पोखरा सेरोफेरो

मन्त्री श्रेष्ठको पहिलो कदम कोभिड र बाढीपहिरो प्रभावित विद्यालय
पोखरा, ९ साउन । गण्डकी प्रदेश सरकारबाट शिक्षा, संस्कृटि विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका नवनियुक्त मन्त्री मेखलाल श्रेष्ठको पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा परेको छ । कोभिड र बाढीपहिरोबाट समस्यामा परेका गण्डकी प्रदेशका विद्यालयलाई सुचारु गर्नको लागि आवश्यक कदम चाल्ने उहाँले बताउनुभया े। जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय रहेकोले शिक्षालाई उदाहरणीय रुपमा अगाडि बढाउँदै जेष्ठ...
गण्डकीमा मन्त्रिमण्डल विस्तार
गण्डकी, ८ साउन (रासस) । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएकोे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज छ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । थपिने मन्त्रीमध्ये नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापाले कानून, सञ्चार तथा प्रदेशसभा मामिला र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी...
दुई हप्ता बित्दा पनि खुलेन सडक
दमौली, ७ साउन (रासस) । पहिराले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् । व्यास नगरपालिका–१२ हँुदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि पुनःसञ्चालन नहुँदा सर्वसाधारण मारमा परेका हुन् । गत असार १७ गते परेको अविरल वर्षाले बाटो अवरुद्ध हुँदा पिपलथोक, गोलढुङ्गा, मैवल, कोखे,...
३९ औं वीपी स्मृति दिवसमा माल्यार्पण र दिप प्रज्ज्वलन
पोखरा, ६ साउन । ३९ औं स्मृति दिवसको अवसरमा पोखरामा वीपीको शालिकमा माल्यार्पण र दिप प्रज्ज्वलन गरिएको छ । कास्की काँग्रेसको आयोजनामा पोखराको चिप्लेढुङ्गास्थित वीपी शालिकमा माल्यार्पण र दिप प्रज्ज्वलन गरिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री कुमार खड्का, नेता शुक्रराज शर्मा, गण्डकी प्रदेश सभा सदस्य...
वडा सदस्य भट्टराईलाई मातृशोक
पोखरा, ६ साउन । पोखरा महानगरपालिका वडा नं १३ का वडा सदस्य टंक प्रसाद भट्टराईलाई मातृशोक परेको छ । उहाँकी आमा देवकी भट्टराईको ८३ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि क्यान्सरबाट प्रभावित उहाँको मङ्गलबार दिउँसो पोखरा १३ लामोडहरस्थित निवासमा निधन भएको हो । उहाँका एक छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको पार्थिव...
रक्तदानमा ३८ यूनिट रगत संकलन
पोखरा, ५ साउन । हाम्रो पोखरा कास्की संस्थाले पोखराको चिप्लेढुङ्गामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८ यूनिट रगत संकलन भएको छ । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोद बिन्दु शर्माले विषम परिस्थितिमा पनि खुल्ला रक्तदान कार्यक्रम गरेर संस्थाले मानवीय धर्म गरेको बताउनुभयो । त्यस अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज...
विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर
गलकोट, ५ साउन (रासस) । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज...
जापान पठाइदिने भन्दै रु ४० लाख ठगी, चार पक्राउ
काठमाडौँ, ४ साउन (रासस) । नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरका ३७ वर्षीय शुभद्रा परियार, ईलामका ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल...
पुल भत्किदा मालबाहक ट्रक खोलामा खस्यो, दुईको मृत्यु, चार घाइते
तारानाथ आचार्य बलेवा, ३ साउन (रासस) ।मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग१ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल भत्किँदा आज बिहान दुर्घटना भएको थियो । ट्रकमा सातजना सवार रहेका बताइएको छ...
‘नेता कुँवरको निधनले ट्रेड युनियन आन्दोलनले अभिभावक र पार्टीले असल नेता गुमायो’
पोखरा, २ साउन । नेपाली काँग्रेसका नेता रामजी कुँवरको निधनले ट्रेड युनियन आन्दोलनले अभिभावक र पार्टीले असल नेता गुमाएको बताइएको छ । नेपाली काँग्रेस कास्कीले नेता कुँवरको स्मृतिमा पोखरामा शनिवार आयोजना गरेको श्रद्वाञ्जली सभाका वक्ताहरुले नेता कुँवरलाई शालिन, असल र इमान्दार नेताका रुपमा स्मरण गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले...
बगरफाँटमा १५ दिनदेखि खानेपानीको हाहाकार
गलेश्वर, २ साउन (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ । गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो । गाउँमा रहेका २८ वटा...
महानगर प्रमुख जिसीको स्वास्थ्यलाभको कामना
पोखरा, १ साउन । स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरपालिका प्रमुख मानबहाुदर जिसीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । महानगर प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति निकालेर उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ‘काठमाडौंको न्युरो अस्पतालमा उपचाररत महानगर प्रमुख जिसीको पोखरा महानगरपालिका परिवार शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ’, नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको...