देश

चिसो बढेपछि विद्यालय बन्द
राँझा, २२ पुस (रासस) । चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अध्ययन गर्ने प्राथमिक तहमा बिदा दिएको शिक्षा विकास तथा...
आगलागीमा तीन घर जले
पाँचथर, २२ पुस (रासस) । फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् । आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिनुभयो । आगलागी नियन्त्रणका लागि...
कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ गते हुने
काठमाडौँ, २१ (रासस) । नेपाली कांग्रेसले यसअघि निर्धारित १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गतेका लागि तोकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारेको जनाएको छ । समितिको आज बसेको बैठकले कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका...
चिसोका कारण दुई जनाको मृत्यु
जनकपुर, २१ पुस (रासस) । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला...
हिमपहिरामा पुरिएका छन्त्याल अझै फेला परेनन्
गलेश्वर, २० पुस (रासस) । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरामा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् । जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण गत बिहीबार दिउँसो हिउँपहिरामा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन नसकेको हो । “खोजीकार्य जारी छ, हिउँ नपग्लिएकाले बेपत्ता भएको स्थानमा खोज्न...
हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने
ताप्लेजुङ, १७ पुस (रासस) । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिनुभयो । अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ...
पुनः वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, पुस १६ (रासस) ।आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य...
चिसो बढेपछि शैक्षिक संस्था बन्द गर्न आह्वान
रुपन्देही, १४ पुस (रासस) । वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले शैक्षिक संस्था बन्द गर्न आह्वान गरेको छ । उपमहानगरपालिकाले आज सूचना प्रकाशित गरी पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गइरहेका कारण विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै दुई दिनका लागि विद्यालय बन्द गर्न शैक्षिक संस्थालाई अनुरोध गरेको छ । विद्यालयले दिने वर्षे÷हिउँदे बिदाबाट...
आफ्नै भवन बनाउँदै बागलुङ कांग्रेस
गलकोट, १२ पुस (रासस) । नेपाली कांग्रेस बागलुङको नवनिर्वाचित कार्य समितिले आफ्नै पार्टी कार्यालय भवन बनाउने भएकोे छ । यसका लागि कार्यसमितिले आर्थिक सङ्कलन अभियान सुरुआत समेत गरेको छ । पहिलो चरणमा कार्य समितिभित्रबाटै आर्थिक सङ्कलन अभियान समेत सुरु भएको छ । हालसम्म रु सात लाख ६२ हजार १५१ सङ्कलन भएको जनाइएको छ । सुरुआती...
स्रोत नखुलेको रु १६ लाखसहित भारतीय नागरिक पक्राउ
बागमती, ११ पुस (रासस) । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा भारतको विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत बेदर्वा– ५ बस्ने ३० वर्षीय रङ्गदेश कुशवाहालाई...
गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने
काठमाडौँ, ११ पुस (रासस) । गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेख्नुभएको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ । विसं २०२२ मै प्रकाशन भएको ‘छोटकरी रामायण’ पहिलो संस्करण सकिएपछि थापाका नाति विजयकुमार थापाले दोस्रो...
सामाजिक सुरक्षाभत्ता लिन सास्ती
जलेश्वर, ८ पुस (रासस) । महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्ति बैंकको लापरवाहीका कारण सास्ती भोग्न बाध्य भएका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा एकल महिला भत्ता, बालबालिकालाई पोषणभत्ता, अपाङ्गता भएकालाई अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता बैंकमार्फत दिन थालिएको छ ।...