पोखरा सेरोफेरो

कास्कीमा काँग्रेस क्रियाशील सदस्यको संख्या १९ हजार बढी
पोखरा, १८ असार । नेपाली काँग्रेस कास्कीमा क्रियाशील सदस्यको संख्या १९ हजार एक सय ४२ पुगेको छ । यसपटक १० हजार पाँच सय २० जनाले क्रियाशील सदस्यता नवीकरण र ८ हजार ६ सय २२ जनाले नयाँ सदस्यता लिएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार बसेको बैंठकले वडा, प्रदेश,...
नाटा गण्डकीद्वारा राहत वितरण
पोखरा, १८ असार । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस्(नाटा) गण्डकी प्रदेश पोखराले पर्यटन मजदुरलाई राहत वितरण गरेको छ । कोरोना महामारीसँगै समस्यामा परेका मजदुरलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो । पोखराको लेकसाइडमा कार्यक्रम गरी ६० परिवारलाई राहत वितरण गरिएको नाटा गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले जानकारी दिनुभयो । चामल, दाल, तेल, मसला, चनालगायतका खाद्यान्न...
पहिराले पुरिएका हजुरआमा र नातिको जीवितै उद्धार
दमौली, १७ असार (रासस) । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट वर्षासँगै आएको पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ । चेतबहादुर भुजेलको घरमाथि पहिरो आई पुरिएको घरबाट ५५ वर्षीया...
मुख्यमन्त्री र प्रेस युनियन कास्कीको भेटघाट
पोखरा, १६ असार । नेपाल प्रेस युनियन कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेसँग भेटघाट गरेको छ । प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल नेतृत्वको टोलीले मुख्यमन्त्रीसँग भेट गरी उहाँ र प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमार खड्कालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएको छ । त्यसक्रममा पत्रकारिताका समस्या र पत्रकारिता क्षेत्रका लागि...
जिप दुर्घटनामा दुईको मृत्यु
म्याग्दी, १७ असार (रासस) । जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मङ्गला–१ प्ूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी...
ने.का क्षेत्र नं २ कास्की सभापति बास्तोलालाई पितृशोक
पोखरा, १६ असार । नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला ‘मधु’ लाई पितृशोक परेको छ । उहाँका बुबा चन्द्रकान्त बास्तोलाको ९५ वर्षको उमेरमा बुधबार निधन भएको हो । बास्तोलाले आर्वाको रतन पाण्डे मावि, छोरेपाटन माविमा रहेर लामो समय शिक्षण सेवामा योगदान पु¥याउनु भएको थियो । पोखरा १२ फूलबारीस्थित शिवशक्ति माविमा दुई पटकसम्म...
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
दमौली, १६ असार (रासस) । मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो ।...
फुस्रे खोलाले बगाउँदा गुरुङको मृत्यु, कोठामा बेहोस खड्काको मृत्यु
पोखरा, १५ असार । पोखरा महानगरपालिका वडा नं १७ स्थित फुस्रे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा स्याङजा बिरुवा गाउँपालिका–७ डिही घर भई हाल जिल्ला कास्की पोखरा –१७ हनुमान टोल बस्ने २६ वर्षीय युम बहादुर गुरुङको मृत्यु भएको हो । काउछेघारीस्थित फुस्रे खोलामा माछा मार्ने क्रममा गुरुङलाई खोलाले बगाएको थियो ।...
पोखरा बागलुङ सडक खण्ड अवरुद्ध
पर्वत, १५ असार (रासस) । सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो झरिएका कारण गए रातिदेखि नै सडक अवरुद्ध बनेको हो । उक्त स्थानमा सडकभन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक अवरुद्ध छ । सडकको दुवैतर्फबाट पहिरो...
पहिराका कारण अवरुद्ध सडक दुई हप्तापछि सञ्चालन
दमौली, १५ असार (रासस) । लगातारको वर्षापछि आएको पहिराले अवरुद्ध बनेको भिमाद–८ स्थित सडक दुई हप्तापछि सञ्चालनमा आएको छ । भिमाद–सिम्ले–भागर हुँदै जरेवर जाने सडक पहिरो हटाएपछि दुई हप्तापछि सोमबारदेखि सञ्चालनमा आएको हो । गत जेठ ३१ गते र असार १ गते आएको वर्षाका कारण उक्त सडकखण्डको कल्भुडा चिसापानी भन्ने स्थानमा पहिरो गएको थियो ।...
प्रि एडभाईजरी कमिटी मिटिङ्ग
पोखरा, १४ असार । लायन्स क्लव ३२५ वी १ नेपालको क्लष्टर ५, रिजन ९ अन्तर्गत जोन १७ को प्रि एडभाईजरी कमिटी मिटिङ्ग सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब अफ हेमजाका अध्यक्ष प्रकाश पौडेल, लायन्स क्लब अफ पोखरा लालिगुँरासका अध्यक्ष कपिलदेव शर्मा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिम्सिना, लायन्स क्लब अफ लेखनाथ कवी...