पोखरा सेरोफेरो

एचआईभी संक्रमितलाई पोखरा लेडीको सहयोग
पोखरा, २६ असार । पोखरा लेडी जेसीसले पोखरामा एचआईभी संक्रमितलाई अत्यावश्यक सामाग्री तथा खाद्यान्न सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३ को सहकार्यमा आयोजित कार्यक्रममा सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै पोखरा लेडी जेसीजकी अध्यक्ष बिनिता शर्मा(कमला) सापकोटाले उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा वडा सचिव चन्द्रावती वाग्ले,पोखरा लेडी...
पोउवा संघमा श्रद्धाञ्जली सभा
पोखरा,२६ असार । पोखरा उद्योग वाणिज्य संघले आफ्ना पूर्व अध्यक्ष तथा कार्यसमिति सदस्यको निधनमा श्रद्धाञ्जली तथा शोकसभाको आयोजना ग¥यो । गएको ४ महिनाको अवधिमा संघले आफ्ना पूर्व अध्यक्ष, मानार्थ सदस्य तथा सल्लाहकार हेमबहादुर प्रधान र रमेश कर्माचार्य तथा कार्यससमिति सदस्य रुपनारायण भुजेल गुमाएको हो । कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका...
टिप्परको ठक्करबाट महिलाको मृत्यु
पोखरा, २५ असार । टिप्परको ठक्करबाट पोखरामा एक जना पैदल यात्री महिलाको मृत्यु भएको छ । ग.१.ख ९७०३ नं.को टिप्परको ठक्करबाट स्याङ्जाको बिरुवा गाउँपालिका–४ घर भइ हाल पोखरा महानगरपालिका वडा नं १७ बिरौटा बस्ने ४० वर्षीया रीता के.सीको मृत्यु भएको हो । उहाँलाई टिप्परले पोखरा महानगरपालिका वडा नं ५ गणतन्त्र चोकमा ठक्कर दिएको थियो ।...
मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
पर्वत, २५ असार (रासस) ।पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो । चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने पर्वतका...
युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ
गण्डकी, २४ असार (रासस) । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित एक होटलबाट पोखरा–२७ तालचोकका १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ...
कास्की काँग्रेसले बुझायो क्रियाशील सदस्यको विवरण
पोखरा, २३ असार । नेपाली काँग्रेस कास्कीले क्रियाशील सदस्यको वितरण केन्द्रीय कार्यालयलाई बुझाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो । टोलीमा उपसभापति आइ बहादुर गुरुङ, सचिव सुदिपमोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे र प्रवक्ता नवीन सिग्देल हुनुहुन्थ्यो । कास्की काँग्रेसले नयाँ र पूराना गरी १९ हजार...
काँग्रेस कोभिड सूचना समिति कास्कीद्वारा सहयोग
पोखरा, २३ असार । नेपाली काँग्रेस कोभिड १९ सूचना समिति कास्कीले बुधबार दुई वटा स्वास्थ्य संस्थालाई सहयोग गरेको छ । समितिले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं २ स्थित नागडाँडा स्वास्थ्य चौकी र माछापुच्छ«े गाउँपालिका २ स्थित सार्दीखोला स्वास्थ्य चौकीलाई सहयोग गरेको हो । दुवै स्वास्थ्य संस्थालाई एक÷एक वटा अक्सिजन कन्सन्ट्रेटर मेशिन र स्वास्थ्य सामाग्री सहयोग...
नेता कुँवरको अन्त्येष्टि, कास्की काँग्रेसद्वारा दुःख व्यक्त
पोखरा, २२ असार । नेपाली काँग्रेस कास्कीले काँग्रेसका नेता रामजी कुँवरको निधन भएकोमा दुःख व्यक्त गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले मङ्गलबार शोक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा उहाँले आफ्नो जीवनकालमा प्रजातन्त्र, टे«ड युनियन आन्दोलनमा पु¥याउनु भएको योगदानको उच्च सम्मान व्यक्त गर्दै सदैव स्मरणीय...
नेता कुँवरको शव अत्येष्टिका लागि पोखरा ल्याइदै
पोखरा, २२ असार । नेपाली काँग्रेसका नेता रामजी कुँवरको शव अत्येष्टिका लागि आज पोखरा ल्याइदै छ । अहिले उहाँको पार्थिव शरीर श्रद्वाञ्जलीका लागि नेपाल ट्रेड युनियन काँग्रेसको केन्द्रीय कार्यालय अनामनगरमा राखिएको छ । त्यहाँ पुगेर काँग्रेसका केन्द्रीय नेता र ट्रेड युनियनका नेताहरुले श्रद्वाञ्जली अर्पण गर्नुभएको छ । उहाँको निधन लगत्तै कास्की काँग्रेसका सभापति कृष्ण केसीको...
कास्कीमा कोभिड विरुद्वको दोस्रो खोप असार २८ मा
पोखरा, २१ असार । कास्कीमा असार २८ गते सोमबार कोभिड १९ विरुद्वको भेरोशिल खोप लगाइने भएको छ । जेठ २७ गते खोप लगाएकाहरुलाई दोस्रो मात्राको खोप दिन लागिएको हो । त्यतिबेला कास्की जिल्लाका विभिन्न वडाहरुका खोप केन्द्रहरुमा ६२ वर्ष पूरा भई ६५ वर्ष ननाघेका नागरिकलाई खोप दिइएको थियो । यसअघि जेठ २७ गते खोप लगाएको...
मुख्यमन्त्रीको प्रेस संयोजकमा कोइराला
पोखरा, २१ असार । पोखराका युवा पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको प्रेस संयोजन नियुक्त हुनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैंठकले उहाँलाई प्रेस संयोजकमा नियुक्त गरेको हो । दुई दशक अघिदेखि पत्रकारितामा संलग्न कोइराला हाल पोखराको आदर्श समाज दैनिकका सम्पादक हुनुहुन्छ । स्याङ्जाको पुतलीबजार वडा १३ मा जन्मनु भएका कोइराला...