पोखरा सेरोफेरो

सिलिण्डर ग्यास पड्किदा बालिकाको मृत्यु
तनहुँ, २१ जेठ (रासस)ःखाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् । सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । मृतकको...
पृथ्वीराजमार्गको याम्पा–घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द
दमौली, २० जेठ (रासस) :पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो । बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म...
धार्मिकस्थलमा पर्यटकको सङ्ख्यामा वृद्धि
गलकोट, १९ जेठ (रासस) :बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । कालभैरव पुग्न सडक कालोपत्र गरिएको छ भने कतिपय ठाउँमा सडकको स्तरोन्नतिसमेत गरिएको छ । सडकको पहुँचका कारण अहिले यहाँ पुग्ने धार्मिक पर्यटकको चाप थेगिनसक्नु भएको छ । जेठ लागेपछि मङ्गलबार र शनिबार यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि...
टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
लमजुङ, १५ जेठ (रासस) :पहाडी जिल्ला लमजुङस्थित मध्यपहाडी लोकमार्गमा आज दिउँसो टिपर दुर्घटना हुँदा मृत्यु भई पहिचान खुल्न बाँकी तीनको पहिचान खुलेको छ । मध्यनेपालस्थित भोर्लेटारबाट सोही पालिका–७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको थियो । पहिचान खुल्न बाँकी मृतक गोरखा जिल्लास्थित गोरखा नगरपालिका–१२ का अन्दाजी २४...
आगलागी हुँदा घर नष्ट
बलेवा, १३ जेठ (रासस): बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । गए राति विद्युत् सर्ट हुँदा भएको आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ । रातको समयमा एक्कासी आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताउनुभयो । राति ९ बजेदेखि सुरु...
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
गलकोट, ८ जेठ (रासस) ःगण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ । कालिका मन्दिर भगवती मन्दिरको प्रवेशद्वारमा दुईतले सङ्ग्रहालय भवन निर्माण थालिएको छ । कालिका मन्दिरसँग जोडिएको पुरातात्विक वस्तु, कालिका मन्दिरको इतिहासलगायतका जानकारी सङ्ग्रहालयमा राखिने छ । सङ्ग्रहालय निर्माणपश्चात...
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
पोखरा, ६ जेठ । पोखरामा ‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने भएको छ । टिभिएसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि.ले पोखराको रंगशालामा मेला आयोजना गर्न लागेको हो । यही जेठ १० गतेबाट १६ गतेसम्म मेला सञ्चालन हुने प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिनुभयो । । मेलामा कुनै पनि कम्पनीको पुराना मोटरसाइकल तथा स्कुटर ल्याएर...
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
कास्की, २ जेठ (रासस) ःकास्कीको माछापुच्छ«े गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार कांग्रेसका मीनबहादुर गुरुङ सात हजार ९९ मतसहित अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का उम्मेदवार विक्रम गुरुङले छ हजार ६१७ मत...
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
गण्डकी, १ जेठ (रासस) :स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पोखरा महानगरको वडा नं १, २, १२ र २३ को तीन हजार ५०० मत गणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले एक हजार ३४९ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।...
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता
कास्की, १६ वैशाख (रासस) ःपोखरा महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेताद्वय ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिनुभएको छ । दुबै जनाले आज शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी फिर्ता लिनुभएको हो । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा पोखराको प्रमुख सत्ता गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को भागमा परेपछि...
श्रेनाको पहिलो शाखा बेगनासतालमा बिस्तार
पोखरा, ४ वैशाख । पोखरा ८ नागढुङ्गास्थित श्रेना युनिसेक्स सैलुन एण्ड टेनिङ्ग सेन्टरले पोखरा ३१ बेगनासतालमा शाखा बिस्तार गरेको छ । नेपाल व्यूटिसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्काले लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, नेपाल व्यूटिसियन संघकी केन्द्रीय उपाध्यक्ष चिनु गुरुङ र नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नवीन सिग्देलको उपस्थितिमा आइतबार शाखा उद्घाटन...
खप्तडी बस्नेत सेवा समितिको शुभकामना
पोखरा, ३ वैशाख । पोखरा महानगरपालिका वडा नं २० मा नव वर्ष – २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको छ । खप्तडी बस्नेत सेवा समितिले कार्यक्रम गरेको हो । कार्यक्रममा समितिका पदाधिकारी, सदस्य, सल्लाहकार र परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।