देश

निःशुल्क महाप्रस्थान यान सञ्चालनमा
कैलाली, २५ असार (रासस) । कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले रु ३० लाखको लागतमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउनुभएको छ । निःशुल्करुपमा सञ्चालनको जिम्मेवारी पाउनुभएका धनगढीका सामाजिक अगुवा शिद्धराज पनेरुलाई आज उक्त यानको चाबी हस्तान्तरण गरिएको छ । धनगढीमा मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजानका लागि महाप्रस्थान यानको नाम...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न माग
काठमाडौँ, २५ असार (रासस) । नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले समाधानको खासै पहल नगरेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत कोभिड–१९ महामारीका बेलामा पनि स्वास्थ्य प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा...
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
चितवन, २५ असार (रासस) भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक...
महिलालाई कम्बोडिया पु¥याएर बिक्री
काठमाडौँ, २४ असार (रासस) । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पु¥याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ । उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टाबाट भारतको...
देशभर मनसुनी वायुको प्रभाव
काठमाडौँ, २४ असार (रासस) । देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं...
चौध लाख नगद र विभिन्न बैंकको चेकसहित २८ जुवाडे पक्राउ
काठमाडौँ, २३ असार (रासस) । नेपाल प्रहरीले रु १४ लाख ५९ हजार ९०० नगद र रु एक लाख ८० हजारको चेकसहित २८ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा ठूलो हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।...
महुली खोलाले बगाउँदा युवतीको मृत्यु
राजविराज, २२ असार (रासस) :सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ । आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा महुली खोलामा आएको बाढीले महाकुमारीलाई...
जीप दुर्घटना, तीनको मृत्यु, ११ घाइते
बैतडी, २० असार (रासस) । सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्युहुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही बर्षका मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामी रहेका छन् । उनीहरु...
पहिराले ट्रक पुरिँदा दुईको मृत्यु, घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु
धादिङ, १९ असार ९रासस । अविरल वर्षापछि आएको पहिरामा ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नं १० मा खसेको पहिराले चारवटा सवारी साधनमा क्षति पुगेको छ । पहिराले क्षति पुर्याएको चारमध्ये ना ८ ख ४५४०ट्रक र ना ७ ख ३२० नम्बरको कण्टेनरको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय...
बाढी, पहिरो र डुबानमा परी ३४ को मृत्यु
काठमाडौँ, १८ असार (रासस) । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ३४ जनाको मृत्यु भएको छ । अन्य २४ बेपत्ता रहेका र ४४ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा १९ पुरुष, नौ महिला र छ बालबालिका रहेका छन् । ती...
नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
चितवन, १८ असार (रासस) ।  नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ः३० बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि...
बढी भाडा लिने चालक पक्राउ
काठमाडौँ, १७ असार (रासस) । ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानको अनुगमन गरी यात्रुसँग बढी भाडा लिएर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकट काउण्टरका कर्मचारी र निजी सवारी साधनका चालकहरु रहेका छन् । निषेधाज्ञा खुकुलो भएपछि शुरु भएको अनुगमनका क्रममा ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रहरीको सम्बन्धित...