पोखरा सेरोफेरो

हावाहुरीले एक दर्जन घरको छानो उडायो, ढोरफिर्दीवासीको बिचल्ली
तनहुँ, २५ जेठ (रासस) । जिल्लाको शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ । स्थानीयवासी विष्णु लम्साल, हरिबहादुर महत, कृष्ण थापा, खेमबहादुर सुनार, शिवराज बराल, लालु लम्साल, चित्रबहादुर बानियाँलगायतको घरको छानो उडाएपछि बिचल्लीमा परेका छन् । छानो उडाएपछि पानीले घरका सबै कपडा...
राष्ट्रिय सङ्गितकर्मी संघ कास्कीद्वारा ४३ परिवारलाई राहत वितरण
पोखरा, २५ जेठ । राष्ट्रिय सङ्गितकर्मी संघ कास्कीले ४३ परिवारलाई राहत वितरण गरेको छ । कोभिड र निषेधाज्ञाका कारण प्रभावित कलाकारको परिवारलाई राहत वितरण गरिएको संयोजक कपिल श्रेष्ठले बताउनुभयो । समस्याका बेला कलाकारको साथमा रहनु कर्तव्य सम्झेर सहयोग गरिएको कास्कीका अध्यक्ष ऋषिराम दाहालको भनाइ छ । कार्यक्रममा युवराज बजगाई, समाजसेवी हरि प्रसाद अधिकारी, इन्द राज...
घाटमा मेसिनरी औजार प्रयोग नगर्न समन्वय समितिको निर्देशन
दमौली, २५ जेठ (रासस) । जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिनअघि बसेको समन्वय समितिको बैठकले त्रिशूली नदीको भुवनटार, सेती भतेरी र काली नदीको कालीभतेरी घाटमा मेसिनरी औजार प्रयोग गरेको देखिएकाले तत्काल मेसिनरी औजार प्रयोगमा रोक लगाउन गाउँपालिकालाई निर्देशन दिएको हो । गाउँपालिकाले ढुङ्गा, गिटी,...
हावाहुरीका कारण मकै बालीमा क्षति
गण्डकी, २४ जेठ (रासस) । हावाहुरीसहितको पानीका कारण पोखरा र आसपासका क्षेत्रका मकै बालीमा क्षति पुगेको छ । आज दिउँसो ४.३० बजेको समयमा एकाएक आएको ठूलो हावाहुरीसहितको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौंडा, बेलबुटे, मालमुल, राजाको चौतारा, वडा नं ३३ को बागमारा, लामगादी, पुडीटारलगायतका स्थानका मकै बालीमा क्षति पुगेको स्थानीयवासी भक्तिराम सुवेदीले जानकारी...
अपाङ्गता परिवारमा रोगभन्दा भोकको चिन्ता
–हरि बाँस्तोला गण्डकी, २४ जेठ (रासस) ःपोखरा महानगरपालिका–१७ रातोपहिरास्थित सेती नदीको किनारमा एउटा कोठामा यस्तो गर्मीमा पनि एक आपाङ्गसहित सात जनाको परिवार कष्टकर जीवन बिताउन बाध्य छ । कोरोना कहरका कारण रोजगारी खोसिएसँगै दैनिकी सञ्चालनमा सकस त छ नै घरमा अपाङ्गता भएका छोराका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ । बन्दाबन्दीका कारण मजदुर...
आर्थिक अभावमा रहेको कोरोना संक्रमित परिवारलाई काँग्रेसको पहलमा सहयोग
पोखरा, २३ जेठ । आर्थिक अभावमा रहेको कोरोना संक्रमित परिवारलाई नेपाली काँग्रेसको पहलमा सहयोग गरिएको छ । आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना संक्रमित शिशुका परिवारलाई काँग्रेसको पहलमा सहयोग गरिएको हो । २१ दिने शिशुसहित बाबुआमा पनि संक्रमित हुनुहुन्छ । उहाँ तीन जनाको उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भैरहेको...
अनियन्त्रित भई ट्याक्टर पल्टदा एकको मृत्यु, एक घाइते
पोखरा, २१ जेठ । अनियन्त्रित भई ट्याक्टर पल्टदा शुक्रबार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरमा सवार लमजुङ राईनास नगरपालिका–४ सातबिसेका अन्दाजी ६० वर्षीय राम बहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार कुमाललाई ट्याक्टरले च्याप्दा घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टर चालक एक बहादुर कुमाल घाइते हुनुभएको छ ।...
म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेला
तनहुँ, १९ जेठ (रासस) ।म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी...
‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’
पोखरा, १९ जेठ । लायन्स क्लव अफ पोखरा अभियानले पोखरामा खाद्य बैंक सञ्चालनमा ल्याएको छ । एक महिनादेखि कोरोना भाइरस कोभिड–१९ को चेन ब्रेकका लागि प्रशासनले लगाएको निषेधाज्ञाका कारण समस्यामा परेका वर्गहरुलाई लक्षित गर्दै खाद्य बैंक सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष विनोद ढुंगानाले जानकारी दिनुभयो । पोखराको चिप्लेढुङ्गाबाट शुरु गरिएको यो अभियानलाई अन्य क्लव तथा संघसंस्थाहरुसँग...
आज कास्कीमा कोभिड विरुद्व भेरोसिल खोप लगाइने
पोखरा, १८ जेठ । कास्कीमा कोभिड १९ विरुद्वको दोस्रो मात्राको खोप लगाउने कार्यक्रम जारी रहेको छ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले आइतबार सूचना प्रकाशित गरी जेठ १८ र १९ गते दोस्रो मात्राको खोप लगाउने कार्यक्रम तय गरिएको जनाउनु भएको छ । कोभिड १९ विरुद्व भेरोसिल पहिलो मात्रा लगाएकालाई मात्र दोस्रो मात्राको खोप लगाइने...
चितवनका वि.क पोखराको हर्पन खोलामा मृत भेटिए
पोखरा, १७ जेठ । पोखराको बाम्दी हर्पन खोलामा एक युवक मृत अवस्थामा भेटिएका छन् । चितवन घर भई हाल पोखरा महानगरपालिका–२३ कार्कीको तगारोमा डेरा गरी बस्ने अन्दाजी ३४÷३५ वर्षीय श्री वि.क खोला किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सोमबार बिहान अन्दाजी १०ः१६ मा उनको शव भेटिएको हो । घटनाका बारेमा अनुसन्धान शुरु गरिएको...