देश

युनियनद्वारा सङ्क्रमित पत्रकारलाई घरमै स्वास्थ्य सेवा
इनरुवा, ३ जेठ (रासस) ।नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोना सङ्क्रमित सञ्चारकर्मीलाई घरघरमै पुगी स्वास्थ्य सेवा प्रदान गरेको छ । जिल्लाका १२ सञ्चारकर्मी सङ्क्रमित छन् । पहिलो चरणमा होमआइसोलेशनमा रहेका सात सञ्चारकर्मीका निवासमा पुगी स्वास्थ्य सेवासहित आवश्यक सामग्री प्रदान गरिएको युनियन जिल्लाका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो । इटहरी कार्यक्षेत्र बनाएर विभिन्न सञ्चारमाध्यममा कार्यरत छ...
सभापति देउवाद्वारा नेता रिजालको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, ३ जेठ (रासस) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, तत्कालीन गुल्मी क्षेत्र नं ३ का पूर्वसभापति एवं इस्मा गाउँ कार्यसमितिका पूर्वसभापति रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेता रिजालको यही जेठ १ गते भैरहवामा उपचारका क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज शोक...
आजदेखि टेलिकमको भिओएलटिई सेवा परीक्षण
काठमाडौँ, ३ जेठ (रासस) । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण शुरु गरेको छ । टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई सेवाको परीक्षण शुरु गरिएको हो । उक्त सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भिओ एलटिई सेवाको परीक्षण शुरु...
संक्रमण बढेपछि एक साताका लागि सबै सेवा बन्द
सिमकोट, ३ जेठ (रासस) ।कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्लाको अदानचुली गाउँपालिकाका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकामै परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै काम अनिश्चितकालका लागि बन्द गरिएको गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले जानकारी दिनुभयो । आइतबार गाउँपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकको निर्णयानुसार आइतबारदेखि नै लागू...
विवाह, भोज–भतेरको जमघटले सङ्क्रमण फैलियो , एउटै वडामा ७० सङ्क्रमित
–कुमार नेगी टिस्टुङ, २ जेठ (रासस)। मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थाहा–३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो सङ्ख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल सङ्क्रमित सङ्ख्या २०० रहेका छन् । नगरको एउटै वडामा ३५ प्रतिशत कोरोना सङ्क्रमित देखिनुले चुनौती...
अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ ः सभापति देउवा
काठमाडौँ, २ जेठ (रासस) ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गर्नुभएको छ । उहाँले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ । एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने...
महासंघ प्रदेश समिति अध्यक्ष शर्मालाई पितृशोक
पोखरा, २ जेठ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ । शर्माका पिता गंगाधर शर्मा चापागाईको ९० वर्षको उमेरमा शनिबार दिउँसो आफ्नै निवास नवलपुरको कावसाती ९ मा निधन भएको हो । स्वर्गीय शर्मा लामो समय देखि दमको रोगी थिए । स्वर्गीय शर्माका श्रीमती, दुई छोरा र चार छोरी छन्...
मनाइयो अक्षय तृतीया
काठमाडौँ, ३१ वैशाख (रासस) । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइएको छ । यस दिन गरेको स्नान, दान, ध्यान, जप, होमलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने...
समस्यामा परेकाका लागि पार्टी कार्यालयमा आइसोलेसन कक्ष
अमरगढी, ३१ वैशाख (रासस) । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले गठन गरेको सेवादलले पार्टी कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गरेको छ । कूल १३ शय्याको आइसोलेसन बनाइरहेको सेवा दलका सदस्य राम विष्टले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल सङ्क्रमितले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाइरहेको उहाँले बताउनुभयो । आइसोलेसन निर्माणपश्चात उक्त स्थानमा...
कोरोना परीक्षण गाउँमै
वालिङ, ३१ वैशाख (रासस) । स्याङ्जाको वालिङ नगरपालिकाले लक्षण देखिएका बिरामीको स्वाब परीक्षण तथा औषधि गाउँगाउँमै पु¥याउने गरेको छ । नगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्दै घरघरमै पुगेर लक्षण देखिएका बिरामीको स्वाबको नमूना परीक्षण तथा औषधि वितरण गरिँदै आएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नगरपालिकाभित्र द्रूत गतिमा...
 शिकारी र प्रहरीबिच गोली हानाहान
सर्लाही, ३१ वैशाख (रासस) । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छापा काट्दै गर्दा एक जनासहित तीन नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढङ्ुगानाले जानकारी दिनुभयो । चार÷पाँच...
टेलिकमको लकडाउन अफर
काठमाडौँ, ३० वैशाख (रासस) । यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लागु भएसगैँ नेपाल टेलिकमले लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ । निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै टेलिकमले उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफर शुक्रबारदेखि एक महिनाका लागि लागु हुने टेलिकमका प्रवक्ता राजेश जोशीले...