पोखरा सेरोफेरो

हेलिकप्टरबाट खोप
मनाङ, ७ असार (रासस ) । मनाङमा कोरोना भाइरस विरुद्धको खोप हेलिकप्टरबाट ल्याइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार नासो गाउँपालिकाका नागरिकलाई लगाउन लगिएको खोप बाढीपहिरोको चपेटामा परेपछि हेलिकप्टरबाट ल्याइएको हो । खोप नासो गाउँपालिका वडा नम्बर ४ स्थित अस्थायी स्वास्थ्य चौकीमा सुरिक्षत तरिकाले राखिएको स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो । बाढीपहिरोमा...
पोखरा–बाग्लुङ सडकखण्डमा दुर्घटना, दुईको मृत्यु
कास्की, ७ असार (रासस) । पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४÷४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र...
ने.प.नि. संघ कास्कीद्वारा सहयोग
पोखरा, ६ असार । नेपाल परिवार नियोजन संघ कास्कीले कोरोना माहामारीका कारण संकटमा परेका पाँच परिवारलाई खाद्यान्न सहयोग गरेको छ । एचआईभी संक्रमित र प्रभावित अति बिपन्न परिवारलाई चामल, तेल, दाल, नुन, चना, सोयाविन लगायतको खाद्यान्न सहयोग गरेको हो । संघमा आइतबार आयोजित कार्यक्रममा सभापति निरञ्जन प्रसाद श्रेष्ठले खाद्यान्न हस्तान्तरण गर्नुभएको उपसभापति नवीन सिग्देलले जानकारी...
मुस्लिम संघ कास्कीद्वारा मुख्यमन्त्रीलाई बधाई
पोखरा, ६ असार । नेपाल मुस्लिम संघ कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संस्थाका अध्यक्ष हारुन खान पैठानको नेतृत्वमा पुगेका पदाधिकारी एवं सदस्यहरुले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । बधाई ज्ञापनपछि संघले मुस्लिम समुदायले पाँच सय वर्ष अघिदेखि उपयोग गर्दै आएको...
खोलाले बगाएर थापाको मृत्यु
पोखरा, ५ असार । आधिखोलाले बगाएर एक जनाको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ राङकोष बस्ने अन्दाजी ४५ वर्षीय मन बहादुर थापाको मृत्यु भएको हो । आधिखोला तर्ने क्रममा अचानक खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कटल्याण्डका नेपालीद्वारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर
पोखरा, ५ असार । कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । गैरआवासीय नेपाली संघ मार्फत् खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो । जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीलाई हस्तान्तरण...
गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत
पोखरा, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनु भएको छ । शुक्रबार प्रदेश सभामा भएको मतविभाजनमा पोखरेलका पक्षमा ३१ मत पर्दा विपक्षमा २७ मत प¥यो । सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेलले प्रस्तावको पक्षमा ३१ मत परेको र उक्त संख्या हाल प्रदेश सभामा कायम रहेका सदस्य संख्याको बहुमत रहेको घोषणा गर्नुभयो...
काँग्रेसबाट निर्वाचित वडा अध्यक्षद्वारा महानगरपालिकालाई पाँच बुँदे र प्रदेश सरकारलाई तीन बुँदे सुझाव
पोखरा, २ असार । नेपाली काँग्रेसबाट पोखरा महानगरपालिकाका ११ वटा वडामा निर्वाचित वडा अध्यक्षहरुले महानगरपालिकालाई विभिन्न पाँच बुँदे सुझाव दिएका छन् । पोखरा महानगरपालिकाले बजेट अधिवेशनमार्फत् आर्थिक वर्ष २०७८÷०७९ को बजेट विनियोजनको तयारी गरिरहेका बेला नेपाली काँग्रेसबाट निर्वाचित वडा नं २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ का वडा अध्यक्षहरुले...
पाँच घर विस्थापित, सडक अवरुद्ध
बलेवा, १ असार (रासस) । वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापीत भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो । जिरेदीका...
ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै
तनहुँ ३१ जेठ (रासस) । प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने–भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको शुरुआत गरिएको छ । व्यास नगरपालिका–१ चारकुनेस्थित छाब्दी मार्गबाट राजमार्ग जोडिने सडक सदरमुकाम दमौलीबाट करिब डेढ किलोमिटरको दूरीमा रहे पनि बत्तीमुनिको अँध्यारो जस्तै बन्दै आएको थियो । विसं २०३५ मा ट्र्याक खोलिएको...