देश

मन्दिरको सुन चोरी गर्ने र खरिद गर्ने पक्राउ
बैतडी, १२ साउन (रासस) । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३...
भेटियो ओढारमा २२ नाल भरुवा बन्दुक
गलकोट, ११ साउन (रासस) । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा...
कोभिड पीडितका सेवामा जुटेका उदाहरणीय युवा
सुशीला रेग्मी रामपुर (पाल्पा), १० साउन (रासस) । रामपुर अस्पतालको आइसोलेशनका श्ययामा बिरामीे छटपटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका खोजीमा भौतारिँदै छन् । आफन्तले बिरामीलाई खाना जुटाउन सकेनन् । यो दृश्यलाई नियाल्दै थिए रामपुरका युवा सुन्दर कँडेल । उहाँ अस्पतालमा कोभिडका बिरामीलाई आइसोलेशनमा राखेर उपचार शुरु गर्न थालेको खबर सुनेपछि त्यहाँको अवस्था बुझ्न अस्पताल...
कांग्रेसको वडा अधिवेशन स्थगित, मिति तोकिएन
काठमाडौँ, ९ साउन (रासस) ।नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले यही साउन १२ गते निर्धारित गाउँ नगर वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यही साउन १२ गते क्रियाशील सदस्यता छानविन समितिका संयोेजक...
कांग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी
काठमाडौँ, ८ साउन (रासस)। नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी...
पहिरो जाँदा यातायात सेवा अवरुद्ध
मकवानपुर, ८ साउन (रासस) ।मदन भण्डारी राजमार्गको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ । पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरेकाले त्यसलाई पन्छाउन सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपराह्नसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्र्ने प्रयास भइरहेको सिस्नेरी प्रहरीचौकीले जनाएको...
पौडी खेल्दा हिमालको मृत्यु
पोखरा, ७ साउन । पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । नवलपरासी(पूर्व) विनयी त्रिवेणी गाउँपालिका–५ चुकाहाका १६ वर्षीय हिमाल लम्काहा मगरको मृत्यु भएको हो । सिंचाई गर्नको लागि बाँधिएको भैंसे सिंचाई बाँधमा पौडी खेल्ने क्रममा डुबेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बँदेलबाट मकै बचाउन रातभरि जाग्राम
कर्णाली, ७ साउन (रासस) । बँदेलले मकै सखाप पार्न थालेपछि सुर्खेतका किसान रातभरि बारीमै जाग्राम बस्न थालेका छन् । वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेतका किसान समूह बनाएर मकै बचाउन राति बारीमै जाग्राम बस्न थालेका हुन् । वैशाख अन्तिमतिर रोपेको मकैले घोगा हाल्ने समयमै बँदेल लागेपछि त्यसलाई जोगाउन बारीमै जाग्राम बस्न थालिएको स्थानीयवासी रुद्र पौडेलले जानकारी दिनुभयो ।...
पार्टीलाई केन्द्र बिन्दुमा राखेर काम गरौं – शर्मा
पोखरा, ६ साउन । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पार्टीलाई केन्द्र बिन्दुमा राखेर सबैले काम गर्नुपर्ने बताउनु भएको छ । ३९ औं वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीले आज भलाममा आयोजना गरेको वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो । उहाँले प्रजातन्त्रमा मात्रै सबैको आदर र सम्मान...
आज सार्वजनिक विदा
पोखरा, ६ साउन । सरकारले साउन ६ गते बुधबार सार्वजनिक विदा दिने भएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको मनाउँने बक्र इद(इद उल अजहा) को अवसरमा विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को साउन ४ गतेको बैठकले विदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालयका सहसचिव÷प्रवक्ता जनकराज दाहालले  सूचना प्रकाशित गरी सबै सरकारी कार्यालयहरु, निकायहरु, विदेशस्थित...
कोरोना सङ्क्रमण बढ्दै, थप २५ को मृत्यु
काठमाडौँ, ५ साउन (रासस) । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार १०८ पुगेको छ । सोमबार सङ्क्रमितको सङ्ख्या दुई हजार ४४५ थियो भने आइतबार सो सङ्ख्या एक हजार ८०१ रहेको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख २१ हजार दुई पुगेको छ...
काँग्रेस महाधिवेशनमा यसरी पनि हुन सक्छ मतदान
काठमाडौँ, ५ साउन (रासस) । नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो । यस प्रविधिमार्फत सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र...