देश

एसइई परीक्षा नहुने
भक्तपुर, १८ जेठ (रासस) ।दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष एसइई परीक्षा नगर्ने निर्णय गरेको हो । एसइई परीक्षा नतिजा गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कन विधिबाट सार्वजनिक गर्ने भएको छ । कोरोना महामारीका कारण...
तीन प्रहरी निलम्बित
लहान, १७ जेठ (रासस) प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि...
नेपालमा कोरोना भाइरसविरुद्वको खोप ल्याइदै
पोखरा, १७ जेठ । नेपालमा कोरोना भाइरसविरुद्वको आठ लाख मात्रा खोप ल्याइने भएको छ । चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराउन लागेको खोप मङ्गलबार बिहान नेपाल आइपुग्ने छ । खोप लिनका लागि नेपाल बायु सेवा निगमको विमान सोमबार राति बेइजिङ् प्रस्थान गर्ने बताइएको छ ।
एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
पाँचथर, १७ जेठ (रासस) ।  पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी...
पहिरो खसेपछि २० घर उच्च जोखिममा
बाजुरा, १६ जेठ (रासस) । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पु¥याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिँचाइ कुलोमा पानीको बहाव...
सुकेटार विमानस्थल अब ‘रवीन्द्र विमानस्थल’
फुङ्लिङ, १५ जेठ (रासस) । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ मा नामकरण गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पूर्व संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीका स्मृतिमा विमानस्थलको नामकरण गरी थप विकसित गरिने उल्लेख छ । यसका लागि आवश्यक रकमसमेत विनियोजित...
कोरोना सङ्क्रमित घट्दो क्रममा
—नारायण अधिकारी चितवन, १५ जेठ (रासस) । कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो । जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । उक्त दिन ५ सय ९० जनाको कोरोना...
वडाबासीको सुरक्षा पहिलो प्राथमिकता भन्दै पोखरा ४ ले ग¥यो यस्तो निर्णय
पोखरा, १५ जेठ । पोखरा महानगरपालिका वडा नम्बर ४ ले आर्थिक वर्ष २०७८÷०७९ को बजेट कोरोना विरुद्वको खोप व्यवस्थापनका लागि खर्च गर्ने भएको छ । जेठ १३ गते वडा कार्यसमितिको बैंठकले वडामा संचालित कार्यक्रम र आयोजना आगामी वर्षमा गर्दा पनि फरक नपर्ने निष्कर्षसहित वडाको सम्पूर्ण बजेट खोपको व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको हो । कोरोना...
प्रहरी चौकीभित्रै प्रहरीमाथिआक्रमण
धरान, १४ जेठ (रासस) । हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ । स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवती फोनमा...
कोरोना देखिएपछि अस्पतालबाट भागेका सङ्क्रमित पक्राउ
डोटी, १२ जेठ (रासस) । जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका निज सङ्क्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ...
कांग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमणमुक्त
काठमाडौँ, ११ जेठ (रासस) ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहनुभएका प्रवक्ता शर्माको सोमबार गरिएको परिक्षणको आज आएको रिपोर्टमा उहाँ कोरोना सङ्क्रमणमुक्त हुनुभएको हो । प्रवक्ता शर्माले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिनुभएको हो । प्रवक्ता शर्माले कोरोना लागेपनि...
सुतिरहेका बेला हात्तीको आक्रमण,आमाछोरीको मृत्यु
बर्दिया, ११ जेठ (रासस) । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिनुभयो । गर्मीले गर्दा घरबाहिर आँगनमा...