पोखरा सेरोफेरो

लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गरेकी हुन् । उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्। उनले पछिल्लो पुस्ताले व्यवसायमा...
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ । एक शिक्षक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पहिरोमा परी धादिङ स्थायी वतन भई पोखरा महानगरपालिका–२५, हेम्जा निवासी २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो। घाचोकको लस्तीखोला स्थित हेमजा-माछापुच्छ्रे सडक खण्डमा बिहान करिब १० बजे पहिरो खस्दा तेजबहादुरको मृत्यु भएको ...
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा मनी चेन्जर र रेष्टरेण्ट व्यवसाय चलाइरहेका तीन जना व्यवसायी अमेरिकी डलर र युरो अवैध कारोबार आरोपमा शनिबार पक्राउ परेका छन् । उनीहरूका साथबाट प्रहरीले १९ हजार ६०० अमेरिकी डलर, ३ हजार २०० युरो र ४३ लाख ७३ हजार ७०० रुपैयाँ नेपाली मुद्रा पनि बरामद गरेको छ । पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–४ चियादोकान घर...
अपराध
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
जग्गा बेच्ने विषयमा वादविवाद भएपछि आफ्नै श्रीमतीलाई मुक्का प्रहरी गरी हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार गत साउन आठ गते भएको घटनाको विषयमा ५८ वर्षीय जङ्गे सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेको छ। वादविवादकाबीच जङ्गे आवेशमा आई श्रीमती ५३...
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे औपचारिकरुपमा साताव्यापी चीन भ्रमणमा निस्केका छन् । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा भाग लिन मुख्यमन्त्री पाण्डेसहित प्रतिनिधिमण्डल मंगलबार पोखराबाटै सिधैँ हिमालयन एयरलायन्समार्फत चीन प्रस्थान गरेको हो । टोलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक मुख्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठ, मन्त्रीहरू...
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
पोखरा । निरन्तर वर्षाका कारण काहुँखोलाको बहाव बढ्दा खोलाले बस्तीतर्फ कटान गरेको छ । पोखरा महानगरपालिका–२० भलाम र पोखरा महानगरपालिका–१३ काहुँमा दुई घरका केही कोठाहरु बगाएको छ । पर्खाल भत्काएर खोला काहुँखोला बजार, शुभकामना टोल, ढल्के पुल आसपासका घरमा लेदो पसेको छ । काहुँखोलाको बाँध फुटेपछी घट्टेखोला पुल र वरपरको बस्ती खतरामा परेको छ ।...
प्रवर्द्धनात्मक सामाग्रीः
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पोखरा । लक्ष्मी ग्रुप अन्तर्गतको दूध तथा दुग्धजन्य पद्धार्थ उत्पादनमा अग्रणी ब्राण्ड सुजल डेरी प्रा.लि.ले आफ्ना उपभोक्ताहरूका लागि सफल फ्रेश पनिरलाई नयाँ थर्मोफर्मिङ प्याकमा उपलब्ध गराएको छ। सफल फ्रेश पनिर गुणस्तर र स्वच्छताको उच्चतम स्तर सुनिश्चित गर्दै आधुनिक प्रविधिमा तयार गरिएको कम्पनीले जनाएको छ। ‘यसमा प्रशस्त मात्रामा प्रोटिन, क्याल्सियम र भिटामिन जस्ता पौष्टिक तत्वहरू भरिपूर्ण...
नमूना पत्रकार सम्मेलन
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई वटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बीबीए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा...
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्केपछि हाल उनि घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन । बुढासहित ६ जना ड्रागनफ्रुट खेतीमा संलग्न छन । छपन्न वर्षीय बुढा सोह्र वर्ष वैदेशिक रोजगारका क्रममा कतारमा बसे । ड्रागनफ्रुट खेतीबाट आफनै देशमा मनग्य आम्दानी गर्न पाउँदा उनि खुशी छन । ड्रागनफ्रुट...
नमूना पत्रकार सम्मेलन
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम...
रहेनन्, गजलकार पङ्गेनी
पोखराका चर्चित गजलकार एवं गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । उनको मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले साहित्यकार पङगेनीको निधनमा दुख व्यक्त गर्दै उनको स्मरण नेपाली साहित्यले गरिरहने जनाए । कास्कीको...
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
‘पर्यटन, संस्कृति र खाना’ को नारासहित देशको पर्यटकीय राजधानी सहर पोखराको फेवाताल किनारमा नेपाली नयाँ वर्ष २०८१ का अवसरमा १९औँं संस्करणको फेवा नव वर्ष महोत्सव हुने भएको छ । होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नका लागि विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको हो । यही...