देश

आजको मौसम
काठमाडौँ, ७ भदौ (रासस) ःआज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै भू–भागमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले...
राजपुतले अनशन तोडिन
काठमाडौँ, ६ भदौ (रासस) ःआफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनीले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको...
छ वर्षपछि ताला फोडियो
खोटाङ, ५ भदौ (रासस):महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र...
रुघाखोकी र ज्वरोको प्रकोप
टीकापुर, २ भदौ (रासस) :कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ । टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्रका अन्य स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी उल्लेख्य बढेका छन् । टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो । बच्चालाई निको हुन छ...
कास्कीकोटमा दहीको होलीको तयारी
पोखरा, १ भदौं । श्रीकृष्ण जन्माष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको हाली खेलीने भएको छ । यही भाद्र ४ गते शनिवार श्रीकृष्ण रथ यात्रा तथा दही जात्राको आयोजना गरेको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिले जनाएको छ । गत वर्षहरुमा कोरोना कहरका कारण रोकिएको दही जात्रा यसपटक विभिन्न सांस्कृतिक झाँकी बाजागाजासहित जात्रा गरिने समितीका सचिव...
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा…
– नारायण न्यौपाने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही साउन १९ गते उक्त मितिमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो । मिति घोषणासँगै राजनीतिक वृत्तमा निर्वाचनका बारे उठेका विभिन्न खाले जिज्ञासा र अड्कलबाजी स्वतः हटेको छ । नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा...
प्रहरी र स्थानीयवासीका बीचमा झडप ः आठ प्रहरी घाइते
रसुवा, ३० साउन (साउन) ःउत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् ।...
पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु
कर्णाली, २९ साउन (रासस)ःडोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३स्थित जिउभन्ने स्थानमा एक स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ । आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका १९ बाँके राझा मोहोनपुर निवासी...
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
बैतडी, २८ साउन (रासस)ःमहाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई...
मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व
काठमाडौँ, २७ साउन (रासस) ःश्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत–जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई ‘श्रावणी’ स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले...
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
– रमेश लम्साल काठमाडौँ, २६ साउन (रासस) ः आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होला ? बैतडीको ढुङ्गाड क्षेत्रका बासिन्दालाई सोध्यो भने थाहा हुन्छ । विकास र समृद्धिको सपनामा झण्डै ४० वर्षदेखि पश्चिम सेतीको बहाव हेर्दै बसेका त्यस क्षेत्रका नागरिक यतिखेर खुसी छन् । अब आयोजना बन्ला भन्ने आशा उनीहरुमा पलाएको छ...
घरायसी विवादमा श्रीमान्को मृत्यु, श्रीमती पक्राउ
चितवन, २५ साउन (रासस) :पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो । उहाँका अनुसार घरायसी झगडा...