पोखरा सेरोफेरो

मुहार फेरेको रायाडाँडाको महाविद्याजन
गलकोट, १८ भदौ (रासस) ःविसं २०७२ यता महाविद्याजन माध्यमिक विद्यालयमा बिहानको प्रार्थना चलेन । साँघुरो र भिरालो जग्गामा रहेको विद्यालय भूकम्पले थिलो थिलो पारेको थियो । बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माध्यमिक विद्यालयले पाँच वर्ष विद्यार्थीलाई टिनको छाप्रोमै अध्यापन गरायो । न खेलमैदान न राम्रो शौचालय, टिनले बारेको कक्षाको अध्यापनले विद्यार्थीलाई सास्ती नै सास्ती तर भूकम्पकोे...
झरीले जनजीवन प्रभावित
गण्डकी, १६ भदौ (रासस) :निरन्तरको झरीले जनसाधारणमा कष्ट थपेको छ । सडक, बिजुलीजस्ता जरुरी सेवा रोकिँदा जनजीवन प्रभावित बनेको हो । कतै पहिराको त्रास छ, कतै डुबानको । गए रातिदेखि अवरुद्ध पोखरा–बागलुङ राजमार्ग अपराह्नपछि बल्ल सञ्चालनमा आएको छ । पर्वतको मोदी गाउँपालिका–५ अम्बोटमा पहिरो खस्दा सवारी आउजाउ रोकिएको थियो । डोजर लगाएर पहिरो पन्छाएपछि बिहीबार...
लियो क्लब अफ हेमजाको तीज विशेष कार्यक्रम
हेमजा, १४ भदौ । लियो क्लब अफ हेमजाले पोखरा २५ हेमजामा तीज विशेष कार्यक्रम गरेको छ । हिन्दु महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा क्लबमा आबद्द दिदीबहिनीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका कार्यपालिका सदस्य धना तिमिल्सिनाले क्लबलाई आवश्यक साथ, सहयोग दिने र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।...
कास्की काँग्रेसको संगठन शाखा विस्तार
पोखरा, १० भदौ । नेपाली काँग्रेस कास्कीको संगठन शाखा विस्तार गरिएको छ । शाखाका संयोजक युवक लामिछानले पार्टीको नियमावली २०७६ को परिच्छेद १७ धारा ४८ को उपधारा ४ बमोजिम १७ सदस्यीय शाखा विस्तार गर्नुभएको हो । शाखाको सदस्यहरुमा लक्ष्मी लम्साल, माधव बराल, बोधराज बराल, ठाकुर रानाभाट, गौरी सापकोटा, अजिब बक्स मिया, पुष्प सिग्देल, विश्वमोहन पौडेल,...
गण्डकी ट्रक यातयात व्यवसायी संघको महासचिवमा कार्कीको उम्मेद्वारी
पोखरा, ७ भदौ । गण्डकी ट्रक यातयात व्यवसायी संघको २१ औं अधिवेशनमा होम बहादुर कार्कीले महासचिव पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ । पोखरा १४ निवासी उहाँ विगत २० वर्षदेखि ट्रक व्यवसायसँग आवद्व रहदै आउनु भएको छ । अघिल्लो अधिवेशनबाट सचिवमा निर्वाचित उहाँले विशेष कारणले महासचिव पद रिक्त भएपछि केहि समय अघिदेखि कार्यवाहक महासचिवको भूमिका...
विद्यार्थी चार दिनदेखि सम्पर्कविहीन
कास्की, ७ भदौ (रासस)ःकास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित खरीबोटका एक किशोर चार दिनदेखि सम्पर्कविहीन भएका छन् । सोही वडाको शुक्लागण्डकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र पूर्णबहादुर घर्तीमगर यही भदौ ४ गते शनिबार दिउँसोदेखि बेपत्ता भएपछि परिवार र विद्यालयका शिक्षक चिन्तामा परेका छन् । सो दिन बिहान ११ः०० बजे परिवारका अन्य सदस्य काममा गए पनि...
तीजको अवसरमा नेपाल निजामती कर्मचारी युनियन कास्कीको शुभकामना
पोखरा, ४ भदौ । तीजको अवसरमा नेपाल निजामती कर्मचारी युनियन कास्कीले पोखरामा शनिवार शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा दुई सय बढीको सहभागिता रहेको थियो ।कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा संसदीय दल सचेतक ओमकला गौतमले  संस्कार र संस्कृति अनुसार नै तीज मनाउनुपर्नेमा जोड दिनुभयो । समाजमा हुँदाखाने वर्ग पनि रहेको भन्दै तीजलाई भड्किलो बनाउन...
स्याङ्जाली दिदीबहिनी एकता समाजको शुभकामना
पोखरा, ४ भदौ । तीजको अवसरमा स्याङ्जाली दिदीबहिनी एकता समाज कास्कीले पोखरामा शनिवार शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । दिदीबहिनी बीच आपसी सद्भाव विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा एक सय बढी दिदीबहिनीको सहभागिता रहेको सहसचिव गिता पगेनीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री पद्मा अर्यालले अहिलेका महिलाहरु घर चलाउने गृहिणी मात्र नभएको बताउनुभयो । महिलाले...
सराङकोटको तीज मेलाका लागि विभिन्न उपसमिति गठन
पोखरा, ४ भदौं । पोखरा – १८ सराङकोट हुने तीज मेला – २०७९ का लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । विन्दु थापाको संयोजकत्वमा खुला तीज गीत प्रतियोगिता उपसमिति गठन गरिएको छ । सदस्यमा इन्द्रा थापा, नवराज तिमिल्सिना, प्रेम प्रसाद तिमिल्सिना र उदय थापा रहनु भएको छ । इन्द्रा थापाको संयोजकत्वमा सविना क्षेत्री, विष्णु प्रसाद...
करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते
दमौली, ३ भदौ (रासस) :तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै...
कर्मशीलका सदस्यलाई युआरएल र अन्नपूर्ण सिटीमा छुट
पोखरा, ३१ असार । कर्मशीलका सदस्यलाई युआरएल र अन्नपूर्ण सिटीमा छुट पोखरा, ३१ साउन कर्मशील बचता तथा ऋण सहकारी पोखरा ८ सभागृहचोकका सेयर सदस्य र कर्मचारीले स्वास्थ्योपचारमा छुट पाउनु हुने भएको छ । उहाँहरुले पोखराको महेन्द्रपुलमा रहेको अन्नपूर्ण सिटी क्लिनिकका सबै सेवामा १० प्रतिशत छुट पाउनु हुने छ। अन्नपूर्ण सिटी पोखरा र काठमाडौंका विशेष विशेक्षता...
सराङकोटमा तीज मेला हुने
पोखरा, ३१ साउन ।‘लोक कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्वनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पोखरा – १८ सराङकोटमा तीज मेला – २०७९ हुने भएको छ । अन्नपूर्ण सामुदायिक विकास मञ्चको आयोजना तथा महिला साना किसान कृषि सहकारी सराङकोट र नेपाल रेडक्रस सोसाईटी सराङकोटको सहआयोजनामा मेला हुन लागेको हो । मेला अन्नपूर्ण सामुदायिक मञ्चको...