पोखरा सेरोफेरो

रानाभाट परिवारद्वारा प्रतिक्षालय निर्माण
पोखरा, ९ वैशाख । स्याङ्जाको फेदीखोला गाउँपालिका – ४ राम्चेस्थित शीतलादेवी मन्दिरमा रानाभाट परिवारले प्रतिक्षालय निर्माण गर्नु भएको छ । मन्दिरको दर्शनका लागि पुगेका भक्तजनको सहजताका लागि प्रतिक्षालय निर्माण गरिएको हो । फेदीखोला – ३ भाटखोला खोलाखेत निवासी पूर्व अध्यक्ष स्व. हुमबहादुर रानाभाटको स्मृतिमा धर्मपत्नी जौमाया रानाभाट, छोरा÷बुहारी अर्जुन रानाभाट, चेतबहादुर रानाभाट, शिव रानाभाट, राजु...
सय वर्ष अघिदेखिको इतिहासलाई निरन्तरता दिदै पूजा
पोखरा, ८ वैशाख । पोखरा महानगरपालिका वडा नं ३२ कालिका नगरस्थित ऐतिहासिक धार्मिक पर्यटकीय तीर्थस्थल कालिका मन्दिरमा सय वर्ष अघिको इतिहासलाई निरन्तरता दिदै चैते दशैं विशेष पूजा गरिएको छ । सय वर्ष अघि समाजसेवी स्व.भीमबहादुर बस्नेतको सकृयतामा स्थानीयवासीको सुख, शान्ति र समृद्धिको कामना सहित स्थापित मन्दिरलाई त्यस यता समाजका हरेक व्यक्ति, संघ संस्था एवम् समूहको...
गण्डकी अस्पताल गेटमा युआरएलको शाखा
पोखरा, ७ वैशाख । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले पोखराको हस्पिटल चोकमा नयाँ शाखा खोलेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(गण्डकी अस्पताल)को पूर्वी गेटमा रहेको युआरएलको शाखाले मंगलबारबाट सेवा आरम्भ गरेको हो । यो युआरएलको पाँचौं शाखा हो । पोखरा महानगरको सेतीपारीका सेवाग्राही, अस्पतालहरु...
बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन, ८ वैशाख (रासस) । पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते ओलीको...
कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन प्रयोगविहीन, सेवाग्राही मर्कामा
गण्डकी, ७ वैशाख (रासस) । जनस्वास्थ्यलाई ख्याल गर्दै पोखरा महानगरपालिका–२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षअघि एक्सरे मेसिन ल्याइए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य बीमा बोर्डले झण्डै रु पाँच लाख बराबरको एक्सरे मेसिन अनुदानमा सहयोग गरे पनि सञ्चालनका लागि प्राविधिक उपलब्ध नहुँदा सो मेसिन प्रयोजनविहीन बनेको हो । स्वास्थ्यचौकीले...
घर जलेपछि टहरामा बास
दमौली, ७ वैशाख (रासस) ।तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्त भुजेलको घर गत चैत ३१ गते आगलागीबाट नष्ट भयो । आगलागीबाट घरमात्र जलेन, घरमा भएका लत्ताकपडा र खाद्यान्न पनि नष्ट भयो । घर जलेपछि भुजेल परिवारको टहरोमा बास भएको छ । अर्थावस्था नाजुक रहेको यो परिवार अहिले गाँस न बासको अवस्थामा पुगेको छ । जलेकै घर...
जेसीआई पोखरा लेडीद्वारा भण्डारी सम्मानित
पोखरा, ७ वैशाख । जेसीआई पोखरा लेडीले नयाँ वर्ष २०७८ सालको शुभकामना आदान प्रदान, भित्तेपात्रो विमोचनसँगै पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष विमला भण्डारीलाई सम्मान गरेको छ। उनलाई दोसल्ला, टिका र सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले महिलालहरु विचलित नभई लक्ष्य प्राप्त गर्न अघि बढ्नुपर्ने बताउनुभयो । जेसीआई पोखरा लेडी वर्ष २०२१ का...
वन क्याम्पसमा नेवि संघको रक्तदान
पोखरा, ६ वैशाख । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस इकाइ समितिले नेवि संघको ५२ औं स्थापना दिवसको अवसरमा सोमबार खुला रक्तदान कार्यक्रम गरेको छ । वन क्याम्पसको प्राङ्गणमा आयोजित कार्यक्रममा ५० जना शिक्षक तथा विद्यार्थीले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा  नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ (ख) कास्कीका सभापति दीपेन्द्र...
स्वास्थ्यकर्मी संघ पोखरा महानगर समिति गठन
पोखरा, ४ वैशाख । पोखरामा शनिवार भएको स्वास्थ्यकर्मीको भेलाले नेपाल स्वास्थ्यकर्मी संघ पोखरा महानगरपालिका कार्यसमिति गठन गरेको छ । भेलाले महेन्द्र गुरुङको अध्यक्षतामा उपाध्यक्ष अन्नपूर्ण घिमिरे, सचिव हरिलाल आचार्य, सहसचिव रक्षा पोख्रेल रहेको समिति गठन गरेको हो । समितिको सदस्यमा पूर्णकली थापा, रामचन्द्र तिमिल्सिना, विष्णु श्रेष्ठ, मानकुमार तिलिजा, मधुमाया भण्डारी, रिता बास्तोला र शशी कोइराला...
पोखरा–१३ मा काँग्रेसको शुभकामना
पोखरा, ४ वैशाख । नयाँ वर्ष – २०७८ को अवसरमा नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा – १३ ले शनिवार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुक सहभागी थिए । कार्यक्रममा नेपाली काँग्रेसका नेता यज्ञबहादुर थापाले जनता भावनासँगै जोडिदै अघि बढ्नुपर्नेमा जोड दिए । त्यस अवसरमा कास्की काँग्रेसका सचिव सुदीपमोहन...
कास्की काँग्रेसका सभापति केसीलाई पितृशोक, प्रजातन्त्र सेनानीको एक सय वर्षमा निधन
पोखरा, ३ वैशाख । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलाई पितृशोक परेको छ । उहाँका पिता हर्क बहादुर केसीको एक सय वर्षको उमेरमा निधन भएको हो । मादी गाउँपालिका वडा नं ५, देउमाणिस्थित निवासमा शुक्रबार करीब ९ बजे निधन भएको हो । उहाँको पार्थिव शरीर शुक्रबार पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको नेपाली काँग्रेस...
कास्की काँग्रेस सभापति केसीलाई पितृशोक
पोखरा, ३ वैशाख । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलाई पितृशोक परेको छ । उहाँका पिता हर्क बहादुर केसीको एक सय वर्षको उमेरमा निधन भएको हो । मादी गाउँपालिका वडा नं ५, देउमाणिस्थित निवासमा शुक्रबार करीब ९ बजे निधन भएको हो । उहाँको पार्थिव शरीर आज दिउँसो १ बजे पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि...