पोखरा सेरोफेरो

पोखरामा पहिराले घर पुरिँदा एकको मृत्यु, एक घाइते
कास्की, १६ साउन (रासस) ःपोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् । अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु...
अरिङ्गालले टोकेर मृत्यु
गलकोट, १३ साउन (रासस) : अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका लागि धवलागिरि अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । परियार गए राति घर नजिककैको...
पोखरामा आजदेखि ‘मेयर सम्मेलन’
कास्की, १३ साउन (रासस) ःदेशका छवटै महानगरका प्रमुखको भेला ‘मेयर सम्ेमलन’ आजदेखि पोखरामा सुरु हुुँदैछ । पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ । महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ । साउन १४ गतेसम्म सञ्चालन हुने सो सम्मेलनमा सहभागी ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन...
गण्डकी सरकारले सवारी करको जरिवाना घटायो
कास्की, १२ साउन (रासस) ःगण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक वर्षदेखि सवारी करको जरिवानामा वृद्धि गरेर एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिन थालेपछि सरकारको सर्वत्र आलोचना भएको थियो । मुख्यमन्त्री निवासमा बुधबार साँझ बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन २०७६ को व्याख्या गर्दै...
पोखराका प्रमुख आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा
कास्की, ६ साउन (रासस) पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिनुभएको छ । मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उहाँ देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिनुभएको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षता रहने समितिमा सातवटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । प्रमुख आचार्यलाई...
सामाजिक विकास कार्यालय कास्कीद्वारा ९० प्रतिशत लक्ष्य पूरा
पोखरा, ४ साउन । सामाजिक विकास कार्यालय कास्कीले बुधबार वार्षिक समीक्षा गरेको छ । कार्यक्रममा शिक्षा कार्यालयका प्रमुख, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षक संघ÷संगठनका प्रमुख , नागरिक समाज, गैर सरकारी संस्था र संचारकर्मीको सहभागिता रहेको थियो । सहभागीहरुले कार्यालयका कार्यक्रम राम्रो र प्रभावकारी भएको उल्लेख गरेका थिए । त्यस अवसरमा कार्यालयद्वारा संचालित कार्यक्रमको उपलब्धि, प्रगती...
शिवालयमा बिहानैदेखि चहलपहल
बागलुङ, २ साउन (रासस) ः आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस वर्ष पाँच सोमबार परेका छन् । साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । विशेष गरी...
राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको नयाँ कार्यसमिति चयन
पोखरा, १ साउन । राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको ११ औं साधारणसभा तथा ५ औं अधिवेशनले शोभा आचार्यको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिलमाया गुरुङ, सचिवमा विष्णुमाया पौडेल, कोषाध्यक्षममा धना पौडेल र सहसचिवमा कृष्णाकुमारी सुवेदी रहनु भएको छ। समितिको सदस्यहरुमा विष्णुमाया पौडेल, गीता भण्डारी, सावित्री पराजुली, लेखमाया थापा, डिलकुमारी...
श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रमको प्रचार गर्दै मोटरसाइकल ¥याली
पोखरा, ३२ असार । पोखरामा हुन लागेको श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रमको प्रचारप्रसार गर्दै शनिवार मोटरसाइकल ¥याली निकालिएको छ । पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरको आयोजनामा कार्यक्रम हुन लागेको हो । मन्दिर प्राङ्गणबाट सुरु भएको मोटरसाइकल ¥यालीले एयरपोर्ट, मुस्ताङचोक, राष्ट्र बैंक चोक, रत्न चोक, सृजना चोक, पृथ्वी चोक,...
कर्मचारी युनियन र कास्की काँग्रेसका पदाधिकारीबीच छलफल
पोखरा, ३२ असार । नेपाल निजामती कर्मचारी युनियन कास्कीले शनिवार नेपाली काँग्रेसका पदाधिकारीहरुसँग छलफल, भेटघाट तथा अन्तरक्रिया गरेको छ । कार्यक्रममा कर्मचारीका अगुवा नेता र कास्की काँग्रेसका पदाधिकारीहरुको सहभागिता रहेको थियो । पार्टी र कर्मचारीबीचको सहकार्य बढाउने उद्देश्यले कार्यक्रम गरिएको युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले जनताको...
सच्चाइमा सम्मान
पोखरा, १९ असार । ईश्वरीय मार्ग भजन मण्डल सच्चाइ केन्द्र नेपाल पोखरा १३ काँहुखोला शाखाले शनिवार सम्मान कार्यक्रम गरेको छ । केन्द्रले पोखरा महानगरपालिका वडा नं १३ मा निर्वाचित जनप्रतिनिधि, सल्लाहकार र पत्रकारहरुलाई सम्मान गरेको हो । शाखाका प्रमुख राजकुमार खत्री र उपप्रमुख लक्ष्मी खत्रीलगायतले सम्मान पत्र सहित माला लगाईदिएर सम्मान गर्नुभएको थियो । सम्मानित...
लमजुङका ७६ प्रतिशत पानीमा इकोली
लमजुङ, १८ असार (रासस)ः पहाडी जिल्ला लमजुङका ७६ प्रतिशत खाने पानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ । जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुङ्गे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना परीक्षण गरेकामा ९१ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीमा दिसाजन्य पदार्थ...