देश

सरकार सकेसम्म बन्दाबन्दीको पक्षमा छैन : प्रम
काठमाडौँ, १ वैशाख (रासस) ।प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो । उहाँले सरकारले बन्दाबन्दी गर्ने धम्की...
नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस समुदायस्तरमा ह्वात्तै बढ्दै
–शरद शर्मा काठमाडौँ, ३० चैत (रासस) ।कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउनु आग्रह गरे । “पहिल्यैकै भाइरसको...
‘देशलाई निकास दिन काँग्रेस नेतृत्वमा चुनावी सरकार’
पोखरा, ३० चैत्र । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले देशलाई निकास दिन काँग्रेसको नेतृत्वमा चुनावी सरकार आवश्यक रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले संसदलाई काम नदिएर अनिर्णयको वन्दी बनाउने ओली सरकारलाई अब धेरै दिन राख्न नहुने बताए ।आगामी मंसिर वा चैत्र महिना...
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँ, ३० चैत (रासस)। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो...
गैँडा बढेको खुसियालीमा दीपप्रज्वलन
चितवन, ३० चैत (रासस) । चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका निकुञ्जमा गैँडाको सङ्ख्या बढेको खुसियालीमा सौराहामा दीपप्रज्वलन गरिएको छ । आइतबार साँझ दीपप्रज्वलन गरिएको हो । रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले गैँडा वृद्धिको खुसी साटासाट गर्दै सौराहाको गैँडाचोक र हात्तीचोकमा दीपप्रज्वलन गरेका हुन् । पर्यटन र जनताको जीविकोपार्जनसँग जोडिएको निकुञ्जको...
शान्तिको कामना गर्दै पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा
काठमाडौँ, २९ चैत (रासस) ।देशमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरी जात्रा आज बिहानदेखि शुरु भएको छ । इटापाखाबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिए । चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी...
सभापति देउवाद्वारा प्रधानाङ्ग र राईको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, २४ चैत (रासस) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानाङ्गको यही चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको थियो । सभापति देउवाले सोमबार एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले...
तुवाँलोले हवाई सेवा प्रभावित
सिमकोट, १७ फागुन (रासस) ।  हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ । तुवाँलोको...
नेता जोशीको निधनप्रति दुःख व्यक्त गर्दै कार्यक्रम स्थगित
पोखरा, १४ चैत । नेपाल आदिवासी जनजाति संघ कास्कीले आज शनिवार पोखरामा गर्न लागेको शुभकामना आदानप्रदान, नयाँ वर्ष २०७८ को क्यालेण्डर विमोचन र सम्मान कार्यक्रम स्थगित भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको संघका अध्यक्ष आश बहादुर गुरुङले जानकारी दिए । सो कार्यक्रमका लागि नेपाली काँग्रेसका...
लोक गायक स्व. प्रविण गुरुङको स्मृतिमा लुम्लेमा विविध कार्यक्रम हुने (भिडियोसहितं)
पोखरा, ११ चैत । लोक गायक स्व. प्रविण गुरुङको स्मृतिमा उनको जन्म गाउँ अन्नपूर्ण–६ लुम्लेमा हुने विविध कार्यक्रमको तयारी तीव्र पारिएको छ । आयोजक रिनी म्यु (दिदीबहिनी दाजुभाई) समाजले बुधवार पत्रकार सम्मेलन गरी चैत १७ गतेदेखि २१ गतेसम्म विविध कार्यक्रम हुने जनाएको छ । स्व.प्रविण गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको शालिकको संरक्षण र व्यवस्थापन...
सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ
कैलाली, ९ चैत (रासस) । कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए । प्रहरी निरीक्षक थापाका अनुसार २०५९÷११÷३० गते स्वारले चलाएको से१त ११४१ नंको ट्र्याक्टरबाट सोही...