पोखरा सेरोफेरो

कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते
तनहुँ, १६ फागुन (रासस)। दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन् । त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले...
घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण
पोखरा, १६ फागुन । पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । संघीय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट करिब १ करोड ५० लाखको लागतमा १२ कोठे भवन निर्माण भएको हो । भवन निर्माण भएसँगै सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । चौकीवाट हाल बाल स्वास्थ्य, मातृ...
गलेश्वर मन्दिर पित्तलले छाइने
म्याग्दी, १६ फागुन (रासस)।बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा रु पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो । मन्दिरको छाना...
एलिनालाई नेपाल स्टार बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद
पोखरा, १६ फागुन । पोखरेली चेली एलिना गुरुङलाई नेपाल स्टार बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको छ । एलिना गुरुङ जिताऔं सहयोग समिति र गुरुङका परिवारले नेपाल स्टारको उपाधि जिताउन अहोरात्र खट्ने, आर्थिक सहयोग र प्रचारप्रसारमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको हो। पोखरामा आयोजित कार्यक्रम बीच उनलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई परिवारका...
नेल्टाद्वारा पोखरा महानगरपालिका स्तरीय समिति घोषणा
पोखरा, १५ फागुन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीले पोखरामा शनिवार पोखरा महानरपालिका स्तरीय समिति घोषणा गरेको छ । समितिको अध्यक्ष अर्जुन बराल, उपाध्यक्ष सन्दिप बास्तोला, सचिव सुदिप लामिछाने, कोषाध्यक्ष सजनी पौडेल, सहसचिव इश्वर पराजुली छन् । सदस्यमा दीपक पराजुली, अशोक गुरुङ, असिम ढुङ्गाना, शुक्रराज तिवारी, निशान सुनार, गणेश भण्डारी, उत्तम बराल, सरोज...
रुपा गाउँपालिकाले स्थापना दिवसमा विविध कार्यक्रम गर्ने
पोखरा, १४ फागुन। कास्कीको रुपा गाँउपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । गाउँपालिकाले फागुन २२ देखि २७ गतेसम्म विविध कार्यक्रम गर्ने छ । गाउँपालिकाले भलिबल प्रतियोगिता, माला प्रतियोगिता, झाँकी प्रतियोगिता, स्रष्टा सम्मानलगायतका कार्यक्रम गर्ने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गाँउपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । स्थापना दिवसका अवसरमा अध्यक्ष कप...
बेसीसहर शाखामा सित्तैमा जाँच, वालिङमा चाडै शाखा
पोखरा, १४ फागुन । हालै लमजुङको बेसीसहरमा शाखा सञ्चालन गरेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले त्यहाँका सेवाग्राहीलाई मध्यनजर गरी नयाँ योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युआरएलले फागुन महिनाभर मधुमेह (सुगर), वाथ र युरिक एसिडसम्बन्धी रक्त परीक्षण निःशुल्क गरिरहेको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । शाखामा थाइराइड, होलबडी लगायत...
कास्की काँग्रेसद्वारा सर्वाेच्चको निर्णय स्वागत
पोखरा, १२ फागुन । नेपाली काँग्रेस कास्कीले सर्वाेच्च अदालतले प्रजातन्त्र र संवैधानिक मर्यादाको प्रत्याभूति हुने गरी संसद पुनःस्थापना गर्न गरेको निर्णयको स्वागत गर्दै सम्मान गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी लहडबाजीमा प्रजातन्त्र र संवैधानिक सर्वाेच्चतालाई उपहास हुने कुनै पनि नागरिक अधिकार हनन विरुद्व काँग्रेस सदैव अग्रपंक्तिमा रहेर लड्ने विश्वास दिलाउँदै...
गण्डकी प्रदेशको खाद्य अवस्था र उत्पादन बारे छलफल
पोखरा, १० फागुन । गण्डकी प्रदेशको खाद्य अवस्था र उत्पादनका बारेमा पोखरामा छलफल भएको छ । प्रदेशको खाद्य अवस्था, उत्पादनमा देखिएको समस्या र चुनौतीका बारेमा छलफल भएको थियो । कार्यक्रममा खाद्यान्न, दलहन, तेलहन र फलफुलमा आत्मनिर्भर बनाउनका लागि किसान , कृषिफर्मसँग सरोकार राख्ने सरोकारवाला र विभिन्न मिडियासँग सम्बन्धित पत्रकार, कृषि प्राविधिक सहभागी थिए । कार्यक्रममा...
पोखरा भाँडा व्यवसायी संघद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
पोखरा, ८ फागुन । पोखरा भाँडा व्यवसायी संघले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । संघले पोखरा १२ स्थित सरस्वती प्राविका एक सय ५३ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो । कार्यक्रममा संघका सल्लाहकार कुश कार्कीले ५ जना विद्यार्थीलाई विद्यालय पोशाकका लागि जनही ३÷३ हजार सहयोग गरेका थिए । त्यस्तै, सल्लाहकार राजमान ताम्राकार, सदस्य...
नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको प्रथम सम्मेलन
पोखरा, ६ फागुन । नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको प्रथम सम्मेलन बिहीबारदेखि पोखरामा शुरु भएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको सम्मेलन शुक्रबार सकिने छ । करीब पाँच सय प्रतिनिधि सहभागि सम्मेलनले गण्डकी घोषणा पत्र जारी गर्ने संघका सचिव खड्क थापा मगरले जानकारी दिए । सम्मेलनमा गण्डकी प्रदेशका जिल्लाबाट साङ्गठनिक प्रतिवेदन पेश...
सामुदायिक सेवा केन्द्र बगरको रक्तदान कार्यक्रम
पोखरा, ६ फागुन । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ । संस्थाले प्रत्यक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ । संस्थाको यो १८ औं रक्तदान कार्यक्रम हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख...