देश

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो
एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट...
भाइटीकाको साइत कात्तिक २९ गते १० : ५१ बजे शुभ
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०: ५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम...
भूकम्प अपडेट: हालसम्म १५७ जनाको मृत्यु, १९७ घाइते
काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । ३७५ जना घाइते भएका छन् । गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्जमा...
भूकम्प पीडितलाई ५० लाख दिने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट भूकम्पको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट तर्फबाट ५० लाख सहयोग गर्ने भएको छ । शनिबार कांग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर सहयोगको घोषणा गरेका हुन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो...
भूकम्पबाट अहिलेसम्म १३३ को मृत्यु पुष्टि, १४० घाइते
गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् । घाइतेहरू मध्य ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनाको थप उपचारको लागि...
जाजरकोटलाई केन्द्र बनाएर ६.४ म्याग्निच्यूटको भुकम्प
जाजरकोटको रामी डाँडालाई केन्द्रविन्दु बनाएर शुक्रवार मध्यरातमा भूकम्प गएको छ । शुक्रवार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्र बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका छन्। भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र पाेखरा, काठमाडौं सम्म महसुस गरिएको छ । भूकम्पको धक्कापछि पश्चिम नेपालका...
कांग्रेस एक ढिक्का छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढिरहेको बताएका छन् । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै, सभापति देउवाले कांग्रेसमा पहिला जस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गरे । सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने धारणा...
‘युवालाई गाउँमै रोजगारी दिन्छौँ’ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलले युवालाई गाउँमै रोजगार दिने गरी काम सुरु गरेको बताएका छन् । नेपाली कांग्रेस बागलुङको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय गाउँ छोड्दै विदेश पलायन हुने युवाको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले गाउँलाई विकासले जोड्नुका साथै रोजगार सृजना गर्न थालेको बताए । गाउँबाट बजार झर्ने र बजारबाट विदेश...
कालीगण्डकीले बगाउँदा आमाको मृत्यु, बालक गम्भीर
पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीस्थित कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने उनका चार वर्षीया छोरा गम्भीर घाइते भएका छन् । पर्वतको बिहादी गाउँपालिका–६ शालिग्रामबाट सेतीबेनीमा कालीगण्डकी नदीमा नुहाउन गएकी २५ वर्षीया रितु भट्टराईको मृत्यु भएको हो । कालीगण्डकी स्नान गर्न गएका एकै परिवारका चार जनामध्ये चार वर्षीय बालकलाई...
एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने
एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो । एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले बिहीबार महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग उनको कार्यकक्षमा भेटवार्ता गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे । राममूर्ति...
क्रिकेट
एक दशकपछि टी-२० विश्वकपमा छनोट भयो नेपाल, युएई आठ विकेटले पराजित
आइसिसि टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ । आज मुलपानीस्थित खेलमैदानमा वरपर जम्मा भएका करिब ३५ हजार दर्शकबीच नेपालले युएईलाई आठ विकेटले पराजित गरेको हो । खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रनमा सीमित गर्न सफल...
बिहिवार मध्यरातदेखि अन्त्य हुँदै राष्ट्रियसभा अधिवेशन
राष्ट्रियसभाको १४औँ अधिवेशन बिहिवार मध्यरातदेखि अन्त्य हुने भएको छ । अधिवेशन अन्तर्गत एक सय ८० दिन बैठक भएका थिए । अधिवेशनमा मुलुकी संहितासम्बन्धी केही नेपाल संशोधन गर्ने अध्यादेश २०८० स्वीकृत भएको थियो । सोही अध्यादेशलाई प्रतिस्थापन गर्न राष्ट्रियसभामा उत्पत्ति भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन दुवै सदनबाट पारित भई प्रमाणित भएको थियो । त्यसैगरी,...