पोखरा सेरोफेरो

पोखरामा खुल्यो स्कोडाको शोरुम, बहुप्रतिक्षित कुशाकको बुकिङ खुल्ला
पोखरा, २७ साउन । जर्मनी प्रविधिको स्कोडा गाडीको शोरुम पोखरामा खुलेको छ । पोखराको नयाँबजारस्थित एस.एस.एल.मोटर्स प्रा.लि.स्कोडाको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता तय भएको छ । शोरुमको बुधबार एक कार्यक्रम पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले उद्घाटन गर्नुभयो । उक्त अवसरमा बोल्दै पोखरेलले जर्मन प्रविधिको स्कोडा गाडी पोखरा क्षेत्रमा थप लोकप्रिय हुने विश्वास व्यक्त...
मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या
पोखरा, २६ साउन । मादक पदार्थ सेवन गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । कास्कीको माछापुछ्रे गाँउपालिका–२ बाँझाखेतका ६५ वर्षीय श्रीराम कामीले ५५ वर्षीया श्रीमती श्रीमाया कामीको हत्या गरेका हुन् । उनले मादक पदार्थ सेवन गरी सिलौटाको लोराले श्रीमतीको टाउँकोमा प्रहार गरेका थिए । प्रहारबाट घाइते श्रीमायाको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालममा मृत्यु भएको प्रहरीले...
भगवान् र जनतासँग डर लाग्छ – शर्मा
पोखरा, २५ साउन । गण्डकी प्रदेश सरकार पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आफूलाई सबैभन्दा बढी डर भगवान् र जनतासँग लाग्ने बताउनु भएको छ । ‘भगवान्प्रति समर्पित भएर श्रद्वा गर्छु, जनतासँग झुट बोल्दिन उहाँले भन्नुभयो, सके जति गर्छु, झुट बोल्दिन।’ पोखरा महानगरपालिका वडा नं १३ आर्वाका विभिन्न स्थानको अवलोकनपछि उहाँले त्यहाँको अवस्थालाई आफ्नो...
पोखरामा मास्क नलगाउने एक हजार तीन सय बढीलाई कारवाही
गण्डकी, २४ साउन (रासस) । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयद्वारा संयुक्तरूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारवाही गरिएको छ । यही साउन १७ गतेदेखि शनिबारसम्म आयोजित अभियानमा सात हजार ७१४ सवारीसाधन धनीलाई बाटैमा रोकेर स्वास्थ्य मापदण्ड र ट्राफिक नियमबारे जानकारी गराइएको...
छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक
म्याग्दी, २४ साउन (रासस) । म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो । मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र...
१२ घण्टादेखि आगो नियन्त्रणको प्रयास जारी
काठमाडौँ, २३ साउन (रासस) । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालीमा लागेको आगो नियन्त्रणमा आउन लागेको छ । बिहान २ः०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि क्रमशः नियन्त्रणमा आउन लागेको हो । नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालीमा आज बिहान एक्कासी आगलागी हुँदा...
रिसिङका पहिरोपीडित परिवारलाई मुख्यमन्त्री पोखरेलद्वारा राहत हस्तान्तरण
पोखरा, ३ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जिल्लाको रिसिङ गाउँपालिकामा बाढीपहिरोबाट निधन हुने २ जनाको परिवारलाई राहत हस्तान्तरण गर्नुभएको छ । । रिसिङका देवीसरा थापा र खुमबहादुर आलेको परिवारलाई संघ सरकारको जनही २ लाख, प्रदेश सरकारको तर्फबाट जनही ५० हजार रुपैयाँ मुख्यमन्त्री पोखरेलले हस्तान्तरण गर्नुभयो । खुमबहादुर आले गाउँपालिकाका सुरक्षा गार्ड...
बादर लखेट्न गएका काले मृत भेटिए
पोखरा, २३ साउन । बादर लखेट्न गएका गोरखा धार्चे गाउँपालिका वडा नंं २ केरौजाका ३७ वर्षीय काले गुरुङ मृत अवस्थामा भेटिएका छन् । केरौजा बँेशीमा रहेको मकै बारीमा बादर लखेट्न गएका गुरुङ मृत अवस्थामा भेटिएका हुन् । घरदेखि दुई किलोमिटर पूर्व खाम्चे खोलामा शव भेटिएको प्रहरीले जनाएको छ । बादर लखेट्ने क्रममा चिप्लिएर करीब एक...
लोक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिको सदस्यमा अधिकारी र तिमिल्सिना
पोखरा, २२ साउन । गण्डकी प्रदेश सरकार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको लोक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिको सदस्यमा पोखराका दुई जना पत्रकार मनोनयन हुनु भएको छ । मन्त्रालयका मन्त्री विन्दु कुमार थापाको मन्त्रीस्तरको निर्णयबाट पत्रकारद्वय सरीता तिमिल्सिना र टंकराज अधिकारी मनोनयन हुनु भएको हो । साउन १९ गतेको मन्त्रीस्तरको निर्णयले उहाँहरुलाई...
काँग्रेसद्वारा पूराना नेता केसीको स्मृतिमा श्रद्वाञ्जली सभा
पोखरा, २१ साउन । पोखरा १४, काजिपोखरी निवासी काँग्रेसका पूराना निष्ठावान नेता रामचन्द्र केसीको १३ औ दिनको पुण्य तिथिमा बिहीबार श्रद्वाञ्जली सभा गरिएको छ । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा १४ ले गरेको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, आफन्त र परिवारजनको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य गगन थापाले केसी...
सर्वोच्चको फैसला समावेशी लोकतन्त्रको मर्म र भावना विपरितः महासंघ
पोखरा, २१ साउन । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषद् पोखराले आरक्षण सम्वन्धि सर्वोच्च अदालतको फैसला समावेशी लोकतन्त्रको मर्म र भावना विपरित भएको ठहर गरेको छ । परिषद्ले बिहीवार पत्रकार सम्मेलन गरी विगतमा भएका १० वर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलन आदिवासी आन्दोलन, मधेश आन्दोलन, दलित÷ महिला लगायत विभिन्न आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको...
ढुङ्गामा चिप्लेर गुरुङको मृत्यु
पोखरा, २१ साउन । ढुङ्गामा चिप्लेर एक जनाको मृत्यु भएको छ । गोरखा धार्चो गाउँपालिका–२ केरौजाबेसीका २६ वर्षीय विरे गुरुङको मृत्यु भएको हो । गुरुङ बागलुङको निसिखोला गाउँपालिका–७ राजकुट स्थित सेम्कादेखि चोलाङ जोड्ने झोलुङे पुल बनाउने काम गर्दै आउनु भएको थियो । सोही स्थानमा पानीको पाईप जोड्ने क्रममा ढुङ्गामा चिप्लिन गई करीब ४० मिटर तल...