देश

तस्करी
६० किलो सुन ल्याउनेले पहिला नै ३०२ किलो सुन तस्करी गरेको देखियो: सीआईबी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यो तस्करीमा संलग्न रहेकाहरूले ३६२ किलो सुन तस्करी गरेको खुलेको  सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिइन्। ‘त्यो दिन बरामद भएको ६० किलोबाहेक रेडीलिंक कम्पनीको नाममा अरू ३०२ किलो सुन पनि तस्करी भएको देखियो,’ उनले...
घुस
घुस लिँदा लिँदै प्रधानाध्यापक पक्राउ
बर्दियाको एक बिद्यालयकी प्रधानाध्यापक घुस रकम सहित पक्राउ परेकी छन‍्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजापुर नगरपालिका वडा नम्वर ७, भिस्मापुरस्थित सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। प्रअले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको बताइन्छ । अख्तियारलाई प्राप्त सूचनाको आधारमा, त्यस क्षेत्रमा खटिएको...
बिपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरुप प्राप्त
काठमाडौ । इजरायलले राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको दुर्लभ भाषण, उपहार स्वरूप प्रदान गरेको छ। इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपतिलाई भेटेर बिपीको दुर्लभ भाषण उपहार स्वरूप हस्तान्तरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध...
सुन तस्करी
६१ किलो सुन तस्करी प्रकरणबारे प्रहरी अनुसन्धान प्रतिवेदन तयार
काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने छ । लामो समयको अनुसन्धान सकेर सीआईबीले राय सहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको हो । राय सहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य मंगलबार साँझसम्म सकिएकाले बुझाउने तय भएको सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त...
हार्दिक श्रद्धाञ्जली
संबिधान सभा अध्यक्ष नेम्वाङको निधनमा सरकारले राजकीय सम्मान दिने
संबिधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनमा सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको निधन लगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले संबिधान निमार्ण प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राजकीय सम्मान दिने निर्णय गरेको हो । संघिय संसदमा शोक व्यक्त गरिने यस्तै प्रतिनिधि सभाले...
ढाकाकुमारले खुलासा गरे रास्वपाको ‘कोर टिम’, ३ करोड माग्ने रबि निकटकै थापा (भिडिओ)
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्काशित भएका ढाकाकुमार श्रेष्ठले कोर टिमको खुलासा गरेका छन् । उनले पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामार्फत मन्त्री बनाउनका लागि तीन करोड मागिएको खुलासा गरेका हुन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कोर टिमको खुलास गरेका हुन् । मोहनजंग थापा पार्टी सभापति रवि लामिछानेकै घरमा...
बिपी जयन्ति
बिपीको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै सान्दर्भिक
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बताएका छन् । कांग्रेसले बिपीको ११०औँ जन्मदिनको अवसरमा आइतबारदेखि सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’ को दोस्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’ विषयमा छलफल भएको थियो । सो विषयमा मन्तव्य...
प्रधानमन्त्री भ्रमणमा निस्कुन अघिको भेटवार्ता
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीन भ्रमणमा निस्कनुअघि बिभिन्न भेटघाटलाई जारी राखेका छन् । यसैबीच प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वर्तमान राजनीतिक छलफल गर्न भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच छलफल भएको हो। देउवा र दाहालका बीच अमेरिका भ्रमण र चीन भ्रमणका एजेण्डाका विषयमा छलफल भएको छ। प्रधानमन्त्री दाहालले...
मुलुकमा फेरि हिंसा रहित युद्धको आवश्यकता छ-प्रधानमन्त्री दाहाल
विराटनगर । १० बर्ष लामो युद्ध गरी शान्ति प्रकृया मार्फत मुलधारको राजनीतिमा आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो पटक हिंसारहित युद्धको आवश्यकता औंल्याउँदै आएका छन् । पछिल्ला दिनहरुमा पटक पटक उनले फेरी युद्धको आवश्यकता रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले माजवादी मोर्चाको विराटनगरमा आयोजित कार्यक्रममा लाखौं जनता सडकमा उतार्ने उद्घोष गरेका हुन । उनले हिंसारहित...
कांग्रेस पार्टी कार्यलयमा बिपी महोत्सव जारी
नेपाली कांग्रेस केन्द्रीय समितिले बिपी कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा बिपी साहित्य महोत्सव सुरु गरेको छ। तीन दिन सम्म चल्ने महोत्सवको आइतबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। बिपी महोत्सवमा नेपाली कांग्रेसका नेता कार्यकर्ता देशभरबाट उपस्थित भएका छन् । कांग्रेसले यस महोत्सवले बिपीको विचारका बारेमा नयाँ पुस्ताले समेत जान्ने अवसर मिल्ने बताएको छ । आइतवार...
प्रचण्ड अराजक भइसके, अब सरकारको नेतृत्व देउवाले गर्नुपर्छः शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सम्मिलित प्रचण्ड नेतृत्वको सरकार अराजक भएको बताएका छन् । डा.कोइरालाले नेपाल आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक तथा कूटनीतिक सबै क्षेत्रमा संकटको डिलमा पुगेको भन्दै अब कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलनलाई शनिवार भरतपुरमा सम्बोधन गर्दै डा.कोइरालाले कांग्रेसका ९ जना मन्त्री यो सरकारमा...
पूर्वराष्ट्रपति यादव वीर अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर
काठमाडौँ : पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका...