रङको कार्यसम्पादन मूल्याङ्कन फारम भर्न परिपत्र गरेपछि त्यसको विरोध भएको छ। समायोजन ऐन २०७५ अनुसार समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका अधिकृतस्तर छैटौं तहका कर्मचारीहरूले त्यसको विरोध...
‘महान आमा’
पोखरा, ४ साउन । नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट र कास्की काँग्रेस सचिव देवेन्द्र रानाभाटकी ममतामयी माता खिमकुमारी रानाभाटको १३ औं दिनको पुण्य तिथिमा आइतबार शोक सभा गरिएको छ । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २६ ले साँघुकोमुखस्थित रानाभाट निवासमा शोक सभा गरेको हो । शोक सभामा काँग्रेसका नेता तथा कार्यकर्ता,...
पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति कास्की काँग्रेसको ध्यानाकर्षण
पोखरा, ३ साउन । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कास्की काँग्रेसको शनिवारको बैठकले विभिन्न संचारमाध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे समाचार आइरहेको उल्लेख गर्दै त्यस्तो अनियमितताप्रति ध्यानाकर्षण भएको प्रवत्ता नवीन सिग्देलले बताए । कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहितको संयुक्त बैठकमा पोखरा...
काँग्रेस नेता गुरुङको निधन
पोखरा, २ साउन । नेपाली काँग्रेसका नेता मेजर दीपकबहादुर गुरुङको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । मृर्गाैला र मधुमेहबाट पीडित नेता गुरुङको काठमाण्डौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी भूपू सैनिक संघको पूर्व अध्यक्ष र तत्कालिन संसदीय व्यवस्थामा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए । कास्कीको मादी गाउँपालिका ताङतिङमा जन्मेका...
पहिरोले घर पु¥यो, तीन जनाको मृत्यु ( भिडियो र फोटोसहित)
पोखरा, २ साउन । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ८ खोराकोमुखस्थित पाखामा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । पहिरोले प्रेमराज विकको घर पुर्दा तीन जना नातिनातिनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा १४ वर्षीय नाति समिर विक, १६ वर्षीय कुशल विक र १६ वर्षीया नातिनि रोजिना विकको मृत्यु भएको प्रहरीले जनाएको छ। आज...
पोखरामा छुट्टै कोरोना उपचार केन्द्र
पोखरा, १ साउन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले छुट्टै कोरोना उपचार केन्द्रको व्यवस्था गरेको छ । अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दा अन्य विरामीमा त्रास सृजना भएको भन्दै अस्पतालले कोरोना संक्रमितका लागि छुट्टै उपचार केन्द्र व्यवस्था गरेको हो । ४० जना कोरोना संक्रमितको उपचार गर्ने क्षमताको उपचार केन्द्र संचालनमा ल्याइएको छ ।अस्पतालमा कोरोना...
सूर्य नेपाल प्रालिद्वारा कोभिड–१९ नियन्त्रणका लागि १ करोड सहयोग
पोखरा, १ साउन । सूर्य नेपाल प्रालिले कोभिड–१९ विरुद्ध लडाईमा सहयोग पु¥याउन गण्डकी प्रदेशलाई रु. १ करोड सहयोग गरेको छ । कम्पनीका वाणिज्य प्रमुख गौतम यादव र कारखाना व्यवस्थापक बाबुराम कार्कीले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरे । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा रहेको सबैभन्दा ठूलो प्राइभेट कम्पनीले कोरोना भाइरस रोकथामको लागि दिएको...