देश

नेकपा प्रचण्ड–नेपाल पक्षको बैठक शुरु, नेताहरू नागरिकता बोकेर पेरिसडाँडामा
काठमाण्डौ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।  आकस्मिक बोलाइएको उक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । बैठकका लागि केन्द्रीय सदस्यहरू नागरिकता र पचियपत्र लिएर पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालय पुगेका छन् । निर्वाचन आयोगले नेकपा विवाद निरूपणमा ढिलाइ गरेको भन्दै प्रचण्ड-नेपाल समूहले छलफल गर्न...
प्रतिनिधि सभा विघटन बारेमा फैसला अर्को हप्ता, मुद्दामाथिको बहस आज सकिदैं
काठमाडौँ, ७ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । अदालतले सहयोगीका रूपमा झिकाएका एमिकस क्युरीको बयान पनि सकिने चरणमा पुगेको हो । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीका तर्फबाट अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय राखेपछि सो मुद्दामाथिको बहस आज सकिने भएको छ । उक्त मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा क्युरीका तर्फबाट...
सतर्क बनौं, वर्ड फ्लु भित्रिन सक्छ
पोखरा, ६ फागुन । गण्डकी प्रदेशमा वर्ड फ्लु भित्रिन सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी र सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालिएको छ । प्रादेशिक एभियन ईनफलुएन्जा रोग नियन्त्रण प्राविधिक समन्वय समितिको पोखरा बिहीबार बसेको बैठकले त्यस्तो निष्कर्ष निकाल्दै पंक्षि र पंक्षिजन्य पदार्थको ओसारपसारमा निगरानी बढाउने निर्णय गरेको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव...
आज काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल पोखरा आउँदै
पोखरा, ६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आज पोखरा आउने भएका छन् । नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु पोखरा आउन लागेका हुन् । संसद विघटन भएपछि उनीहरु पहिलो पटक पोखरा आउँदै छन् । प्रशिक्षण पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ । प्रशिक्षण पूर्व...
हिमपातका कारण पानीका मुहान जमे
पोखरा, ५ फागुन । ताप्लेजुङमा हिमपातका कारण पानीको मुहान जमेपछि खानेपानीको समस्या हुन थालेको छ । गए रातिदेखिको हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ । हिउँले जिल्ला सेताम्य भएको छ ।न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस छ । चिसोका कारण मानिस घरभित्रै आगो तापेर बसिरहेको स्थानीयले जानकारी दिएका छन् ।
राष्ट्र न्यूज डट कमको सम्पादकमा सापकोटा
पोखरा, २५ माघ । सांदीपन मिडिया प्रा.लिले सञ्चालनमा ल्याएको राष्ट्र न्यूज डट कमको सम्पादकमा प्रकाशचन्द्र सापकोटा नियुक्त भएका छन् । प्रा.लिका सञ्चालक सपना पोख्रेलको अध्यक्षतामा बसेको बैठकले सापकोटालाई सम्पादकमा नियुक्त गरेको हो । पोखरा २५ हेमजा निवासी सापकोटा विगत २ दशकदेखि पत्रकारितामा संलग्न छन् । सापकोटा करीब डेढ दशक पोखराको आदर्श समाज दैनिकमा कार्यरत थिए...
सहयोग लिएर महिला नेतृ आचार्य दलीत बस्तीमा
पोखरा, २५ माघ। नेपाली काँग्रेसकी महिला नेतृ रङ्गिला आचार्यले सहयोग अभियानलाई जारी राखेकी छन् । पछिल्लो पटक सहयोग गर्न उनी पोखरा १६ अर्मलाकोटको दलीत बस्ती पुगेकी छन् । अर्मलाकोटका एक सय घर परिवारलाई कम्मल र न्यायो कपडा वितरण गरेकी हुन् । यस अघि उनले पोखरा २० का कृषकलाई कोदालो सहयोग गरेकी थिइन्। उनले कोरोना महामारीको...
न्यायालयलाई दबाब दिन हुन्न – देउवा
पर्वत, १ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले न्यायालयलाई दबाब दिन नहुने बताएका छन् । ‘न्यायालयलाई यसो गर, उसो नगर भनेर दबाब दिन हँुदैन, उनले भने, अदालतले विवेक प्रयोग गर्नेे नै छ, अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुदैन।’ न्यायालयमा विचाराधीन रहेको संसद् विघटनको मुद्वामा काँग्रेसले पनि कुनै दबाब नदिने स्पष्ट पारे...
कास्की काँग्रेसले प्रदर्शन गर्दै
पोखरा, ५ पुस । असंवैधानिक, अलोकतान्त्रिक संसद विघटन विरुद्व कास्की काँग्रेसले पोखरामा सोमबार प्रदर्शन गर्ने भएको छ । अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याऔं, सर्वसत्तावाद विरुद्व एकजुट होऔं भन्ने मूल नाराका साथ प्रदर्शन गर्न लागिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेका छन् । सोमबार दिउँसो १ बजे पोखरा...
कास्कीमा काँग्रेसको प्रदर्शनको तयारी पूरा
पोखरा, २८ मंसिर । नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनको तयारी पूरा भएको छ । वडा तह देखि नै प्रदर्शन केन्द्रीत भएर तयारी गरिएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेका छन् । पार्टीको मंशिर २९ गतेको देशव्यापी...
वरिष्ठ नेता पौडेलको धरपकड सरकारको अधिनायवादी र सर्वसत्तावादी चरित्र
पोखरा, १७ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरी हिरासतमा राखिएको घटनाको निन्दा र भत्सर्ना गरेको छ । वरिष्ठ नेतामाथिको प्रहरी धरपकड संघीय लोतकतान्त्रिक गणतन्त्रका लागि अशोभनीय कार्य भएको भन्दै घटनाको निन्दा र भत्सर्ना गरिएको हो। कम्यूनिष्ट सरकार भ्रष्ट, निरकुंश हुदै राज्य आतंक, ज्यादती र बर्बतापूर्वक दमनमा उत्रन थालेको प्रमाणित भएको...
कास्की काँग्रेसले क्रियाशील सदस्यताको काम मंसिर २० गतेसम्म सक्ने
पोखरा, ७ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मंसिर २० गतेसम्म सक्ने भएको छ । कास्की काँग्रेस पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेशसभा सभापति, पोखरा महानगरसहित आइतबार बसेको बैठकले मंसिर १५ गतेसम्म क्रियाशील सदस्यता नवीकरण र मंसिर २० गतेसम्म नयाँ वितरण सक्ने निर्णय गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए...