पोखरा सेरोफेरो

वालिङमा युआरएलको शाखा, बैशाखबाट पोखराको हस्पिटलचोकमा पनि
पोखरा, १ चैत । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) प्रदेशभरि सेवा विस्तारमा जुटेको छ । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएलले शनिबारबाट वालिङमा सेवा सुरु गरेको हो । वालिङ, गल्याङ, भीरकोट, चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका आसपासका सेवाग्राहीलाई सेवा दिन शाखा स्थापना गरी सेवा सुरु गरिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले...
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा कमल 
पोखरा, २९ फागुन । अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको अध्यक्षमा गन्थन डटकमका प्रबन्ध निर्देशक कमल सुवेदी चयन भएका छन् । आज भएको संघको साधारणसभा तथा प्रथम अधिवेशनबाट सुवेदी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । यस्तै संघको उपाध्यक्षमा सरिता तिमिल्सिना, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा अनिता घिमिरे चयन भएका छन् । त्यस्तै सुरज थापा, शिव न्यौपाने, जैनव...
मुस्ताङमा ट्रेड युनियन काँग्रेस
पोखरा,२६ फागुन । नेपाल ट्रेड युनियन काँग्रेसले मुस्ताङ जिल्लामा तदर्थ समिति गठन गरेको छ । प्रमिस गौचनको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष खेम बहादुर गुरुङ, सचिव अमित पुर्जा मगर,कोषाध्यक्ष सोफिया शेरचन छन् । सदस्यमा एकराज बस्नेत ,सिताराम कार्की, शुशील शेरचन छन् । नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा र नेपाल शिक्षक संघ गण्डकी...
नारी परोपकार केन्द्रको २० औं स्थापना दिवस
पोखरा, २६ फागुन । नारी परोपकार केन्द्रले २० औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा पोखरा ८ सिमलचौरमा रहेको विशेश्वर शिव पञ्चाङ्ग मन्दिर परिसरमा १०८ वटा पालामा दिप प्रज्ज्वलन गरिएको थियो । त्यस अवअसरमा केन्द्रकी सदस्य राधा सिग्देल,संस्थापक उपाध्यक्ष शारदा सिग्देल, पूर्व कोषाध्यक्ष चन्द्री भट्टराई, जनप्रिय टोल विकास संस्था सचिव निरु सिग्देल, समाजसेवी...
काँग्रेसले मात्रै मुलुकको भलो गर्ने भन्दै विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश
पोखरा, २४ फागुन । पोखरा १९ घार्मिमा विभिन्न पार्टी परित्याग गरी २० जना भन्दा बढी काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा १९ ले गरेको कार्यक्रममा काँग्रेसले मात्रै मुलुकको भलो गर्ने भन्दै उनीहरु काँग्रेस प्रवेश गरेका हुन् । नेपाली काँग्रेस महासमिति सदस्य बाबुराम आचार्यले उनीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।...
विश्लेषक सिग्देललाई मातृशोक
पोखरा, २३ फागुन । पोखरा १३, सिग्देल मार्ग निवासी समाजसेवी एवं राजनीतिक विश्लेषक विश्व सिग्देललाई मातृशोक परेको छ । उनकी आमा गौरा सिग्देलको ९७ वर्षको उमेरमा आइतबार निधन भएको हो । उनका २ छोरी र १ छोरा छन् । विश्व माइला छोरा हुन् । उनको पार्थिव शरीर आइतबार नै पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि...
‘जानेर गल्ति गर्दीन’
पोखरा, २३ फागुन । कास्कीमा केही दिन अघि मात्रै सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानेर आफूले कुनै पनि गल्ति नगर्ने बताएका छन् । ‘कामको सिलसिलामा जानेर कुनै गल्ति गर्दीन उनले भने, कुनै गल्ति गरे भने औल्याइदिनु होला।’ कास्कीमा पदभार सम्हालेको पाँचौ दिन आइतबार कास्कीका पत्रकारसँग सुझाव लिने क्रममा उनले आमनागरिकलाई केन्द्रमा राखेर...
अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम
पोखरा, २२ फागुन । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमीका ममता खत्री, आयुषा गुरुङ, राज अधिकारी, निरज कुमालको समूह प्रथम भएका हुन् । मर्निड्ड ग्लोरी एकेडेमी स्कूलका सुषान तिवारी, स्मृति अधिकारी, रचित सापकोट र आयुषा गिरीको समूह द्धितीय भए । कास्की मोडनाइज्ड...
एन प्याव्सनको अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगिता शुरु
पोखरा, २१ फागुन । नेशनल प्याव्सन कास्कीको आयोजना अन्तरविद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ । नेशनल प्याव्सनमा आवद्ध ३१ विद्यालय सहभागिता रहेको उक्त प्रतियोगिता शनिवारसम्म चल्ने अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसीले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड प्रदेश...
करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको मृत्यु
पोखरा, १९ फागुन । करेन्ट लागेर तनहुँको बन्दिपुर गाँउपालिका–४ डुम्रे खोलाका १५ वर्षीय स्वारुप तामाङको मृत्यु भएको छ । मुख्य लाईनको (केन्द्रीय लाईन) तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको छ ।
गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ को विशेष प्रदर्शन हुने
फागुन १८, पोखरा । ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित गुरुङ भाषा तथा संस्कृतिमा आधारित दोस्रो चलचित्र शिरसुबाको फागुन २२ गते शनिबार पोखरामा विशेष प्रदर्शन हुने भएको छ । पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मका निर्देशक माओत्से गुरुङले पोखराको भमरकोट पार्टी प्यालेस रामबजारमा विशेष प्रदर्शन हुन लागेको जानकारी दिए । यस अगाडि यो फिल्मको...
प्रधानमन्त्री ओली पोखरा आउँदै
पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन् । उनले पोखरामा नेकपा प्रदेश कमिटीले आयोजना गर्ने अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्वोधन गर्ने छन् । त्यस्तैै उनले निर्माणाधिन पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यक्रम पनि तय भएको छ । त्यस्तै प्रधानमन्त्रीले आज नै गण्डकी प्रदेश सरकारले पोखरामा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको समेत...