पोखरा सेरोफेरो

उज्वल टोल विकास संस्थाको अधिवेशन
पोखरा, ६ माघ । पोखरा १३ स्थित उज्वल टोल विकास समितिको सम्पन्न तेस्रो अधिवेशनले आगामि ३ वर्षका लागि बुद्विप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव गंगाधर बास्तोला, कोषाध्यक्ष आरति सापकोटा, सहकोषाध्यक्ष विष्णुकुमारी परियार छन् । सदस्यमा रुपा गुरुङ, गोरे गुरुङ, कुलबहादुर विक, अमृता विक, गंगा रानाभाट, टेकबहादुर परियार...
नेल्टा समिति विस्तार अभियानमा, अन्नपूर्णमा पनि समिति
पोखरा, ४ माघ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीले अन्नपूर्ण गाउँपालिका स्तरीय समिति गठन गरेको छ । समितिको अध्यक्षमा कविराज पौडेल, उपाध्यक्षमा गोविन्द कुँवर, सचिवमा लिलाधर अधिकारी, सह सचिवमा वुद्धिमाया लुईटेल र कोषाध्यक्षमा मधुकर सुवेदी छन् । समितिको सदस्यमा होमनाथ भण्डारी, होमनाथ अधिकारी, राजेन्द्र पौडेल, हरिलाल डागी, मिलन पौडेल, वलराम सुवेदी, ढाकामोहन अधिकारी,...
एन प्याव्सन कास्कीको २३ औं स्थापना दिवस, ६ वटा सदस्य विद्यालयलाई सम्मान
पोखरा, २८ पुस । नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरी २३ औं स्थापना दिवस मनाएको छ । ‘सहजतामा हैन सङ्कटमा पनि साथ, निजी विद्यालय सदैव बालबालिका माझ’ भन्ने मुल नाराका साथ संस्थाले आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रममा २०५५ सालमा स्थापना भएका ६ वटा सदस्य विद्यालयलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने...
माघ ३ को प्रदर्शन तयारीमा काँग्रेस
पोखरा, २८ पुस । सरकारले संसद विघटन गरेको विरुद्व नेपाली काँग्रेसले शुरु गरेको चरणवद्व आन्दोलन अन्तर्गत माघ ३ गते पालिकाहरुमा प्रदर्शन हुने भएको छ । काँग्रेसले एकै साथ देशैभरका सात सय ५३ पालिकामा प्रदर्शन गर्न लागेको हो । काँग्रेसले जिल्लादेखि वडासम्म प्रदर्शनको तालिका सार्वजनीक गरिसकेको छ । कास्कीमा माघ ३ गते पोखरा महानगरपालिका, मादी गाउँपालिका,...
कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा काँग्रेसको प्रदर्शन
पोखरा, २५ पुस । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस २५ गते शनिवार कास्कीमा पनि प्रदर्शन गरेको छ । कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । प्रवक्ता सिग्देलका अनुसार, प्रदेश सभा १ ‘क’ क्षेत्रको तालचोक, १ ‘ख’ क्षेत्रको औधोगिक क्षेत्र, प्रदेश सभा २ ‘क’...
माछापुच्छ«ेमा नेल्टाको समिति
पोखरा, २५ पुस । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीले माछापुच्छ«े गाउँपालिका स्तरीय समिति गठन गरेको छ । समितिको अध्यक्ष बलराम अधिकारी, उपाध्यक्ष सागर पौडेल, सचिव सुदिप सापकोटा, सहसचिव केशव दवाडी‘क’, कोषाध्यक्ष विजय अधिकारी छन्। सदस्यमा केशव दवाडी ‘ख’, बलराम अधिकारी, केशव दवाडी ‘ख’, पदम नेपाली, ईन्द्रप्रसाद अधिकारी, नारायण भण्डारी, बासुदेव अधिकारी, पदमराज अधिकारी,...
शनिवार काँग्रेसको प्रदर्शन, कास्कीमा तयारी पूरा
पोखरा, २४ पुस । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस २५ गते शनिवार कास्कीमा गर्ने प्रदर्शनको तयारी पूरा भएको छ । काँग्रेसले शनिवार तीन सय ३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । कास्कीका प्रदेश समितिहरुले आ आफ्नो क्षेत्रमा गर्ने प्रदर्शनको तयारी पूरा गरेका छन् । कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदेश...
राजनैतिक, धार्मिक एवं शैक्षिक व्यक्तित्व बरालको निधन, काँग्रेसद्वारा दुःख व्यक्त
पोखरा, १८ पुस । पोखरा १३, आर्वा निवासी राजनैतिक, धार्मिक एवं शैक्षिक व्यक्तित्व किर्तिराज बरालको ८४ वर्षको उमेरमा निधन भएको छ । नेपाली काँग्रेस साविक आर्वा विजय गाविसका पूर्व सभापति बरालको शुक्रबार निधन भएको हो ।  उनको शनिवार पोखरा रामघाट स्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका पूर्व महामन्त्री...
लायन्स माउण्टेन भ्यू सिटिको रक्तदानमा ५१ यूनिट रगत संकलन
पोखरा, ४ पुष । लायन्स क्लव अफ पोखरा माउण्टेन भ्यू सिटिले पोखरामा शनिबार खुल्ला रक्तदान गरेको छ । रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा पोखराको महेन्द्रपुलमा गरिएको कार्यक्रममा ५१ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक दीपक कुँवरले जानकारी दिए । लायन्स क्लवका पिएमसीसी दीपक श्रेष्ठले पहिलो रक्तदाता कविन्द्र पोखरेलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ...
कालिका सामुदायिक डिप बोरिङको साधारण सभा
पोखरा, २८ मंसिर । कालिका सामुदायिक डिप बोरिङको चौथो साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका ३३ का वडाध्यक्षले शिवराज आचार्यले संस्थाको उन्नति र विकासका लागि वडाको तर्फबाट आवश्यक स्रोत उपलब्ध गराउने बताए । कार्यक्रममा समाजसेवी केशर प्रसाद निर्दोषी, पदमराज लामिछाने, रीता आचार्यले बोलेका थिए । संस्थाका उपभोक्ता निर्मल आचार्यले संस्थाको वार्षिक प्रतिवेदन...
प्रेस युनियन कास्कीद्वारा गण्डकी पार्षद् लौडारीलाई पितृशोक परेकोमा दुःख व्यक्त
पोखरा २८ मंसिर। नेपाल प्रेस युनियन गण्डकी प्रदेश पार्षद् हिमनिधि लौडारीलाई पितृशोक परेको छ । उनका पिता गंगाराम लौडारीको ८७ बर्षको उमेरमा शनिबार निधन भएको हो । नेपाल प्रेस युनियन कास्कीले लौडारी परिवारमा परेको पितृशोक प्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलद्वारा जारी विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै...
मित्र मिलन पत्रकारिता पुरस्कार भण्डारीलाई, कोइरालालाई सामाजिक सम्मान
पोखरा, २७ मंसिर । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभामा पत्रकार बिमला भण्डारी र सामाजिक अभियन्ता कपिलनाथ कोइरालालाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मित्र मिलन पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ कास्कीकी उपसभापति भण्डारीलाई सम्मान गरिएको हो । उनलाई नगद २५ हजार, दोसल्ला...