देश

सर्पले डस्दा दिदीभाइको मृत्यु
राजविराज, ६ असोज (रासस) । सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् । घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी...
विनियोजन विधेयक, २०७८ पारित
काठमाडौँ, ४ असोज (रासस) । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक पारित गरिएको छ । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदले नाराबाजी...
‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै
गोरखा, ३ असोज (रासस) ः पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । गाउँपालिकामा स्क्रब टाइफसका २५ जना सङ्क्रमित भेटिएका छन् । गाउँपालिकाभित्रका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामी भेटिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विजय...
छाप्रामै थलिए राउटे
कर्णाली, ३ असोज (रासस)  चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उहाँलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ । अरुको साहारा बिना उठबस गर्न सक्नुहुन्न । फिरन्ते राउटे समुदाय पहिले...
रुपन्देहीको मोतीपुरमा निषेधाज्ञा
रुपन्देही, २९ भदौ (रासस) ।रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सो क्षेत्रमा सुकुम्वासीका नाममा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर धमाधम संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको हो । कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र...
बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते
दयाराम आचार्य कावासोती, २९ भदौ (रासस) ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो ।...
स¥यो कांग्रेसको अधिवेशन कार्यतालिका
काठमाडौँ, २५ भदौ (रासस) । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ । यही भदौ १८ गते निर्धारण गरिएको गाउँ/नगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि अधिवेशन कार्यतालिका संशोधन गरिएको हो । पार्टीका क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका सबै ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको...
कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्री पदमा उम्मेद्वारी घोषणा
काठमाडौँ, २४ भदौ (रासस) । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । कांगे्रसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा तत्कालीन सुन्दरीजल बन्दीगृहमा आज आयोजित विशेष कार्यक्रममा उहाँले बीपीको सपना पूरा गर्न महामन्त्री पदमा उम्मेद्वारी दिन लागेको बताउनुभयो । “१५ वर्षभित्र सबै नेपालीलाई...
अदालतबाट भागेका थुनुवा पक्राउ
काभ्रेपलाञ्चोक, २३ भदौ (रासस) । दुई हप्ताअघि वकपत्रका लागि जिल्ला अदालत धुलिखेल लैजाँदा प्रहरीलाई झुक्याएर परिसरबाटै भागेका थुनुवालाई पक्राउ गरिएको छ । चोरी, डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार धुुलिखेलमा रहेका खानीखोला गाउँपालिका–६ का सुनिल वाइवालाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही भदौ ९ गते अदालत परिसरबाट भागेका थुनुवा वाइवा काभ्रेपलाञ्चोक र...
पितृप्रतिको श्रद्धा भक्तिलाई रोकेन कोरोनाले
पूर्णप्रसाद मिश्र गोकर्णेश्वर (काठमाडौँ), २२ भदौ (रासस) । भगवान् शिव र पार्वतीबीच केही विषयमा विवाद भएपछि मृगरुप लिई शिव भगवान् पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहनुभयो । एकाएक देवादिदेव महादेव गायब भएपछि देवताहरुमा खलबल भयो । शिव भगवान्को खोजी शुरु भयो । महादेव मृगस्थलीमा मृगको रुपमा विचरण गरेको देवताहरुले थाहा पाएपछि खोजीमा ब्रह्मा, विष्णु र इन्द्र निस्कनुभयो...
कांग्रेस संसदीय दलको बैठक मङ्गलबार
काठमाडौँ, २१ भदौ (रासस) । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश, बजेटलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।
पहिरामा तीनको मृत्यु
जाजरकोट, २१ भदौ (रासस) । रोल्पामा पहिराबाट घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गए राति पूर्णबहादुर थापाको घर पहिराबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीेले जानकारी दिनुभयो । पहिरामा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार...