पोखरा सेरोफेरो

भोगटेको फेदमा जन्मेको ‘लेउवासङ्घ’ः जसले चिनायो लेखनाथलाई
–वासुदेव पौडेल गण्डकी, २४ मङ्सिर (रासस): कवि शिरोमणि लेखनाथ पौड्यालको नामबाट २०५३ साल माघ १८ गते लेखनाथ नगरपालिकाको घोषणा गरिएको थियो । यस क्षेत्रका तत्कालीन राखी, लेखनाथ, शिशुवा र बेगनास गाउँ विकास समितिलाई मिलाएर नगरपालिका घोषणा गरिए पनि यस क्षेत्रको पहिचान हुन नसकेको वास्तविकता त्यसै बेलादेखि चासो र चर्चामा रहेको यहाँका अगुवा बताउँछन् । नगरपालिकाको...
कास्की काँग्रेसले अन्तरघातमा संलग्नलाई कारवाहीका लागि सिफारिस गर्ने
पोखरा, १५ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टी भित्र अन्तरघात गर्नेलाई कारवाहीको लागि सिफारिस गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीको विहीबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकमा पदाधिकारी एवं सदस्यहरुले पार्टी भित्र अन्तरघात बढेकोप्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए । बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रीय कार्यसमिति समक्ष...
गुल्मीमा धान उत्पादनमा कमी आयो
गुल्मी, ११ मङ्सिर (रासस) :गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण धेरै...
कास्कीको राजनीतिक पहिचान बनाउँछु – बराल
पोखरा, २८ कात्तिक । कास्की क्षेत्र ं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले कास्कीको राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । ‘कास्की प्राकृतिक सुन्दरता, तालतलैयाले मात्र चिनिएको छ, उहाँले भन्नुभयो – अब राजनीतिक पहिचान पनि बनाउनुपर्छ ।’ उहाँले मतदाताले गर्वको अनुभुति गर्ने गरी आफूले संसदमा काम गर्ने उल्लेख गर्नुभयो...
उम्मेद्बार बराल पाँच सुत्रीय अभियानका साथ चुनावी मैदानमा
पोखरा, २३ कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बराल पाँच सुत्रीय अभियानका साथ चुनावी मैदानमा रहनु भएको छ । उहाँले मेरो इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्विको निकास, गुणस्तरीय र योजनाबद्व विकासलाई आफ्नो सुत्र भन्नुभएको छ । त्यस्तै, देशको समृद्वि, र शान्ति,...
जनताको आवश्यकता मेरो प्राथमिकता – बराल
पोखरा, १९ कात्तिक । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले जनताको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताउनु भएको छ । कास्की काँग्रेसका सभापति समेत रहनु भएका उम्मेद्बार बरालले जनताले आवश्यकता अनुसार छनोट गरेका योजना नै आफ्नो योजना हुने उल्लेख गर्नुभयो । कास्कीको रुपा गाउँपालिकाको तालबेसी, काउँरे, हंसपुर, हाँसपोखरी, पिप्ले, ठूलीबेँसी,...
अझै खुलेन अवरुद्ध ग्रामीण सडक
ढोपाटन, ४ कात्तिक (रासस):निसीखोला गाउँपालिकाले सातवटै वडाको बस्ती–बस्तीमा सडक पु¥याएको छ । हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षात्को समय ठप्पै हुन्छन् । गत असार महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । चार महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । गाउँदेखि बजार पुग्न पैदल नै हिँड्नुपर्छ...
डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ
पोखरा, २९ असोज । लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ पोखरामा भएको छ । कार्यक्रममा लायन्स अन्र्तराष्ट्रिय आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता, लायन्स अन्र्तराष्ट्रियका एलसिआइएफ एरिया लिडर राजन लम्सालको विशेष आतिथ्यतामा तथा डिष्ट्रिक्ट गभर्नर राम बसेलको अध्यक्षतामा भएको थियो । डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गगभर्नर रामबहादुर बसेलले ‘आई विलिभ...
फेवाताल सफाइ महाअभियानमा दुई हजार टन बढी जलकुम्भी निकालियो
पोखरा, २५ असोज (रासस) :पोखरा महानगरपालिकाको आह्वानमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा आज दुई सय बढी ट्रकमा करिब दुई हजार टन जलकुम्भीसहितको फोहर निकालिएको छ । महानगरमा ३३ वटै वडाका वडा जनप्रतिनिधिसहित विभिन्न सङ्घसंस्था, आमा समूह, वित्तीय संस्था, राजनीतिक दल, नागरिक समाजलगायत स्वस्फूर्त सहभागी अभियानकर्मीको सक्रियतामा आज उक्त जलकुम्भीसहितको फोहर फेवातालबाट निकालिएको महानगर प्रमुख धनराज...
सडक अवरुद्ध हुँदा दसैँ मनाउन आएका गाउँमै रोकिए
डम्मरबुढा मगर ढोरपाटन, २१ असोज (रासस)ः तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन् । निरन्तर भारी वर्षा हुँदा सडक खुलाउनसमेत समस्या भएको छ । वर्षाले जिल्लाका १० वटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएको प्रहरीले...
राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल !
बेनी, १८ असोज (रासस) ःम्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बडीबढाऊमा सहभागी सचिन केसीले सबैले भन्दा धेरै रु तीन लाख १५ हजार रकम तिर्ने...
कुँडहर सहकारीको १५ औं स्थापना दिवस
पोखरा, १७ असोज । पोखरा १० स्थित कुँडहर बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार १५ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सहकारीले कुँडहर आधारभूत विद्यालयका १२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै अस्पताल चोकमा रहेको प्रहरी बिटलाई सात थान प्लाष्टिक कुर्ची सहयोग गर्ने भएको छ । २८...