पोखरा सेरोफेरो

६ केजी गाँजासहित तामाङ पक्राउ
पोखरा, १ वैशाख । प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले ६ केजी गाँजासहित धादिङ गल्छी गाँउपालिका वडा नं. ८ गोगनपानी बस्ने २२ वर्षीय सानुकान्छा तामाङलाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसमा प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा तामाङलाई गाँजासहित पक्राउ गरिएको हो । तामाङमाथि लागूऔषध सम्वन्धी...
नयाँ वर्षमा नयाँ घर पाउँदै बिहुँ काउलेका दलित समुदाय
– खेमराज गौतम गलकोट, १ वैशाख (रासस)विसं २०७२ को नयाँ वर्षदेखि राम्रोसँग निदाउन नपाएका बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका धनमया दर्जी विसं २०७८ को नयाँ वर्षमा नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ । दर्जीसँगै १० विस्थापित परिवारले नयाँ वर्षदेखि नयाँ घरमा ढुक्कले सुत्न पाउनेछन् । भूकम्पले चर्काएको घरमा जेनतेन बस्दै आएका काउलेका १० घर परिवार विसं...
मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन
बलेवा, २९ चैत (रासस) । बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् । आगो...
परिवार नियोजन संघ कास्कीको ४० औं साधारण सभा
पोखरा, २८ चैत । नेपाल परिवार नियोजन संघ कास्कीको ४० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाले सचिव निशा भण्डारीको वार्षिक र कोषाध्यक्ष राजेश अधिकारीको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारण सभा उद्घाटन गर्दै नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले समय अनुसार सेवाको रुप परिवर्तन गर्दै जानुपर्ने बताए...
कांग्रेसका पुराना नेता बरालको निधन
पोखरा, १८ चैत । पोखरा ७ मासवार निवासी काँग्रेसका पुराना नेता प्रेमनारायण बरालको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको पोखराको सेती नदी स्थित शान्ति घाट किनारमा अत्यष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञ बहादुर थापा , काँग्रेस नेता शोभियत बहादुर...
लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा खनाल
पोखरा, १५ चैत । लेखनाथ पत्रकार मञ्चको दोस्रो अधिवेशनले कविराज खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुमन जिसी, सचिवमा विष्णुहरि पौडेल, कोषाध्यक्षमा राजन परियार, सहसचिवमा सचिन रानाभाट छन् । सदस्यहरुमा महेन्द्र ढुङ्गाना, रामशरण नेपाली, ज्योती हमाल, कृष्णप्रसाद लामिछाने, विशाल विक, सुजित परियार, सञ्जय आचार्य र ऋषिराम रानाभाट छन् ।साथै परशुराम आचार्यको...
एन प्याव्सन कास्कीको साधारण सभा
पोखरा, १४ चैत । नेशनल प्याव्सन कास्कीको साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईले पछिल्लो समयमा विद्यालय सञ्चालन गर्न प्रतिकुल अवस्था रहेकोले यसलाई अनुकुल बनाउँदै लैजानुपर्ने बताए । नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका प्रमुख याम खड्काले विद्यालयको गुणस्तर वृद्धि गर्न नसके...
रेडक्रस पोखरा – १२ को शिविरमा एक सय ७६ जनाको परिक्षण
पोखरा, १४ चैत । नेपाल रेडक्रस सोसाईटी पोखरा – १२ उपशाखाले मृगौला तथा पित्त थैलीको निःशुल्क परिक्षण शिविर गरेको छ । शिविरमा एक सय ७६ जनाको परिक्षण गरिएको सचिव कुश्मराज आचार्यले जानकारी दिए । परिक्षण गरिएका मध्य एक सय १६ जना महिला र पुरुष ६० जना छन् । शिविरमा भिडियो एक्सरेबाट परिक्षण, रगतबाट मृगौला परिक्षण...
लाहाचोकको रक्तदानमा ३८ यूनिट रगत संकलन
पोखरा, १२ चैत । रक्तदान नै जीवन दान हो भन्ने मूल नाराका साथ जोगिचौर युवा क्लवले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोक बास्तोला कमप्लेक्समा नेपाल रेडत्रस सोसाईटी लाहाचोक उपशाखाको सहयोगमा रत्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ३८ यूनिट रगत संकलन भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ का...
मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा राष्ट्रिय खेलाडी रम्पाललाई सहयोग
पोखरा, १० चैत । मेची महाकाली बुहारी संयुक्त आवाजले वालिङ नगरपालिकास्थित नेपाल आदर्श माविमा राष्ट्रिय खेलाडी अस्मिता रन्पाललाई सहयोग गरेको छ । संंस्थाले उनलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । त्यस्तै विद्यालयका ४५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । खेलाडीलाई प्रोत्साहन गर्न महाकाली संयुक्त आवाजले रम्पाललाई सहयोग गरेको बाग्मती प्रदेश संयोजक...
विद्यार्थीलाई पोशाक सहयोग
पोखरा, १० चैत । पोखरा महानगरपालिका वडा नं १८ सराङ्कोट निवासी गोविन्द गौतमले पोखरा–५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका छन् । विद्यालयबाट २०५० सालको एसएलसी परीक्षा उत्तिर्ण पूर्व विद्यार्थी समेत रहेका गौतमले विद्यालयका ७६ जना विद्यार्थीलाई पोशाक उपलब्ध गराएका हुन् । पोशाक हस्तान्तरण कार्यक्रममा पोखरा–५...
तरुण दलको कार्यक्रममा ३६ जनाले गरे रक्तदान
पोखरा, १ चैत । नेपाल तरुण दल वडा कार्यसमिति पोखरा ६ ले आइतबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ पोखरा ६ बाराहीघाटमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए । रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता रामजी कुँवरले जनताका आवश्यकता अनुसार...