पोखरा सेरोफेरो

मनाङ भित्रिन थाले पर्यटक
मनाङ, १२ असोज (रासस) :करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो । हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ । पर्यटकका लागि मनाङ आउने अहिलेको समय अनुकूल हो । अन्नपूर्ण संरक्षण क्षेत्र...
बृहत्त यौनिकता शिक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्वन्धी तालिम शुरु
पोखरा, ८ असोज । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा कास्कीमा बृहत्त यौनिकता शिक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्वन्धी तालिम शुरु भएको छ । नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित तालिम कास्कीको लुम्लेमा तीन दिनसम्म चल्नेछ । युवा वर्गका लागि आवश्यक यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धी ज्ञान दिने तथा...
एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा
गलेश्वर, ७ असोज (रासस):विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ । एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको...
काँग्रेसको घोषणापत्र तयारी समितिको सदस्यमा पोखराका डा.पौडेल मनोनित
पोखरा, ६ असोज । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको नेपाली काँग्रेसको घोषणापत्र तयारी समितिमा ४० जना सदस्य मनोनयन गरिएको छ । जसमा कास्कीबाट डा. कृष्ण प्रसाद पौडेल पनि मनोनित हुनुभएको छ । डा. पौडेल नेपाली काँग्रेस शिक्षा विभागको सचिव साथै स्थानीय तह निर्वाचन २०७९ मा अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिमा सदस्य–सचिवको भूमिकामा रहेर काम गरेको...
स्वाबलम्बन जीवनपद्धती केन्द्र–पोखराद्वारा विभिन्न सामग्री हस्तान्तरण
पोखरा, ५ असोज । स्वाबलम्बन जीवनपद्धती केन्द्र–पोखराले अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत स्रोत कक्षाको स्तरोन्नतीका लागि विभिन्न सामग्री हस्तान्तरण गरेको छ । ह्याण्डिक्याप ईन्टरनेशनल र विश्व शिक्षासँगको साझेदारी तथा युएसएआइडीको आर्थिक सहयोगमा कास्की जिल्लामा संचालित “सबैका लागि पढाइ कार्यक्रम“ परियोजना अन्तर्गत पोखराका तीन विद्यालयलाई अपाङ्गता भएका बालबालिकाहरुको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो...
यसै वर्ष गण्डकी प्रदेश उज्यालो प्रदेश – मन्त्री आचार्य
पोखरा, ४ असोज । नवलपूर जिल्लाको बुलिङटार वडा नं ३ मा राष्ट्रिय प्रशारण लाइनबाट विद्युतीकरण गरिएको छ । विद्युतीकरणसँग त्यहाँका पाँच सय परिवार लाभान्वित हुने बताइएको छ । गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले विद्युतको स्वीच अन गरी शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री आचार्यले गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियान...
शिवशक्ति क्याम्पसको अध्यक्षमा टुवराज
पोखरा, २ असोज । पोखरा महानगरपालिका वडा नं ११ स्थित शिवशक्ति क्याम्पसको ११ औ साधारणसभा तथा छैटौं अधिवेशनले  टुवराज बास्तोलाको अध्यक्षतामा क्याम्पस संचालक समिति गठन गरेको छ । समितिको सदस्यहरुमा दुर्गा जोजीजु र बुद्विसागर घिमिरे चयन हुनुभएको छ । वडाध्यक्ष प्रेम कर्माचार्य, प्राचार्य दीपक बास्तोला र शिक्षक प्रतिनिधि दुई जना पदेन सदस्य रहनु हुनेछ ।...
पोखरामा डेंगु विरुद्धको सचेतना अभियान शुभारम्भ
पोखरा, १ असोज । पछिल्लो समय मुलुकका मुख्य सहरहरूमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग तीव्र गतिमा फैलिरहेका बेला पोखरा महानगरपालिकामा पनि यस विरुद्धको सचेतना अभियान शुभारम्भ गरिएको छ । महानगरको स्वास्थ्य महाशाखाको नेतृत्वमा डेंगु रोग रोकथामका लागि लामखुट्टेको वासस्थान खोजी तथा नष्ट गर्ने अभियान सुरु गरिएको हो । सो अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख...
बास पुरियो, वृद्ध जोडीको बिचल्ली
– तारानाथ आचार्य बलेवा, ३० भदौ (रासस): सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुङ्गा, माटो र काठले बनेको दुईतले सुन्दर घरको आँगन । आँगनको छेवैमा बनाइएको पर्खालमा गहभरि आँसु पार्दै त्यही घर नियालिरहेको भेटिनुभयो, ढालानाथ । बागलुङ नगरपालिका–११ को तल्लो रामतोला बस्तीको सबैभन्दा माथि...
कास्की काँग्रेसमा गठबन्धनको चियापान तथा भेटघाट
पोखरा, २३ भदौं । नेपाली काँग्रेस कास्कीले पोखरामा बिहीबार पाँच दलीय गठबन्धन बीच चियापान तथा भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले इमान्दापूर्वक एकता कायम गरी गठबन्धनका उद्देश्यहरुलाई सफल पार्नुपर्ने बताउनुभयो । उपलब्धी प्राप्तिका लागि गठबन्धनका दलहरु बीच निरन्तर संवाद, छलफल जारी राख्नुपर्ने भन्दै उहाँले कास्की काँग्रेसले जिल्लास्तरमा सुरुवात...
रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान
ऋषिराम बराल लेखनाथ, २२ भदौ (रासस) : धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको...
कास्कीमा ‘जनताको साथमा काँग्रेस’ अभियानका कार्यक्रम सार्वजनिक
पोखरा, १९ भदौ । नेपाली काँग्रेस कास्कीले ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तर्गत गरिने कार्यक्रम सार्वजनिक गरेको छ । पोखरामा आइतबार पत्रकार सम्मेलन गरी कार्यक्रम सार्वजनिक गरिएको हो । कास्की काँग्रेसले आइतवार अभियानका खटिने प्रतिनिधिका लागि अभिमुखीकरणसँग अभियानका कार्यक्रम पनि सार्वजनिक गरेको हो । काँग्रेसले भदौ २१ गते जिल्लाका ७२ वटै इकाइमा एउटै समय ११ बजे...