देश

कोरोना निको हुने दर ९३ प्रतिशत
काठमाडौँ, १७ असार (रासस) । पछिल्लो २४ घण्टामा थप दुई हजार ७६० जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा सात हजार १३० जनाको पिसिआर तथा तीन हजार ८५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ८५७ र ९०३ जनामा कोरोना पुष्टि भएको हो । सोही अबधिमा देशभर...
नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन, १७ असार (रासस) । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो आज राति २ः१० बजे...
बाढीपहिरामा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने
काठमाडौँ, १६ असार (रासस) । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट रु २५ हजार सहयोग गर्ने जानकारी दिएको हो । समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर...
असार १७ देखि यसरी हुन्छ उडान
काठमाडौँ, १४ असार (रासस) । त्रिभुवन अन्तरराष्ट्रिय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ । विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमताअनुसार भीडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञा अघि सञ्चालन गरेको उडान सङ्ख्याका आधार १० मिनेटको...
९४ परिवार पहिरोले विस्थापित
मार्तडी, १४ असार (रासस) । असारको शुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती जोखिममा रहेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका सयौँ बस्ती उच्च जोखिममा परेका छन् । जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार गाउँभन्दा तलपट्टिको...
गैँडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा
नवलपुर, १४ असार (रासस) । चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ का ३० वर्षीय...
काँग्रेसमा वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउन माग
काठमाडौँ, १३ असार (रासस) । नेपाली काँग्रेसका नेताहरुले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताउनुभएको छ । लोकतान्त्रिक सचेतना अभियानले आज यहाँ आयोजना गरेको ‘१४ औँ महाधिवेशनमा महिला तथा युवा नेतृत्व, सम्भावना र चुनौती’ विषयक भर्चुअल अन्तक्र्रियामा नेताहरुले वडा तहदेखि नै महिला र युवाको सहभागिता बढाउनुपर्ने बताउनुभएको हो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुजाता...
मुक्तिकोटमा चरम खाद्यान्न सङ्कट
प्रेम रौले मार्तडी,१३ असार (रासस) । स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा खाद्यान्न सङ्कट देखिएको छ । लामो समयसम्म खडेरी तथा कोरोना कहरले सो गाउँमा चरम खाद्यन्न समस्या देखिएको हो । स्थानीयवासी बलबहादुर वि।कले गाउँमा खाद्यन्न सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो गाउँमा करिव चारसय दलित परिवार बसोबास गर्दछन् । उहाँले भन्नुभयो “ लकडाउनले दैनिक ज्यालामजदुरी...
सत्ती पुल कटान हुँदा हजारौँको सम्पर्क टुट्यो
 दुर्गा देवकोटा टीकापुर, १३ असार (रासस) । कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजाराँै नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब कटान हुँदा सुदूरपश्चिम र लुम्बीनी प्रदेश जोड्ने यो...
खोलाले बगाउँदा एक महिला बेपत्ता
तुलसीपर, १२ असार (रासस) । दाङको पत्रेखोलाले बगाउँदा एक महिला आज दिउँसोदेखि बेपत्ता भएकी छिन् । पत्रेखोला तर्ने क्रममा बेपत्ता भएकी उनी घोराही ११ निवासी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोही–११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका...
अध्ययन प्रतिष्ठान भक्तपुर बनाउने निर्णयमा कांग्रेसको आपत्ति
चितवन, १२ असार(रासस) । यहाँ रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छाडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेको प्रति नेपाली कांग्रेस चितवनले आपत्ती जनाएको छ । सभापति जीतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाई यहाँको बिपी क्यान्सर अस्पताललाई त्यसको मातहतमा राख्ने निर्णयप्रति आपत्ति रहेको जनाइएको छ । आफ्नै...
प्राधिकरणले ग¥यो विपद्को पूर्व तयारी
ज्ञानेन्द्र न्यौपाने रसुवा, १२ असार ( रासस ) । बाढी पहिराका कारण हुने विद्युत् प्रसारणको अवरोध तत्काल नियमित गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक जनशक्तिसहित विपद् पूर्व तयारी गरेको छ । स्याफ्रुबेँसीदेखि रसुवागढी क्षेत्रकोे सडक मार्ग अन्तरगत प्रायःजसो स्थानमा पहिरो जाँदा विद्युतको खम्वा ढल्ने र तार चुँडीने समस्या बढेपछि अन्तर्राष्ट्रिय सीमा रसुवागढीनाका क्षेत्रमा बत्तीको तत्काल आपुर्ति...