देश

आज दशैंको छैटौं दिन कात्यायनी देवीको पूजा गरिँदै
नेपालीहरुको महान चाड बडा दशैँको आज छैटौं दिन । आजको दिनमा कात्यायिनी भगवतीको पुजा तथा अर्चना गरिन्छ । नवरात्रीको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग,शोक,भय,दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक बिश्वास रहेको पाइन्छ...
मुस्ताङमा ३ महिनामा १५ हजार विदेशी पर्यटक पुगे
गण्डकी, २ कात्तिक : मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो । असोज–मङ्सिर नेपालको मुख्य पर्यटकीय याम हो । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालयका अनुसार गत साउनयता १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् । “चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सार्क...
अब कसैले गठबन्धन गरेर चुनाव लडौँ भन्यो भने कांग्रेस एक रहँदैन: महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ मा कुनै पनि अवस्थामा गठबन्धन नहुने बताएका छन् । अब को निर्वाचनमा कसैले गठबन्धन गरेर चुनाव लडौँ भन्यो भने कांग्रेस एक नरहने उनले ठोकुवा गरे । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले गौशालामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले गत निर्वाचनमा गठबन्धन गरेर पहिलो पार्टी बने पनि सबैतिर कांग्रेसको...
दसैँमा चङ्गा उडाउने संस्कृति हरायो
रामपुर (पाल्पा), २ कात्तिक : दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ । विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम बढाउने गरेको लेखनाथ शर्मा...
नवरात्रको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजा आराधना गरिँदै
बडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको विधिपूर्वक पूजाआजा गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा...
धौलागिरि अस्पतालमा थपिँदै डायलाइसिस मेसिन, मिर्गौला पीडितलाई राहत
ढोरपाटन (बागलुङ), १ कात्तिकः धौलागिरि अस्पताल बागलुङलाई थप पाँच डायलाइसिस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले अस्पताललाई मेसिन उपलब्ध गराएको हो । मिर्गाैलाको रोगबाट पीडित बिरामीलाई सहज रुपमा डायलाइसिस सेवा दिनका लागि मन्त्रालयलाई माग गरेपछि उपलब्ध गराएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले धौलागिरि अस्पतालसँगै बागलुङ नगर अस्पताललाई पनि...
पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति
पर्वत, १ कात्तिक: मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो । केही स्थानमा धान ढलेर सोत्तर बनेको कृषकले गुनासो गरेका छन् । पर्वतको कुश्मा, फलेवास, विहादी, जलजला, पैँयु र मोदीका विभिन्न वडामा लगाइएको...
बागलुङका सहकारी पीडितलाई दसैँले छोएन
गलकोट (बागलुङ), १ कात्तिक : दसैँको रमझमको समयमा सहकारीका बचत पीडित भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनीहरुलाई दसैँको भन्दा बचतको पिरलो छ । बागलुङका इमेज बचत तथा ऋण सहकारी र शिव शिख बहुउद्देश्यी सहकारी संस्थाले बचत कर्ताको रू साँढे दुई अर्ब रकम उठाएर फरार भएपछि दसैँको समयमा बचत कर्ताको बिचल्ली भएको हो । इमेज...
आज दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिँदै
दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने...
कागबेनीलाई पुरानै लयमा फर्काइँदै
म्याग्दी । दुई महिनाअघिको बाढीको पीडा भुुलेर मुुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुनःनिर्माणमा जुुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो । गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा...
बागलुङमा ठेकेदारले अलपत्र पारेको सडक श्रमदान गरेर मर्मत
बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर ७ रेश पुग्ने सडक पछिल्लो एक वर्षदेखि अलपत्र थियो। सोलिङ गरेर ढलान गर्न रडसमेत बिच्छ्याएको सडक निर्माण कम्पनी सम्पर्कविहीन बनेपछि अलपत्र परेको थियो। चाडबाडको मुखमा अलपत्र सडकले दुर्घटनाको जोखिम निम्त्याएको भन्दै स्थानीयले श्रमदान गरेर सडक मर्मत गरेका छन्। एक वर्षअघि रेशको कुँवरचोक मुहान भन्ने ठाउँमा सडक ढलानका लागि ठेकेदारले...
त्रिभुवन विमानस्थलबाट दैनिक १ सय १३ अन्तर्राष्ट्रिय उडान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ९० भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् । सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एक सय १३ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आज पनि अन्तर्राष्ट्रियतर्फ एक सय १० उडान भएको । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको...