पोखरा सेरोफेरो

सरकार अहिले चिनिया दुतावास, सितल निवास तिर मात्रै छ ः नेता महर
पोखरा, ५ मंशिर । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अदालतमा उभिएर स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। कांग्रेस महासमिति सदस्य एवं नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता महरले पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै ‘ओली प्रवृत्ति’ राष्ट्र र स्वयं...
ठूलो चार तारे झण्डा साईकलमा राखेर हिड्ने भट्टराईको निधन
पोखरा, ३० कात्तिक । पोखरा १३ लामोडहर निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य दुर्गादत्त भट्टराईको ६६ वर्षको उमेरमा निधन भएको छ । उनी तत्कालित पोखरा नगरपालिका वडा नं १३ को पूर्व वडा सदस्य हुन्। भट्टराई लामो समयदेखि प्रेसरबाट प्रभावित थिए । पोखरामा नेपाली काँग्रेसको ठूलो आकारको चार तारे झण्डा साईकलमा राखेर हिड्ने उनलाई धेरै पोखरेलीले हरिलालको...
अग्रज पत्रकार बास्तोलाको संयोजत्वमा युआरएल पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनौट समिति
पोखरा, २७ कात्तिक । युआरएल पत्रकारिता पुरस्कार २०७७ प्रदानका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक रहेको समितिका सदस्यमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र शिव खकुरेल छन् । समितिले गण्डकी प्रदेशमा स्वास्थ्य बिटमा पत्रकारिता गरिरहेका एक पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गर्ने छ । पुरस्कारको राशि नगद...
मियापाटनमा रक्तदान हँुदै
पोखरा, २० कात्तिक । इस्लाम धर्मका अन्तिम तथा महान् सन्देष्ठा हजरत मोहम्मद(सल्लल्लाहु अलैहि वसल्लम)को १४९५ औ शुभ जन्मोत्सवको अवसरमा पोखरामा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल मुस्लिम युवा समितिले पोखरा १३ मियापाटनस्थित तल्लो चौतारामा कात्तिक २२ गते शनिवार रक्तदान कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको तयारी तिव्र पारिएको छ । कोरोना भाइरसको संक्रमणसँगै...
प्रेस युनियन कास्कीद्वारा पुरस्कार संस्थापक केसीको निधनप्रति दुःख व्यक्त
पोखरा, २० कात्तिक । नेपाल प्रेस युनियन कास्कीले पत्रकारिता पुरस्कारका संस्थापक सूर्यबहादुर केसीको निधन भएकोमा दुःख व्यक्त गरेको छ । ‘उहाँको निधनले हामी मर्माहत बनेका छौं, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, उहाँको शिक्षा, स्वास्थ्य, सञ्चार र राजनीतिमा पु¥याएको योगदान सदैव स्मरणीय रहने छ।’ विज्ञप्तिमा...
पूर्व इकाइ सभापति श्रेष्ठको निधन
पोखरा, १९ कात्तिक । नेपाली काँग्रेस पोखरा ९ का पूर्व इकाइ सभापति कृष्णकुमार श्रेष्ठको ७५ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ । पोखरा ९ नयाँबजार निवासी श्रेष्ठ पूर्व वडाध्यक्ष पनि हुन् । उनी प्रेसरबाट प्रभावित थिए । उनका १ श्रीमती, १ छोरा र ४ छोरी छन् । उनको पोखराको शान्तिघाटमा बुधबार अन्त्येष्टि गरिएको इकाइ सभापति...
मस्जिदमा भएको तोडफोड र आक्रमणको निन्दा
पोखरा, १५ कात्तिक । नेपाल मुस्लिम संघ कास्कीले राजधानीको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा भएको तोडफोड र आक्रमणको निन्दा गरेको छ । संघले सो घटना सिङ्गो नेपाली मुस्लिम समुदायमाथिको आक्रमण भएको ठहर गर्दै ध्यानाकर्षण भएको जनाएको छ । संघका कास्की अध्यक्ष हारुन खानद्वारा हस्ताक्षरीत विज्ञप्तिमा सरोकारवाला सहित उच्चस्तरीय छानविन समिति गठन गरी सत्य तथ्य सार्वजनिक गर्न...
पृथ्वीधर सिग्देल समाजको अध्यक्षमा गोविन्द
पोखरा, १५ कात्तिक । पृथ्वीधर सिग्देल समाज पोखरा १३ को चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले आगामि २ वर्षका लागि गोविन्द सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुवाष सिग्देल, सचिवमा अर्जुन सिग्देल, कोषाध्यक्षमा केदारराज सिग्देल, सदस्यमा ज्ञानेन्द्रप्रसाद सिग्देल, सरस्वती सिग्देल, इन्दिरा सिग्देल र सन्तोष सिग्देल छन् । संयोजक प्रकाश सिग्देल, सदस्य...
विद्यालयद्वारा विद्यावारिधी उपाधी हासिल गर्ने पूर्व विद्यार्थी डा. पौडेल सम्मानित
पोखरा, ७ कात्तिक । पोखरा २२ पुम्दीभुम्दीस्थित भगवती आधारभूत विद्यालयले पुम्दीभुम्दी, कालावाङका डा.कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ । सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी पौडेलले नलेज मेनेजमेण्टमा विद्यावारिधी उपाधी हासिल गरेकोमा विद्यालयको गौरव बढेको भन्दै सम्मान गरेको हो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङ र पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस पुम्दीभुम्दीका पूर्व इकाइ सभापति...
तराई सेवा समाज पोखराको वार्षिकोत्सवमा रक्तदान
पोखरा, २ कात्तिक । तराई सेवा समाज पोखराले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा पोखरामा शनिवार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । पोखरा महेन्द्रपुलमा आयोजित रक्तदानमा २१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मणिपाल शिक्षण अस्पतालका डिन डा. डिसि अग्रवालले रक्तदान समाज सेवाको उत्कृष्ट कार्य भएको बताए । तराई सेवा समाज पोखराका प्रमुख सल्लाहकार...
उपचारका लागि विशाललाई आर्थिक सहयोग
पोखरा, २० असोज । सर्पको टोकाइबाट घाइते भइ उपचारका क्रममा रहेका मादी गाउँपालिका वडा नं ६ का १३ वर्षीय विशाल पौडेललाई आर्थिक सहयोग गरिएको छ । मादी गाउँपालिका वडा नं ६ निवासी युवा नेता खिमबहादुर जिसीको पहलमा संकलित ३ लाख ८७ हजार चार सय ३८ रुपैया आर्थिक सहयोग गरिएको हो । स्वदेश तथा विदेशमा रहेका...
फेरी सभापतिमा उठ्दिन – केसी
पोखरा, १८ असोज । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको १४ औ महाधिवेशनमा फेरी सभापति बन्नका लागि उम्मेद्वारी नदिने बताएका छन् । सभापतिमा दोहो¥याउन खोजिरहेको भन्ने चर्चा चलिरहेका बेला आउँदो महाधिवेशनमा सभापतिमा आफ्नो उम्मेदवारी नहुने उनले स्पष्ट पारेका छन् । १३ औं महाधिवेशनमा नै उनले एकपटक मात्र नेतृत्व गर्ने प्रष्ट पारेपनि १४ औं महाधिवेशन...