देश

नेपालसहितका नेता निर्वाचन आयोगमा
काठमाडौँ, ९ भदौ (रासस)। माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएको छ । नेता नेपालसहितका उहाँका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोग पुग्नुभएको हो । यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन गर्नुभएको थियो । आयोगले आवेदन गरेका सबैलाई सनाखतका...
सङ्क्रमण फैलन नदिन पुनः एकसाता निषेधाज्ञा
कर्णाली, ८ भदौ (रासस) । जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थपको सूचना गरेको छ । कोरोना भाइरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला...
गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ
चितवन, ८ भदौ (रासस) । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् । निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय...
एकै परिवारका तीनले गरे आत्महत्या
झापा, ७ भदौ (रासस) । कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले...
पोखराबाट सिमरा सिधा उडान सञ्चालन गरिने
काठमाडौँ, ६ भदौ (रासस) । प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले राजधानी काठमाडौँबाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ । पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको सिधा उडान गर्ने भएको हो । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन) बाट...
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त
काठमाडौँ, ५ भदौ (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले उहाँलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भानु देउवा यसअघि पनि उहाँको प्रमुख स्वकीय सचिव रहिसक्नुभएको छ । प्रधानमन्त्री देउवा गत असार २९ गते मुलुकको पाँचाँैपटक प्रधानमन्त्री हुनुभएको...
पहिराले दुई घर बगायो, १० घर उच्च जोखिममा
बैतडी, ४ भदौ (रासस) । लगातारको वर्षाका कारण पहिराले बैतडीमा दुई घर बगाएको छ । बिहीबार राति खसेको पहिराले पाटन नगरपालिका–१० का हर्कबहादुर कुँवर र हिक्मत कुँवरको घर बगाएको हो । पहिराले एक लाख ५० हजार बराबरको नगद र खाद्यान्नमा क्षति पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । रातिको समयमा पहिरो...
प्रहरीले ग¥यो आत्महत्या प्रयास गर्ने छ जनाको उद्धार
इनरुवा, ४ भदौ (रासस) । सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई...
करेन्ट लागेर तीन जनाको मृत्यु
पोखरा, ३ भदौं । सिन्धुलीको कमलामाई नगरपालिका(१४ तल्लो रानिबास बस्ने ४५ वर्षीय काले माझीको करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने भतिज हंकु माझीको घर ढलान गर्ने क्रममा विद्युतीय भाईब्रेशन मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते माझीको शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । उता लहान नगरपालिका १ मटियर्वा बस्ने ८५ वर्षीया...
सार्वजनिक बिदा
कर्णाली, ३ भदौ (रासस) । कर्णाली प्रदेश सरकारले यही भदौ ४ गते अर्थात् शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिन लागेको हो । प्रदेश सरकारको विसं २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा भदौ ४ गते प्रदेशस्थित सबै...
एमाले र जसपाको विभाजनसँगै नयाँ दुई राजनीतिक दल दर्ता
काठमाडौँ, २ भदौ (रासस) । नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिकरूपमा विभाजन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता गर्नुभएसँगै नेकपा एमालेको औपचारिकरूपमा विभाजन पुष्टि भएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका निम्ति आयोगमा निवेदन दर्ता...
बाढीले बगायो तीन घर
सिन्धुपाल्चोक, २ भदौ (रासस) । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिनुभयो । उहाँले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको े जानकारी दिनुभयो । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको...