पोखरा सेरोफेरो

उज्यालो पोखरा
१५ करोड लागतमा पोखराका चोक तथा सडकमा आधुनिक प्रविधिजडित बत्ती
पोखराका चोकहरू अब रातमा पनि उज्याला भएका छन्। पोखराका २३ वटा मुख्य चोकमा आधुनिक प्रविधिजडित हाइमास्ट लाइट राखिएको छ। यिनमा आवश्यकताअनुसार कम र बढी उज्यालो दिन सक्ने प्रविधि पनि जडान गरिएको हाइमास्ट लाइट जडान आयोजनाका प्रमुख प्रमोद रिजालले जानकारी दिए। रिजालका अनुसार बत्ती बिग्रिएको वा नबलेको जानकारी मोबाइलमा आउनेछ। त्यसैले तत्काल मर्मतसम्भार गर्न मद्दत हुनेछ।...
पोखरामा भुटानको पारोबाट ड्रुक एयरले दोस्रो अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्ने
भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ)का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अुनसार यो जहाज पोखराबाट पारो नै उड्नेछ । यहाँ...
ढल्याे पाेखरेली खम्बा
अस्ताए बामपन्थी नेता टेकनाथ बराल ‘बराल बा’
पोखरा । बामपन्थी नेता एवं यहाँका अग्रज मानवअधिकारवादी टेकनाथ बरालको ८४ वर्षको उमेरमा आज निधन भएको छ । पछिल्लो समय अस्वस्थ बरालको उपचारकै क्रममा दिउँसो निधन भएको हो । बरालको जन्म १९९६ साल जेठ २ गते भएको थियो । स्व. बरालका श्रीमती, छोरा, ३ छोरी र नातिनातिनी छन् । उनको शव मंगलबार दिउँसो ३ बजेदेखि...
पोखराबाट लेखनाथ टुक्रयाउन हस्ताक्षर अभियान
पोखरा। लेखनाथ नगरपालिका पुनर्स्थापना माग गर्दै लेखनाथवासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा आयोजित समारोहबीच सो हस्ताक्षर अभियान सुरु भएको हो । पोखरा महानगरपालिकाबाट छुट्टाएर साविकको लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गर्दै आफूहरुले अभियान सुरु गरेको एक अभियन्ता पत्रकार सन्दीप पौडेलले बताए । विकास निर्माण तथा बजेटमा पोखरा महानगरपालिकाले...
माछापुच्छ्रे ८ का वडाध्यक्ष गुरुङ प्रहरी नियन्त्रणमा
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष रामबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपभोक्ता समितिका अध्यक्षलाई कुटेको आरोप लागेका उनी विरुद्ध इलाका प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दर्ता भएपछि गुरुङलाई बुधबार साँझ नियन्त्रणमा लिएको प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । गुरुङ आफैं प्रहरी कार्यालयमा पुगी आत्मसर्मपण गरेको डिएसपी विकले बताए...
विवाद
वडाध्यक्षले कुटे उपभोक्ता समितिका अध्यक्ष
पाेखरा । कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नम्बर ८ का अध्यक्ष रामबहादुर गुरुङ पुनः विवादमा तानिएका छन् । यसअघि सब ईञ्जिनियरलाई कुटपिट गरेर बदनाम भएका उनी फेरि उपभोक्ता समितिका अध्यक्षलाई कुटेपछि आलोचित भएका हुन् । वडाकै खोराको मुख उपल्लो इदीखोला माछापुच्छ्रे सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई गुरुङले कुटपिट गरेका हुन् ।आइतबार दिउँसो वडाध्यक्षबाट कुटिएका उपभोक्ता...
कास्कीका इन्स्पेक्टरले महिला प्रहरीलाई आपत्तिजनक म्यासेज गरेपछि छानबिन समिति गठन
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै छानबिन अघि बढेको छ। तिमिल्सिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘आइ एम फ्यान अफ योर बडी फिगर’ भन्दै म्यासेज लेखेको विवरण सार्वजनिक भएको हो। पीडित महिला प्रहरीले इन्स्पेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट नयाँ ट्विटर बनाएर हेडक्वार्टरसम्म मेन्सन गरी पोष्ट गर्दै...
एन प्याव्सनको वादविवाद प्रतियोगितामा अनिल प्रथम
पोखरा, १५ असार । एन प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालय स्तरीय वादविवाद प्रतियोगितामा कास्की मोडनाइज्ड एकेडेमीका अनिल महत प्रथम हुनुभएको छ । प्रतियोगितामा अक्सफोर्ड सेकेण्डरीका गौरभ आचार्य र त्रिवेणी पब्लिक स्कूलकी निष्मा गुरुङ द्धितीय, रत्नज्योति सेकेण्डरी स्कूलकी श्रिया गिरी तृतीय तथा अञ्जली आवासिय विद्यालयका प्रमिश अधिकारी र ज्ञानज्योति विद्याकुञ्जकी जेशिका गुरुङ सान्त्वना हुनुभयो । विजयी...
आशिर्वाद क्लबको इन्चार्जमा रवी र अध्यक्षमा मनिष
पोखरा, १० असार । पोखरा – १३ आर्वा स्थित आशिर्वाद क्लब अफ नेपालको प्रथम अधिवेशन तथा साधारण सभाले रवी बराललाई इन्चार्ज र मनिष बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सचिवमा अर्जुन बराल, उपाध्यक्षमा आर्सन बराल, सुशान्त बराल, अंकिता बराल रहनुभएको छ । समग्र विभाग प्रमुखमा सुरज पौडेल, संस्कृति विभाग प्रमुखमा सुशान्त पौडेल,...
ओलम्पिक दिवस ः मञ्चद्वारा पोखरा रंगशालामा वृक्षारोपण
पोखरा, ८ असार । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा रंगशालामा वृक्षारोपण गरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा मञ्चले पोखरा रंगशालालाई स्वच्छता र सुन्दरता बढाउन वृक्षारोपण गरेको हो । त्यस अवसरमा विभिन्न ३० भन्दा बढी प्रजातिका विरुवा रोपिएको मञ्चका कोषाध्यक्ष महेश पौडेलले जानकारी दिनुभयो । मञ्चका निवर्तमान अध्यक्ष एवं नेपाल...
दन्त शिविरबाट एक सय ९५ जना लाभान्वित
पोखरा, १ असार । लियो क्लब अफ पोखरा नर्थको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका –१, खहरेटोल स्थित शारदा माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर गरिएको छ । कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,शिक्षक–शिक्षिका गरी एक सय ९५ जनाले दाँतको स्वास्थ्य अवस्था जाँच गरिएको थियो । परिक्षण गराएका मध्य १० प्रतिशतमा स्केलिङ, आर.सि.टि,...
विद्यार्थीले लाइव मान्छेको चित्र कोरेर प्रदर्शन गरे
पोखरा, २८ जेठ । हिल प्वाइन्ट मा. वि. माटेपानी, पोखरा–१२ को ललितकला विभागले प्रायोगिक कक्षाका रुपमा एक दिने प्रत्यक्ष चित्रकला घुम्ती कार्यक्रम गरेको छ। कार्यक्रम बागलुङ कालिका मन्दिर परिषर र कुश्माको अग्लो झोलुङ्गे पुलमा गरिएको हो। चित्रकारले आफ्नो ग्यालरी वा घरमा हैन बाहिर जनताका माझमा गएर जनताकै अगाडि उनीहरुले हेर्दाहेर्दै तत्काल चित्र कोर्नु पर्छ भन्ने...