देश

माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त
काठमाडौँ, ११ असार(रासस) । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४ स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले)मा प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको हो । निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचनानुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट विस २०७४ को स्थानीय...
एटिएम मेसिन तोडफोड गर्ने पक्राउ
कञ्चनपुर, ११ असार (रासस)। भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् । बुधबार...
मोटरसाइकल जलाउने दुई पक्राउ
रामेछाप, १० असार (रासस) । खाँडादेवी गाउँपालिका–३ आपचौरमा रोकिराखेको मोटरसाइकलमाथि आगजनी र तोडफोड गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । यही असार ८ गते मध्यरातमा सडकमा रोकिराखेको बा १९ प ७१ नम्बरको मोटरसाइकलमा आगजनी गर्ने र प्रदेश ३–०२–०१३ प १३ नम्बरको मोटरसाइकल तोडफोड गर्नेलाई गए राति पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी...
भिरबाट लडेर वडा सदस्यको मृत्यु
जाजरकोट, ९ असार (रासस) । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ । भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उहाँ लडेर घाइते हुनुभएको थियो । घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका...
चार वर्षपछि गाउँमा बिजुली
सिमकोट, ८ असार (रासस) । हुम्ला जिल्लाको मध्यक्षेत्रमा रहेको चङ्खेली गाउँपालिकाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली बलेको छ । वडा नं ६ स्थित मेलछाम गाउँमा बत्ती बलेर उज्यालो देख्न पाउँदा यहाँका स्थानीयवासी खुसी भएका छन् । चार वर्षअघि शुरु भएको खापरखोला लघुजलविद्युत् आयोजना सम्पन्न भएर शनिबारदेखि वडा नं ६ का सबै नागरिकले बाल्न पाएको स्थानीयवासी...
कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु
चितवन, ७ असार (रासस) ।नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल शुरु भएको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् । जिल्ला सभापतिमा मात्रै हालसम्म आठ जनाले उम्मेदवार हुने जनाएका छन् । यो सङ्ख्या घटबढ हुनसक्ने बताइएको छ । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफ्नो...
हेलम्बोमा जब कालो बादल मडारिन्छ …
 शरद् शर्मा हेलम्बु, ५ असार (रासस) । हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प¥यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ््न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उहाँको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के...
पहिराले डोजर पुरिँदा दुई बेपत्ता
धादिङ, ५ असार (रासस) । जिल्लाको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिराले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन् । धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा खोलामा डोजर पहिराले पुरेर मान्छे बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी...
विपद् जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह
काठमाडौँ, ५ असार (रासस) । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पु¥याउनु पर्ने बताउनुभएको छ । मनसुनको शुरुआत्सँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल...
विषादीयुक्त आँप बिक्री
उदयपुर, ४ असार (रासस) । जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँपहरु बिक्री गरिरहेका छन् । गाईघाट बजारको मुख्य स्थान तथा चोकहरुमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म यस्ता विषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपहरु खुलेआम बिक्री भइरहेको गाईघाटका वासिन्दाले बताएका छन् । बिषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपले उपभोक्ताको...
बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा
गलकोट, ४ असार (रासस) । निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बाढी पहिरोका कारण...
बाढीमा दुई चिनियाँ र एक भारतीयको मृत्यु
सिन्धुपाल्चोक, ३ असार (रासस) । सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा तीन विदेशीको मृत्यु भएको छ । हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको हो । बाढीले बगाएका १३ जना अझै बेपत्ता...