पोखरा सेरोफेरो

कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन
गण्डकी, १९ चैत(रासस)ः‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियान अन्र्तगत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन् । प्रदेशका ११ जिल्लाका ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पार्टीका ७२ जना प्रदेश सदस्यलाई निर्वाचन क्षेत्रमा खटाइएको थियो । खटिएका सबै प्रतिनिधि सम्बन्धित प्रदेशसभामा...
बस्नेत र खत्रीलाई सम्मान
पोखरा, १४ चैत । मजदुरको हितमा काम गरेको भन्दै पोखरामा दुई जनालाई सम्मान गरिएको छ । पोखरा २० का गणेश बस्नेत र पोखरा २२ का उदय खत्रीलाई सम्मान गरिएको हो । मजदुरहरुको समूहले पोखरामा सोमबार कार्यक्रम गरी उहाँहरुलाई सम्मान गरेका हुन् ।
रोजगार मेला गरौं – मन्त्री श्रेष्ठ
पोखरा, १२ चैत । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले रोजगार मेला आवश्यक रहेको बताउनु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ३९ औं व्यवस्थापन समीक्षा गोष्ठीको शनिवार पोखरामा उद्घाटन गर्दै उहाँले त्यस्तो आवश्यकता औल्याउनु भएको हो । ‘हामीसँग दक्ष जनशक्ति कति छ, कस्तो छ अनि रोजगारदातालाई...
नेपाल तरुण दल रिभानद्धारा माक्स वितरण
पोखरा, १० चैत । नेपाल तरुण दल वडा समिति माछापुच्छ«े गाउँपालिका वडा नं. ३ रिभानले माक्स वितरण गरेको छ । हुम्दी रिभानमा रहेको निश्पक्ष माध्यामिक विद्यालयलाई १ हजार ५ सय थान माक्स दिएको नेपाल तरुण दल वड समिति अध्यक्ष योगेन्द्र गुरुङ (युवराज) ले जानकारी दिनुभयो । ‘तरुण दललाई सामाजिक कार्यमा पनि क्रियाशिल बनाउनका लागि विद्यालयलाई...
विद्यालय हिँडेका दुई किशोर बेपत्ता
गलकोट, ८ चैत (रासस) ःबागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् । बेपत्ता भएका दुई बालक रेशनुन्थला माध्यमिक...
पूर्व प्रधानपञ्च कार्कीको निधन
पोखरा, ८ चैत । पूर्व प्रधानपञ्च रुद्र बहादुर कार्कीको निधन भएको छ । पोखरा १२ चापापानी निवासी ९८ वर्षीय कार्कीको सोमबार राति आठ बजे निधन भएको हो । कार्की पोखराको लब्धप्रतिष्ठित राजनीतिकर्मी, समाजसेवी र विकास अभियन्ता हुनुहुन्थ्यो । उहाँले मध्यकालीन ग्रामिण पोखरालाई आधुनिक युगको शहर उन्मुख गराउँन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको संकल्प...
कालिका पब्लिकको अध्यक्षमा आचार्य
पोखरा, ७ चैत । पोखराको रामबजारस्थित कालिका पब्लिक कलेज पहिलको साधारण सभाले गीता आचार्यको अध्यक्षतामा क्याम्पस संचालक समिति गठन गरेको छ । समितिको सदस्यहरुमा पूर्णचन्द्र न्यौपाने, सुरेश कुमार ध्वजु, निर्मला कार्की भण्डारी, राम बहादुर थापा र कुमार थिङ रहनु भएको छ । साधारण सभा उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले शिक्षा सवैको पहँुचमा पु¥याउन...
स्कोडाको नयाँ शोरुम र वर्कसप अब पोखरामा
पोखरा, २३ फागुन । स्कोडाको सुविधा सम्पन्न शोरुम पोखराको नयाँबजारमा सञ्चालनमा आएको छ । युरोपियन लिडिङ ब्राण्ड स्कोडा गाडीको आधिकारिक आयातकर्ता एम.ए.डब्लु. इन्टरप्राइजले हालै पोखरामा आफ्नो गाडी बिक्रीका लागि एस.एस.एल. मोटर्सलाई डिलर नियुक्त गरेको हो । नेपालमा स्कोडा गाडी विगत सन् २००८ देखि एम.ए.डब्लु. इन्टरप्राइजेजले उपलब्ध गराउँदै आएको छ । यससँगै कम्पनीले नेपाली बजारमा युरोपियन...
प्रेस युनियनले पोखरामा पत्रकारिता तालिम गर्दै
पोखरा, १७ फागुन । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आधारभूत पत्रकारिता तालिम गर्ने भएको छ । युनियनले फागुन १९ देखि २१ गतेसम्म तालिम आयोजना गर्न लागेको हो । नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा गरिने तालिमको सम्पूर्ण तयारी पूरा भएको नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो । पत्रकारितामा नयाँ जनशक्ति उत्पादन गर्ने उद्देश्यले...
एन प्याव्सन कास्कीको लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड प्रथम
पोखरा, १४ फागुन ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) कास्कीले आयोजना गरेको १४ औं लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड वोर्डिङ स्कूल प्रथम भएको छ । प्रतियोगितामा राइजिड्ड स्टार एकेडेमी द्धितीय, कास्की मोडनाइज्ड एकेडेमी तृतीय र ज्ञान ज्योति विद्याकुञ्ज मावि सान्त्वना भएका छन् । विजयी समूहलाई वरिष्ठ नृत्य निर्देशक बृद्धिप्रसाद गुरुङ गौरी, एन प्याव्सनका...
नेशनल प्याव्सन कास्कीले लोक नृत्य प्रतियोगिता गर्ने
पोखरा, १० फागुन ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) कास्कीले १४ औं लोक नृत्य प्रतियोगिता गर्ने भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति, विज्ञान, प्रविधि, तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ । नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालय वीच गर्न लागेको उक्त प्रतियोगिता फागुन १४ गते...
मुख्यमन्त्री–बेलायती राजदूत भेट
गण्डकी, १० फागुन (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गर्नुभयो । उहाँले दुई देशबीचको दौत्य सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै गण्डकी...