देश

सोंथर बेँसी टारी बजार मेला – २०७९ को तयारी तिव्र
पोखरा, २५ माघ । सोंथर बेँसी टारी बजार मेला – २०७९ को तयारी तिव्र पारिएको छ । ‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवद्र्वन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला गर्न लागेको हो । मेला फागुन १ देखि ३ गतेसम्म चल्नेछ । मेला करिब पाँच हजार जनाले अवलोकन गर्ने अपेक्षा...
तीन विधामा अन्तर्दृष्टि पुरस्कार वितरण
काठमाडांै, १३ माघं । वसन्तपञ्चमीको अवसरमा ०७९ सालको अन्तर्दृष्टि पुरस्कार वितरण गरिएको छ । काठमाडौंको पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले पुरस्कार हस्तान्तरण गर्नुभयो । अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेका अनुसार अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, अन्तर्दृष्टि हातेमालो पुरस्कार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार गरी तीन विधामा पुरस्कार वितरण...
लुटपाटमा संलग्न समूह पक्राउ
पोखरा, ५ माघ । प्रहरीले लुटपाटमा संलग्न ६ जनाको समूहलाई पक्राउ गरेको छ । प्रहरीले सीआईडी हौं भन्दै लुटपाटमा संलग्नलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार,जनकपुरधामका दीपक राउत,बर्दिबासका निरज शाह सोनार,गुड्डु भन्ने पप्पु शाह, सन्दीप लामा,सनम मगर,शैलेन्द्र राउतलाई महोत्तरीबाट पक्राउ गरेको हो । सो समूहले गत पुस २८ गते सर्लाही हरिवनका राहुल महतोलाई नियन्त्रणमा लिएर...
आज माघे संक्रान्ति
पोखरा, १ माघ । आज देशभर माघे संक्रान्ति पर्व मनाइँदैछ । यसदिन बिहानै जलाशयमा स्नान गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ । संक्रान्तिको दिन तरुल, सखरखण्ड, पिँडालु, वनतरुल, घ्यू, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ । आजकै दिन उत्तरायण प्रारम्भ हुने भएकाले दिनभन्दा रात छोटा हुनेछन् । माघे संक्रान्तिको अवसरमा पोखरामा पनि...
पोखरा विश्वविद्यालयका गतिविधिप्रति कास्की काँग्रेसको ध्यानाकर्षण
पोखरा, २९ पुस । नेपाली काँग्रेस कास्कीले पोखरा विश्वविद्यालयमा पछिल्लो समय विश्वविद्यालय प्रशासन र विद्यार्थी बीच भैरहेका गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विद्यार्थीका जायज माग पूरा गरी विद्यार्थीलाई उत्साहित बनाउँदै शैक्षिक वातावरण निर्माण गर्नुपर्ने अवस्था सबैपक्षबाट महसुस भएकाले विश्वविद्यालय प्रशासन गम्भिर बन्नुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ । कास्की काँग्रेसका सभापति किशोरदत्त बरालद्वारा हस्ताक्षरित शुक्रबार...
उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दामा के भयो निर्णय ?
पोखरा, २२ पुस । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्वको मुद्वामा अन्तरिम आदेश नदिने भएको छ । नागरिकता र राहदानी विवाद सम्वन्धी मुद्दाको आज सुनुवाइ गर्दै सर्वाेच्चले त्यस्तो निर्णय गरेको हो। उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दा र सर्वाेच्चले गर्ने निर्णयलाई निकै चासोका रुपमा हेरिएको थियो । यद्यपी मुद्दा विराचाधिन अवस्थामा रहने छ...
प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते
पोखरा, १२ पुस। प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते हुने भएको छ। मङ्सिर ४ गते भएको निर्वाचनपछि अधिवेशन हुन लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजे अधिवेशन आह्वान गर्नुभएको हो। अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुनेछ।
अबको प्रधानमन्त्री को ?
पोखरा, १० पुस । नेपालमा अबको प्रधानमन्त्री को बन्ला यतिबेला सबैको ध्यान त्यसविषयमा केन्द्रीत बनेको छ । प्रधानमन्त्री तय गर्नका लागि राजनीतिक दलहरु एकपक्षिय तथा दुई पक्षिय छलफलमा व्यस्त रहेपनि कुनै निष्कर्ष आउन सकेको छैन । सरकार गठनका लागि बहुमतसहित दावी गर्न राष्ट्रपतिले दिएको समससिमा आज पाँच बजे सकिदै छ । पाँद दलीय गठबन्धनको तर्फबाट...
न्यून चापीय प्रणालीको प्रभावः वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ३ पुस (रासस) ःन्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा प्रदेश नं...
धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि
–झलनाथ खनाल भजनी, २९ मङ्सिर (रासस) : कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुग्नुभएको थियो । सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुग्नुभएको हो । धान बिक्रीका लागि आउनुभएका...
मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण गरिँदै
काठमाडौँ, २३ मङ्सिर (रासस) : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा...