पोखरा सेरोफेरो

पैदल पदमार्गको सरसफाइ एवं मर्मत शुरु
पोखरा, २१ असोज । नेपाल सरकार, एनटिवि, टान र युएनडिपि को सहयोगमा पैदल पदमार्गको सरसफाइ एवं मर्मत कार्य शुरु भएको छ । जिविकोपार्जन र अल्पकालीन रोजगार कार्यक्रम अन्तर्गत १० दिनसम्म हेमजा अस्ताम मर्दी हिमाल पदमार्गको अस्ताम खण्ड सरसफाइ र मर्मत गरिने छ । सो कार्यका लागि खटिएका १५ जना पर्यटन मजदुरहरुलाई खतक सहित हेमजा अस्ताम...
कोन सहकारीको प्रेस संयोजकमा सिग्देल
पोखरा, १७ असोज । पोखरा १३ भद्रकाली चोकस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको प्रेस संयोजकमा पत्रकार शोभाकान्त सिग्देल चयन हुनुभएको छ । सहकारीको २३ औं साधारण सभाले उहाँलाई प्रेस संयोजकमा चयन गरेको हो । पत्रकार सिग्देल लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर र भद्रकाली माविमा पत्रकारिता प्राध्यापनरत हुनुहुन्छ । पत्रकारितामा स्नातकोत्तर सिग्देल पोखरापत्र दैनिकको...
कस्मेटिक व्यवसायी संघको आठौं स्थापना दिवसमा सहयोग
पोखरा, ७ असोज । कस्मेटिक व्यवसायी संघ कास्कीले आफ्नो आठौं औं स्थापना दिवसको अवसरमा बिहीबार सहयोग गरेको छ । संघले पोखरा २७ स्थित श्रीकृष्ण प्रणामी वृद्वाश्रमलाई सहयोग गरेको हो । वृद्वाश्रमलाई खाद्यान्न सामग्री, स्वास्थ्य सामग्री, सिरक, डसना, इलेक्ट्रिक किटली गरी करिब ४० हजार बराबरको सहयोग प्रदान गरिएको महासचिव सरु बरालले जानकारी दिनुभयो । कार्यक्रममा लेखनाथ...
कोपिला नेपालको अध्यक्षमा प्रेम
पोखरा, २ असोज । कोपिला नेपाल कास्कीको २१ औं वार्षिक साधराण सभा तथा ११ औं अधिवेशनले प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी शाही, महासचिवमा रमा पौडेल घिमिरे, सचिवमा अनिषा नेपाली, कोषाध्यक्षमा राजेन्द्र कोइराला तथा सदस्यहरुमा मुना सिलवाल, सावित्री भट्टराई, तेजनारायण पराजुली र शोभा पौडेल चयन हुनुभएको छ ।...
काँग्रेस नै जनताको पार्टी भन्दै जलारी बस्तीका अधिकांश काँग्रेसमा प्रवेश
पोखरा, २ असोज । पोखरा महानगरपालिका वडा नं १८ खपौदीस्थित जलारी बस्तीका अधिकांश नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । जलारी बस्तीमा रहेका ९३ घरपरिवारमध्ये अधिकांश सदस्य काँग्रेस प्रवेश गर्नुभएको हो । केही दिन पहिले र आज कास्की काँग्रेसमा कार्यक्रम गरी उहाँहरुलाई सदस्यता वितरणसहित स्वागत गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । नेपाली काँग्रेस...
गण्डकी प्रदेशका ८५ स्थानीय तहमा फोर जी सेवा
पोखरा, ३१ भदौ (रासस) । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लौहियाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोरजीका टावर...
बगैंचा टोल विकास संस्थाको अध्यक्षमा ढकाल 
पोखरा, ३१ भदौं । बगैंचा टोल विकास संस्था पोखरा महानगरपालिका वडा नं ६ बैदामको अध्यक्षमा मीना ढकाल चयन हुनुभएको छ । संस्थाको बुधबार सम्पन्न प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाले ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरको हो । समितिको उपाध्यसक्षमा उर्मिला ढकाल, सचिवमा रेनु थापा लामिछाने, कोषाध्यक्षमा राम ढकाल, सहसचिवमा रमा शिव भक्ती हुनुहुन्छ...
मन्त्री श्रेष्ठ परिक्षा केन्द्रमा
पोखरा, ३० भदौ । शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कक्षा १२ को परिक्षा केन्द्र निरीक्षण गर्नुभएको छ । उहाँले बुधबार पोखराका विभिन्न पाँच वटा परिक्षा केन्द्र निरीक्षण गर्नुभएको हो । त्यस क्रममा उहाँले विद्यार्थीले खोप लगाए÷नलगाएको, स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए÷नभएको बारे जानकारी लिनुभएको थियो । परिक्षा केन्द्रको वातावरण, अवस्था,...
जिल्ला प्रशासन कार्यालय स्याङ्जा गण्डकी प्रदेशमै पहिलो
वालिङ, ३० भदौ (रासस) । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा गण्डकी प्रदेशमै पहिलो भएको छ । गृहसचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष २०७७÷७८ का लागि भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको गृह मन्त्रालयबाट मूल्याङ्कन हुँदा स्याङ्जा गण्डकीमा प्रथम र देशैभरमा चौंथो भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले...
राप्रपा कास्कीको अध्यक्षमा नारायण
पोखरा, ३० भदौ । राप्रपा कास्कीको पोखरामा सम्पन्न एकता अधिवेशनबाट नारायण गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको छ । समितिका अन्य पदाधिकारी एवं सदस्य अध्यक्षले मनोनित गरी कार्यसमितिलाई पूर्णता दिनुहुने बताइएको छ । गुरुङले यसअघि पार्टीको केन्द्रीय सदस्य भएर भूमिका निर्वाह गरिसक्नु भएको छ । पोखरा १३ वीपी मार्ग निवासी गुरुङ तत्कालित पोखरा उपमहानगरपालिका वडा नं १३...
नेशनल प्याव्सनको चित्रकला प्रतियोगिता, पोखराका विद्यालय छिट्टै खुल्ने
पोखरा, २६ भदौं । नेशनल प्याव्सन कास्कीको आयोजनामा छैटौ जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको उक्त प्रतियोगितामा हाम्रो पोखरा राम्रो पोखरा विषयमा चित्र बनाउन दिइएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिनुभयो । भौतिक उपस्थितिमा आयोजना गरिएको प्रतियोगितामा डायमण्ड मोडल स्कूलका आयान इकुवल प्रथम,...
काँग्रेसको गुमेको साख फिर्ता ल्याउँछु ः पराजुली
पोखरा २६, भदौ । नेपाली काँग्रेस पोखरा महानगर समितिका सभापतिमा गंगाधर पराजुलीले लोकतन्त्र, प्रजातन्त्र र समाजवादलाई पछ्याउँदै अगाडि बढेको बताउनुभयो। पोखरा महानगरमा नेतृत्वको कमजोरीका कारण तल्लो तहले राम्रो सँग प्रशिक्षण र मार्गनिर्देशन नपाउँदा कांग्रेस कमजोर बन्न पुगेकोले त्यसलाई सुधार गर्नको लागि आफूले उमेद्वारी दिएको बताउनुभयो। ‘म १२ औं अधिवेशनमा जिल्ला सचिवको उमेदवार थिए, सबैले सहयोग...