देश

एमाले संसदीय दलको बैठक जारी
काठमाडौँ, ७ चैत (रासस) । नेकपा (एमाले)को संसदीय दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिदेखि बसिरहेको एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । सो बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान...
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुग्यो
काठमाडौँ, १४ फागुन (रासस)।पछिल्लो २४ घण्टामा तीन हजार ९४४ जनाको पिसीआर परीक्षण गर्दा ११२ मा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चारको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुगेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख...
हत्या आरोपी पक्राउ
खोटाङ, ६ चैत (रासस) । कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ । यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा यही चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र...
पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते
काठमाडौँ, ४ चैत (रासस) । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले राससलाई जानकारी दिए । महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४...
नेल्टा गण्डकीको भेला तथा अधिवेशनको तयारी अन्तिम चरणमा
पोखरा, ४ चैत । नेपाल पशु सेवा स्वास्थ्य प्राविधिक संघ (नेल्टा) गण्डकी को चैत ६ गते शुक्रबार पोखरामा हुने दोस्रो भेला तथा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रमको प्रचारप्रसार र व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको छ ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेल्टा महासचिव सुरेश श्रेष्ठले जानकारी दिए...
जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी : अस्पताल
काठमाडौँ, ४ चैत (रासस) । नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्ट सोमनाथ बाँस्तोलाले आज विज्ञप्ति जारी गरी मस्तिष्काघात भई उपचार गराइरहनुभएका जोशीको अवस्था गम्भीर रहेको जानकारी दिए । उनका अनुसार जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । केही...
ग्यासमा आगलागी, चार घाइते
सुदूरपश्चिम, ३ चैत (रासस)।कैलालीको टीकापुर नगरपालिका–१ निवासी जीवन विष्टको भान्सा घरमा खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा चार घाइते भएका छन् । ग्यास जडान गर्ने क्रममा आज भएको आगलागीबाट ३० वर्षीय निज विष्टसहित पत्नी २८ वर्षीया बबिता विष्ट, तीन वर्षीय छोरा जेनेल र सोही वडाको विजयनगर मुक्तकमैया शिविरका हरि चौधरी घाइते भएको जिल्ला प्रहरी...
काँग्रेसले राष्ट्रिय दायित्व पूरा गर्नु पर्छ – वरिष्ठ नेता पौडेल
पोखरा, ३ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले नै मुुलुकलाई नेतृत्व दिएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय दायित्व पूरा गर्न पार्टी नेतृत्व ढुलमुले अवस्थामा रहन हुँदैन उनले भने, मुलुकलाई दिशा निर्देश गर्ने गरी भूमिका खेल्नुपर्छ । वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवाको उदाशीनता रहस्यमय भएको टिप्पणी समेत गरे ।...
थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ, २ चैत (रासस) । देशभर पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३११ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कारोनाका कारण कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोना भाइरस...
भन्सार छलीका सामान बरामद
कैलाली, २ चैत (रासस) । धनगढी उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट प्रहरीले रु एक लाखभन्दा बढीका भन्सार छलीका अवैध लुगाकपडा बरामद गरेको छ । भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर चार पोका, कपडा थान एक रोल गरी अन्दाजी रु एक लाख १८ हजार...
मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ, २९ फागुन (रासस) । पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै उच्चपहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको...
आज मेघगर्जनसहित वर्षा हुने
काठमाडौँ, २७ फागुन (रासस) । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ । हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।...