देश

इन्द्रजात्रामा सबै विशिष्ट व्यक्ति हिँडेरै बसन्तपुर
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अडानका कारण इन्द्रजात्रा अवलोकनका लागि विशिष्ट व्यक्ति पैदलै हिँडेर पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित मन्त्रीहरू पैदल नै वसन्तपुर पुगेका हुन्। महानगरपालिकाले जुद्ध सालिकबाट वसन्तपुरमा गत असारदेखि सवारीसाधन प्रवेशमा रोक लगाएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत स्थल भएको...
मैले सर्प पालनमा लगानी गरेको छैन-पूर्वप्रम खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले, आफुले सर्प पालनमा लगानी नगरेको स्पष्ट पारेका छन् । खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर बदनाम गरेको भन्दै आपत्ति जनाएका हुन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै, आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज...
चीन भ्रमण सोचेभन्दा धेरै सफल : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमण सोचेभन्दा धेरै सफल भएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले चीनको स्वशासित क्षेत्र ल्हासा पुगेर आफ्नो चीन भ्रमण आफुले सोचे भन्दा धेरै सफल भएको बताएका हुन् । प्रधानमन्त्री दाहाल ल्हासा पुगेकै अवसरमा त्यहाँ अवस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, म अमेरिकादेखि नै आएँ र...
महानगरपालिका र अभियन्ता ईःबीच चार बुँदे सहमति
काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच चार बुँदे सहमति भएको छ । बुधबार साँझ महानगर र अभियान्ताहरुका बीच चार बुँदे सहमति भएको हो । सहमतीसँगै अभियन्ता ईःले १९९ घन्टादेखिको आन्दोलन स्थगित गरेका छन्। दुई पक्षबीच फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई फिर्ता गर्ने, अनौपचारिक...
ललिता निवास प्रकरण
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरूद्ध मुद्दा दर्ता नभएकोबारे कारण देखाऊ आदेश
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई विरूद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री द्वयविरूद्ध मुद्दा दायरको विषयमा सरकारका नाममा कारण देखाऊ आदेश गरेको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको...
शिक्षा विधेयक परिमार्जन गर्न कांग्रेसले जनायो प्रतिबद्धता
काठमाडौ । नेपाली कांग्रेसले संसदमा पेस गरिएको शिक्षा सम्बन्धी विधेयक परिमार्जन गर्न प्रतिबद्धता जनाएको छ । सरोकार वालाहरुसँगको छलफलमा कांग्रेसले ६ बुँदे सहमति सहित शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी विधेयक परिमार्जन गर्न प्रतिबद्धता जनाएको हो । छलफलमा विभिन्न २० वटा संघ संस्थाहरुले आफूहरुको माग सम्बोधन हुनेगरी विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरुको ध्यानाकर्षण गराएका थिए ।...
डाक्टरमाथि निरन्तर आक्रमणपछि गगन थापाले भने– ‘यो सामान्य घटना होइन प्रवृत्ति हो’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्यकर्मीहरुमाथि आक्रमण प्रवृत्तिकै रुपमा देखा परेको बताएका छन् । कानुनको अभावमा यस्ता घटना भयो भनेर कानुन, निकायहरु बनाए पनि अवस्था उस्तै रहेको भन्दै उनले एउटा स्वास्थ्यकर्मी कहिले र कहाँ सुरक्षित छ, असुरक्षित भएर आत्मविश्वास गुमाएको स्वास्थकर्मीले राम्रो स्वास्थ्य सेवामा कसरी दिन्छ ? भनेर प्रश्न उठाएका छन् । साथै...
‘नागरिकता विधेयक प्रमाणीकरण गर्न पाउँदा खुसी छु’: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता लिनबाट वञ्चित नेपाली बाबु-आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु आफ्ना लागि अविस्मरणीय रहेको बताएका छन् । जनकपुरमा सोमबार आयोजित नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको भवन उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । ‘देशको कुनै जायज नागरिक नागरिकताविहीन नरहून् र...
शिक्षक राजनीतिमा आउने हो भने पेशाबाट अलग हुनुपर्छ, पार्टी सदस्य बनाउन हुन्न: महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकलाई पार्टी सदस्य बनाउन नहुने बताएका छन्। यसबारेमा पार्टी र शिक्षकहरू पनि प्रष्ट हुनुपर्ने उनले सोमबारको केन्द्रीय समिति बैठकमा बताएका हुन्। कांग्रेसको महाधिवेशनमा शिक्षक सहभागी भएको विषयमा अदालतबाट पनि प्रश्न उठेकोले यसबारे अब निर्णय लिनुपर्ने बेला आएको थापाले बताएका हुन्। कुनै शिक्षक राजनीतिमा आउने हो भने पेशाबाट अलग हुनुपर्ने थापाको...
कांग्रेस संस्थापनइतर समूहले गरे तरूण भेला
नेपाली कांग्रेसको संस्थापनइतर समूहले तरूण भेला गरेका छन्। काठमाडौंको बत्तिसपुतलीमा सोमबार तरूण भेला भएको हो। भेलामा सहभागी निरन्जन थापाका अनुसार तरूण दलबारे आन्तरिक छलफल र आगामी रणनीतिबारे कुराकानी गरिएको बताए। भेलाले तरूण दल केन्द्रीय कार्यालयमा संस्थापक अध्यक्ष सिंहध्वज खड्काको फोटो राख्न पनि माग गरेको छ। उनीहरूले नेता शेखर कोइराला-महामन्त्री गगन थापा समूह एक भएर अघि बढ्नुपर्नेसमेत...
चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन प्रधानमन्त्री दाहालको आग्रह
साताव्यापी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्नका लागि त्यहाँका ब्यापारीहरुसँग आग्रह गरेका छन् । नेपाल-चाइना बिजनेस समिटलाई सम्बोधन गर्दै, प्रधानमन्त्री दाहालले लगानी गर्न उपयुक्त मुलुक भएको भन्दै चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका हुन्। प्रधानमन्त्री दाहालले जलविद्युत, कृषि, पर्यटन र यातायात क्षेत्रमा लगानी गर्न नेपालमा अपार संभावना भएको बताउँदै उनले...
पूर्वराजा ज्ञानेन्द्र भक्तपुरमा, हजारौंले गरे स्वागत [तस्वीरहरू]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गरेका छन् । आईतवार अपराह्न उनले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन् । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुगेका पूर्वराजा शाहलाई भक्तपुरका स्थानीयले भव्य स्वागत गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रलाई स्थानीयले झाँकीसहित नाराबाजी गर्दै स्वागत र सम्मान गरेका थिए । उनको...