पोखरा सेरोफेरो

थ्रि एन्जल्स नेपाल आत्मनिर्भर बन्दै ः गौतम
पोखरा, ५ भदौ । थ्रि एन्जल्स नेपालको १४ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । पोखरा १५ नयागाउँस्थित संस्थाको आप्mनै कम्प्लेक्समा सेमि भर्चुअल माध्यमबाट सधारणसभा गरिएको हो । कार्यक्रममा बोल्दै थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी डा.राजेन्द्रकुमार गौतमले संस्थाको दिगोपन र आत्मनिर्भरका लागि गरिएका प्रयासमा सबैको साथ मिलेको बताउनुभयो । संस्थाको सफलताका निमित्त...
पोखरामा अवैध चन्दा संकलन गर्ने तीन पक्राउ
पोखरा, ४ भदौ । पोखरामा अवैध रुपमा चन्दा संकलन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका–१ बस्ने ३४ वर्षीया एलिजा बस्नेत, ३२ वर्षीय टेक बहादुर बस्नेत र झापाकै हल्दोबारी गाँउपालिका–१ बस्ने ४४ वर्षीय धन बहादुर सेन्चुरी छन् । पोखरा महानगरपालिका –२६ बिजयपुरस्थित न्यू हाईवे स्टाफ होटेल एण्ड लजबाट नगद...
६ महिनाभित्र पन्ध्र लाखलाई निःशुल्क खोप : मुख्यमन्त्री पोखरेल
तनहुँ, ३ भदौ (रासस) । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको ६ महिनाभित्र १८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समिति तनहुँले आज दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । हालसम्म आठ लाख मानिसलाई पहिलो र तीन लाखलाई...
महानगरले सामुदायिक विद्यालयका छात्रालाई प्राविधिक विषय पढाउने
पोखरा,३ भदौ । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका छात्रालाई प्राविधिक विषय निःशुल्क रुपमा पढाउने भएको छ । पोखरा महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्राहरु मध्येबाट २ जनालाई निःशुल्क पढाउने भएको हो । महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत २ छात्रालाई बहुप्राविधिक शिक्षालयमा निशुल्क पढाइने...
सदैव गोर्खालीको सम्मान – शर्मा
पोखरा, २ भदौ । पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गण्डकी प्रदेश सरकार सदैव गोर्खालीको सम्मानमा रहने बताउनु भएको छ । बुधबार स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकामा निर्माणाधिन गोर्खा स्मारक स्थलको अवलोकन गर्दै मन्त्रीले शर्माले गोर्खाली सैनिकको ईतिहासलाई लिपिवद्ध गरी विश्व बजारमा विक्री गर्दा मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुग्ने उल्लेख गर्नुभयो । गाउँपालिकाका अध्यक्ष...
पोउवा संघ सदस्य तिमिल्सिनाको श्रद्धाञ्जली सभा
पोखरा, ३२ साउन । पोखरा उद्योग वाणिज्य संघले कार्यसमितिका सदस्य बलराम तिमिल्सिनाको निधनमा शोक व्यक्त गरेको छ । तिमिल्सिनाको १३ औं दिनको पुण्यतिथिमा सोमबार आयोजित कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले स्वर्गीय बलरामप्रति श्रद्धाञ्जली व्यक्त गरिएको संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिनुभयो । पोखरा–१२, उपकार मार्गमा २०२९ साल साउन १३ गते जन्मनु भएका तिमिल्सिनाको...
लायन्स क्लबद्धारा मन्दिर परिषरमा वृक्षारोपण
पोखरा, ३२ साउन । पोखरा महानगरपालिका वडा नंं. २५ बास्तोला कुल मन्दिर परिषरमा सोमबार वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ पोखरा लालिगुँरास, लायन्स क्लब अफ पोखरा नर्थ र लायन्स क्लब अफ पोखरा सेतोगुँरासको आयोजनामा वृक्षारोपण गरिएको हो । त्यस अवसरमा वेलपत्र, अमला, तेजपत्ता, हर्रो वर्रो, कल्की फूल, कपुर, चाप पैयू, अम्बा, अनारका बिरुवा रोपिएको...
नेलम्बोको स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित
पोखरा, ३२ साउन । पोखरा–४, गैह्रापाटनस्थित नेलम्बो नेपालले माछापुच्छे« गाउँपालिका–२, सार्दीखोलामा एक हप्ते निःशुल्क मुख तथा दन्त शिविर आइतवार सम्पन्न गरेको छ । समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले नेलम्बोले पालिकाका हरेक क्रियाकलापमा साथ दिर्दै आएको बताउनुभयो । वडाध्यक्ष विक्रम गुरुङले आफ्नो वडालाई लक्षित गरी कार्यक्रम राखेकोमा नेलम्बोप्रति आभार प्रकट गर्दै त्यस्ता कार्यक्रमलाई निरन्तरता...
हेमजाको चौरासी नहर र अन्नपूर्ण नहर मर्मतका लागि मन्त्री आचार्यलाई ध्यानाकर्षण
पोखरा, ३१ साउन । पोखरा महानगरपालिका वडा नं. २५ हेमजाको चौरासी नहर र अन्नपूर्ण नहरको शाखा नहर मर्मतका लागि गण्डकी प्रदेश उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । हेमजाको एक टोली आइतबार मन्त्रालय पुगेर चौरासी नहरको स्तरोन्नति, खानेपानीको पाइप व्यवस्थापन तथा अन्नपूर्ण नहरका शाखा नहरको मर्मत संभार तथा व्यवस्थापन गर्न गण्डकी प्रदेशका उर्जा,...
कोरोनाका बिरामीलाई आयुर्वेदिक कोरोना कीट
तनहुँ, ३० साउन (रासस) । जिल्ला आयुर्वे स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ । कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा किट वितरण गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कोरोना पोजेटिभ भएर होम वा आइसोलेसनमा रहेका बिरामीलाई वितरण गरिएको कार्यालयका प्रमुख डा रामप्रबोध...
विद्यार्थीलाई खोप माग्दै नेवि संघ
पोखरा, २९ साउन । नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मूल इकाइ समितिले विद्यार्थीलाई कोभिड विरुद्वको खोप उपलब्ध गराउन माग गरेको छ । इकाइ समितिका कार्यवाहक अध्यक्ष सतिश बास्तोला नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई खोप माग गर्दै ज्ञापनपत्र बुझाएको छ । विज्ञप्तिमा खोप नलगाइ विद्यार्थीहरु परीक्षामा सामेल हुनुपर्ने अवस्थाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यसप्रति आपत्ती...
पूर्व राष्ट्रिय पञ्चायत सदस्य न्यौपानेको निधन
पोखरा, २९ साउन । समाजसेवी पोखरा १२, माटेपानी निवासी देवीरमण न्यौपानेको ८५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । उहाँको पार्थिव शरीर शुक्रबार पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ । शवयात्रामा आफन्त, शुभेच्छुक र परिवारजनको सहभागिता रहेको थियो । न्यौपाने २०३२ सालमा राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएको थियो । १३ वर्षको उमेरमा कास्कीको...