पोखरा सेरोफेरो

नेल्टाको तालिम शुरु
पोखरा, १३ असार । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा पशु प्रजनन् तथा कृत्रिम गर्भाधान सम्वन्धी तालिम शुरु भएको छ । दुई हप्तासम्म चल्ने तालिममा देशभरका १५ जनाको सहभागिता रहेको छ । पशु स्वास्थ्य प्राविधिक उत्पादन गर्ने मुख्य उद्देश्यले तालिम आयोजना गरिएको हो । कृषि निर्देशनालय गण्डकी प्रदेशका निर्देशक बासु...
कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय
पोखरा, १२ असार । नेपाली काँग्रेस कास्कीको शनिवार सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । नेपाली काँग्रेस कास्की सभापति किशोरदत्त बरालको सभापतित्वमा वसेको वैठकले स्थानीय तहको निर्वाचनको समिक्षा सहित विभिन्न निर्णयहरु गरेको छ । बैठकले, पार्टीका तर्फवाट उम्मेदवार बनेर स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई असार २५ गते वधाई ज्ञापन तथा सम्मान गर्ने निर्णय गरेको छ...
विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह
कास्की, १२ असार (रासस) :अविरल वर्षापछि पोखरा महानगरपालिकाका विभिन्न स्थानमा डुबान तथा पहिराले भौतिक क्षति भएपछि वर्षाका कारण आउन सक्ने विपद्को जोखिमबाट जोगिन र थप सजगता अपनाउन महानगरले नगरवासीलाई आग्रह गरेको छ । महानगर प्रमुख धनराज आचार्यले आज एक अपिल प्रकाशित गर्दै पोखराका विभिन्न ठाउँमा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त...
एकता सामुदायिक क्लबको अध्यक्षमा गणेश
पोखरा, ५ असार । पोखरा–२० भलामस्थित एकता सामुदायिक क्लबको प्रथम अधिवेशनले गणेश बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लेख बहादुर खत्री, पदम कार्की, सचिवमा तारा बस्नेत, कोषाध्यक्षमा विजय कार्की र सहसचिवमा अनिल बिक रहनुभएको छ । समितिको सदस्यमा नारायण कार्की, वीरेन्द्र केसी, सुवा सुमन थापा, पूजा कार्की, विवश नेपाली, शोभा कार्की,...
स्याङ्जाली दिदीबहिनी मानव सेवा आश्रममा, स्वास्थ्य परिक्षण र औंषधी वितरण
पोखरा, ४ असार । स्याङ्जाली दिदीबहिनी एकता समाज पोखराले शनिवार स्वास्थ्य परिक्षण तथा औंषधी वितरण गरेको छ । समाजले पोखरा – १७ छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित रहेकाहरुका लागि स्वास्थ्य परिक्षण र औंषधी वितरण गरेको हो । चरक मेमोरियल हस्पिटल र गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । त्यसअवसरमा आश्रममा आश्रित एक सय...
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
गण्डकी, ३० जेठ (रासस) ःगण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो । गत जेठ २४ गते गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको नीति...
पोखरा ३३ मा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाउने
पोखरा, २८ जेठ (रासस) ःपोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसक्दासमेत उचित व्यवस्थापन हुन नसकेर समस्याको रुपमा रहेको ल्याण्डफिल्ड साइटलाई महानगरले प्राथमिकतमा राखेर सो निर्णय गरेको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत...
भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो
दमौली, २७ जेठ (रासस) :पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । कार...
सातौं स्थापना दिवसमा विविध कार्यक्रम गर्दै नेल्टा
पोखरा, २५ जेठ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)ले आफ्नो ७ औं स्थापना दिवसको अवसरमा बिहीबार विविध कार्यक्रम गर्ने भएको छ । संघले देशैभर विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्ने महासचिव सुरेश श्रेष्ठले जानकारी दिनुभयो । नेल्टा कास्कीले पनि कास्कीको रुपा गाउँपालिका वडा नं ५ स्थित देउरालीमा विविध कार्यक्रम संचालन गर्नेछ । कुकुर बिरालोको...
गलकोटमा बाढीले एक घरमा क्षति, दुई घर र एक विद्यालय उच्च जोखिममा
गलकोट, २५ जेठ (रासस) :बागलुङको गलकोटमा बाढी पहिराका कारण तीन घरमा क्षति पुगेको छ । गलकोट नगरपालिका–३ को हटिया बजारमा बजारभन्दा माथिबाट झरेको लेदोसहितको बाढीले एक घर पुरिएको छ भने वडा नं ६ मा पहिराका कारण दुई घरमा उच्च जोखिममा परेको वडाध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिनुभयो । सोही वडामा रहेको नवज्योति दुर्गा आधारभूत विद्यालयसमेत बाढीका...
पोखरा विश्वविद्यालय र नाष्ट बीच सझदारीपत्रमा हस्ताक्षर
गण्डकी, २३ जेठ (रासस) ःपोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकापसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।...
पोखरामा एक घर, एक वृक्षरोपण
कास्की, २२ जेठ (रासस) :पोखरा महानगरपालिकाले आगामी तीन महिनाभित्रमा महानगरका सबै घर कम्पाउडमा बिरुवा रोप्ने भएको छ । पर्यटकी सहरसमेत रहेको पोखराको वातावरणलाई हरियाली बनाउन महानगरले नगरवासीलाई अनिवार्यरुपमा वृक्षरोपण कार्यक्रममा सहभागी गराउने भएको हो । महानगर प्रमुख धनराज अचार्यले आज ५०औँ विश्व वातावरण दिवसका सन्दर्भ पारेर महानगरले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा अबको तीन महिनाभित्र प्रत्येक...