पोखरा सेरोफेरो

कालिका बहुमुखि क्याम्पसको का.बा. अध्यक्षमा किरण
पोखरा २४, भदौं । पोखरा महानगरपालिका वडा नं . १४ काजिपोखरी स्थित कालिका बहुमुखि क्याम्पसको कार्यबाहक अध्यक्षको जिम्मेबारी युवा  उद्यमी किरण केसी सम्हाल्नु भएको छ । सन्चालक समितिका अध्यक्ष प्रेम कुमारी केसीले आफ्नो घरायसी ब्यस्तता जनाउदै अध्यक्षको जिम्मेबारी हस्तान्तरण गर्न चाहे पछि बिहिबार बसेको सन्चालक समितिको बैठकले केसीलाई उपाध्यक्ष सहित कार्यबाहक अध्यक्षको जिम्मेबारी दिने निर्णय...
ने.का पोखरा महानगरपालिकाको निर्वाचन तालिका सार्वजनिक
पोखरा, २३ भदौ । निर्वाचन समिति कास्कीले नेपाली काँग्रेस पोखरा महानगरपालिका समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका अनुसार भदौं २३ गतेदेखि शुरु भएको निर्वाचन प्रक्रियामा भदौ २४ गते मतदाता नामावली उपर दावि विरोध, २५ गते मतदाताको अन्तिम नामावली प्रकाशन, मनोनयन पत्र वितरण र उम्मेद्वारको नामावली प्रकाशित गरिने छ ।्त्यस्तै २६ गते उम्मेद्वार...
ग्यालेक्सी हस्पिटल र कर्मचारी सहकारी बीच सम्झौता
पोखरा, २२ भदौ । पोखरामा रहेको ग्यालेक्सी हस्पिटल प्रा.लि र कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच सम्झौता भएको छ । सहकारीका सदस्य र आश्रित परिवारका सदस्यलाई स्वास्थ्य उपचार सेवामा सहुलियत दिने गरी पाँच वर्षका लागि दुवै पक्ष बीच सम्झौता भएको हो । सम्झौतामा सबै प्रकारका स्वास्थ्य परिक्षण र प्रयोगशाला परिक्षण सेवामा १२ प्रतिशत...
युनियन दिवस एवं निजामती कर्मचारी सेवा दिवसमा पोखरामा रक्तदान
पोखरा, २२ भदौ । ‘व्यवसायीक र सृजनशील प्रशासनः विकास, समृद्वि र सुशासन’ भन्ने मूल नाराका साथ मङ्गलबार युनियन दिवस एवं निजामती कर्मचारी सेवा दिवस २०७८ मनाइएको छ । यस दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन कास्कीले पोखरामा रक्तदान कार्यक्रम गरेको छ । जिल्ला समन्वय समिति कास्कीको प्राङ्गणमा आयोजित रक्तदानमा २१ जनाले रक्तदान गर्नुभएको थियो ।...
काँग्रेस यातायात विभाग गण्डकी सचिवमा तिमिल्सिना
पोखरा, २० भदौ । पोखरा १६ बाटुलेचौर निवासी काँग्रेसका युवा नेता अमृत शर्मा तिमिल्सिना नेपाली काँग्रेस यातायात व्यवसायी समन्वय विभागको गण्डकी प्रदेश सचिवमा मनोनित हुनुभएको छ । विभागका प्रमुख महेन्द्र यादवले उहाँलाई सचिव पदमा मनोनित गर्दै पार्टीको स्थानीय तह, समन्वय विभाग तथा पार्टीलाई सुदृढ र गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्नुभएको छ ।...
लोकबहादुर गुरुङको स्मृतिमा सञ्चारकर्मी, लोकगायिका शान्ति सम्मानित
पोखरा, १९ भदौ । वरिष्ठ संस्कृतिकर्मी स्वर्गीय लोकबहादुर गुरुङको सातांै स्मृति दिवसको अवसरमा सञ्चारकर्मी एवं लोकगायिक शान्ति गुरुङ सम्मानित हुनुभएको छ। पोखरामा शनिवार लोकबहादुर स्मृति प्रतिष्ठानद्धारा आयोजित स्मृति दिवसमा रेडियो नेपाल प्रादेशिक प्रसारणकी उपप्रमुख एवं वरिष्ठ सम्पादक, तमु सञ्चारकर्मी संघ कास्कीकी अध्यक्ष, वरिष्ठ लोक गायिका गुरुङलाई ३५ हजार नगदसहित सम्मानपत्र र दोसल्ला प्रदान गरिएको छ...
बुद्ध एयरको पोखरा—सिमरा उडान शुरु
पोखरा, १७ भदौ । बुद्ध एयरले बुधबार पोखराबाट सिमरा उडान शुरु गरेको छ । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले सेवा शुभारम्भ गर्नुभयो । शुभारम्भसँगै पर्यटन मन्त्रीसहित नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मी सहितको १८ जनाको टोली सिमरा गएको छ । पर्यटन मन्त्री शर्माले पोखरा सिमरा...
घरमा आगलागी हुँदा दुईको मृत्यु
लमजुङ, १५ भदौ (रासस) । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू...
कास्कीमा काँग्रेसको वडा अधिवेशन भदौ १८ मा
पोखरा, १५ भदौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका वडाहरुको अधिवेशन भदौ १८ गते शुक्रबार हुने भएको छ । कास्की काँग्रेसका पदाधिकारी र निर्वाचन समितिको मङ्गलबारको संयुक्त बैठकले अधिवेशन पूर्व निर्धारित मिति भदौ १८ मा नै गर्ने गरी तयारी शुरु गर्ने निर्णय गरेको हो । निर्वाचनको तयारीका लागि कास्कीका निर्वाचन अधिकृत आर.सी विमल(रामचन्द्र...
पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीन घाइते
बेनी, १४ भदौ (रासस) ।बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो । कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा...
रतन पाण्डेमा छात्रबृत्ति वितरण एवम् शिक्षक तथा विद्यार्थी सम्मान
पोखरा, १२ भदौ । पोखरा महानगरपालिका वडा नं १३ स्थित रतन पाण्डे माध्यमिक विद्यालयमा २०७६ र २०७७ को एसइई परीक्षामा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई एक कार्यक्रमकाबीच  सम्मान गरिएको छ । स्व.बोधराज बराल स्मृति जेहेनदार छात्रबृत्ति कोष अन्तर्गत २०७६ सालको एसइईमा प्रथम कुशल अधिकारी, द्वितीय आशिका देवकोटा तथा २०७७ को एसइईमा प्रथम संगीता...
समाजसेवामा पोखरा लेडी जेसीजको सक्रियता उदाहरणीय ः मन्त्री थापा
पोखरा, ११ भदौ । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले समाजसेवामा पोखरा लेडी जेसीजको सक्रियता उदाहरणीय रहेको बताउनुभएको छ । बिहीबार “जेसीज सप्ताह—२०२१” को समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री थापाले प्रशासनिक, राजनीतिक र सामाजिक क्षेत्रमा महिलाहरु अग्रसर भएर खेलेका भूमिकाहरु सफल रहेको समेत उल्लेख गर्नुभयो । नेतृत्व विकासमा...