पोखरा सेरोफेरो

करीब ३० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग
पोखरा, ५ फागुन । शुक्ला गण्डकी नगरपालिका वडा नं १ सेराबेँसीमा यही पुसदेखि सञ्चालनमा आएको विशेष स्वास्थ्य सेवा केन्द्रमा करीब ३० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । समाजसेवी लेखनाथ पन्थी तथा अनिल पन्थीले स्वास्थ्य सामग्री महिला स्वास्थ्य स्वयं सेविका मधुमाया पन्थीले हस्तान्तरण गरे । कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका वडा नं १...
सामुदायिक सेवा केन्द्र वगरको सदस्य पुनर्मिलन कार्यक्रम
पोखरा, २५ माघ । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले सदस्य पुनर्मिलन कार्यक्रम गरेको छ । नयाँ सदस्य र पुराना सदस्य बीचको सम्वन्ध प्रगाढ पार्ने उद्देश्यले सदस्य पुनर्मिलन तथा मैत्रिपूर्ण वनभोज कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक केन्द्रका कोषाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१६ का...
भज्याङ्मा ७७ जनाले गरे रक्तदान
पोखरा, २४ माघ । पोखरा १३ स्थित जलेश्वर बहुउद्देश्यीय सर्वहित युवा उपसमिति र नवदुर्गा युवा क्लबले शनिवार संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका छन् । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ भज्याङ्मा आयोजित कार्यक्रममा ७७ जनाले रक्तदान गरेको क्लबका सल्लाहकार सन्तोष क्षेत्रीले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले पहिलो...
काँग्रेसका शुभेच्छुक संघसंस्थाद्वारा पोखरामा प्रदर्शन
पोखरा, २४ माघ । संसद विघटनको विरोधमा शनिवार देशभर प्रदर्शन गरिएको छ । नेपाली काँग्रेसका शुभेच्छुक संघसंस्थाले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । पोखरा पनि पृथ्वीचोकदेखि सृजनाचोकसम्म प्रदर्शन गरिएको नेपाल प्रेस युनियन कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । प्रदर्शनपछि सृजनाचोकमा आयोजित विरोध सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले प्रधानमन्त्रीको अलोकतान्त्रिक र असंवैधानिक...
याङ्जाकोटको आन्दोलनमा काँग्रेसको ऐक्यवद्वता
पोखरा, २३ माघ । मादी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरुद्ध सञ्चालित आन्दोलनमा नेपाली काँग्रेस कास्कीले ऐक्यवद्वता जनाएको छ । स्थानीय स्वायत्त शासन ऐन र राजनीतिक सहमति विपरीत गाउँपालिकाको केन्द्र याङ्जाकोटबाट अन्यत्र लैजान प्रदेश सरकारलाई सिफारिस गरेको भन्दै त्यस विरोधमा आयोजित विरोध सभामा सहभागी भई काँग्रेसले ऐक्यवद्वता जनाएको हो । नेपाली काँग्रेसका नेता एवम् पूर्व कानून...
क्रियाशील सदस्य बरालको निधन, विद्यार्थी नेता किरणलाई मातृशोक
पोखरा, २३ माघ । पोखरा १३ निवासी नेपाली काँग्रेस क्रियाशील सदस्य राधादेवी बरालको ६३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बराल लामो समयदेखि दम र निमोनियाबाट प्रभावित थिइन् । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनका २ छोरा, २ छोरी छन् । जेठा छोरा विष्णु बराल(मिलन) काँग्रेस क्रियाशील सदस्य हुन्...
आंशिक शिक्षक आन्दोलनमा
पोखरा, २३ माघ । ईञ्जिनियरिङ् अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखराका आंशिक शिक्षकहरु आन्दोलनमा उत्रेका छन् । आफ्ना माग पूरा नभएको भन्दै आन्दोलित आंशिक शिक्षकले संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाउने तयारी गरेका छन् । आंशिक शिक्षकले आफूहरुलाई पूर्णकालीन करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै आएका छन् । त्रिविवि प्रतिनिधि र आंशिक शिक्षकबीच पुस...
लियो क्लब अफ हेमजाद्वारा सहयोग
हेमजा, २२ माघ। लियो क्लब अफ हेमजाले पोखरा २५ हेमजा लामपाटास्थित मानव सेवा आश्रममा खाद्यान्न, फलफूललगायतका सामग्री वितरण गरी छैटौं स्थापना दिवस मनाएको छ । सन् २०१५ मा  सुर्य राज त्रिपाठीको अध्यक्षतामा गठित लियो क्लब अफ हेमजाले छैटौं बर्ष पार गरेको छ । लियो क्लब अफ हेमजाकी प्रथम उपाध्यक्ष सविना तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै...
जीपी फाउण्डेशनद्वारा कम्बल र व्हिल चेयर हस्तान्तरण
पोखरा, २० माघ । जीपी कोइराला फाउण्डेशन क्षेत्र नं २(क) कास्कीले गरीब तथा विपन्न परिवारलाई कम्बल हस्तान्तरण गरेको छ । रुंगटा वेलफेयर सोसाईटी, एम. के बिल्डर्स र अटल सिमेन्ट प्रालिको सहयोगमा २० विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो । कार्यक्रममा एक जना अपाङ्गता भएका व्यक्तिलाई एक थान व्हिल चेयर सहयोग गरिएको थियो । कार्यक्रममा संविधान...
सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्ष्टिच्यूट सञ्चालनमा
पोखरा, १३ माघ । पोखरामा सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्ष्टिच्यूट सञ्चालनमा आएको छ । गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रालिमार्फत्् सौन्दर्यविद् चिनु गुरुङले महेन्द्रपुलमा सो इन्ष्टिच्युट सञ्चालनमा ल्याएकी हुन् । सौन्दर्य क्षेत्रमा आफ्नो २५ वर्षको लामो अनुभवसँगै समयको मागलाई ध्यानमा राखी उनले करीब ३० लाखको लगानीमा शाखा सञ्चालनमा ल्याएको बताइन् । विदेश अध्ययन गर्न...
मृर्गौला पिडित सुस्मिता परियारलाई आर्थिक सहयोग
निराजन अधिकारी हेमजा, १२ माघ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोक निवासी मृर्गौला पिडित १९ वर्षीया सुस्मिता परियारलाई आर्थिक सहयोग गरिएको छ । मृर्गौला पिडित सुस्मिता परियार बचाउँ अभियान समितिद्धारा संकलित ३ लाख ८८ हजार सात सय एक रुपैयाँ हस्तान्तरण गरिएको हो । हालसम्म समितिले १३ लाख २१ हजार ६ सय ७२ रकम संकलन...
महिला नेतृ आचार्यद्वारा कृषकलाई सहयोग
पोखरा, ९ माघ । नेपाली काँग्रेसकी महिला नेतृ रङ्गिला आचार्यले पोखरा २० का कृषकलाई कोदालो सहयोग गरेकी छन् । सरकारले संसद विघटन गरे विरुद्व काँग्रेसले भलाममा आयोजना गरेको विरोध सभामा उनले कृषकलाई सहयोग गरेकी हुन् । कास्की काँग्रेसकी सहसचिव समेत रहेकी नेतृ आचार्यले कृषी प्रधान देशका कृषकलाई प्रोत्साहन गर्नका लागि एक सय बढी कृषकलाई कोदालो...