देश

म्याग्दीमा टिम्मुर खेती विस्तार
गलेश्वर (म्याग्दी) । म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेती योग्य जमिनमा समेत अरु खेती छोडेर यहाँका किसानले टिम्मुर खेती गर्न थालेका छन् । जिल्लाको बेनी नगरपालिकाको वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा...
सामाजिक सञ्जालको दुरुपयोग बढेको छः सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल दुरुपयोग हुँदा कुलत बढेको बताएकी छन्। ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फूलचोकी माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष दिलबहादुर श्रेष्ठ, सदस्यहरु वुद्धिबहादुर श्रेष्ठ, हरिबहादुर मुल्मी, न्हुच्छेदास नापित र कृष्णबहादुर श्रेष्ठको सालिक अनावरण तथा विद्यालय स्मारिका लोकार्पण कार्यक्रममा मन्त्री शर्माले सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न नसके गुणात्मक विकास गर्न...
गण्डकीका मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिवबीच भेट
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ छुङछेङबीच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेले सचिव वाङलाई स्वागत गर्दै नेपाल भ्रमण सफलताको कामना व्यक्त गरे । सचिव जुनझेङको गण्डकी प्रदेश र नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनुका साथै पोखराको पर्यटन...
पोखरामा देउसी भैलोको महोत्सव
पोखरा टेलिभिजन एण्ड मिडिया प्रालिले दैउसी भैलोको मौलिकता जोगाउने उद्देश्यका साथ यही कात्तिक २५ गते पोखरामा प्रथम देउसी भैलो महोत्सव २०८० गर्ने भएको छ । महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरुले पछिल्ला वर्षमा तिहारको समयमा खेलिने देउसी भैलो आधुुनिकताका नाममा मौलिकता विहीन बनिरहेकाले त्यसको जगेर्नाका लागि महोत्सव गर्न लागिएको जानकारी...
तिहारमा पनि बिक्दैनन् मादल
ढोरपाटन (बागलुङ) । एकदशक अगाडिसम्म तिहार सुरु हुनु महिना दिन अगावै मादल र झ्याली किनमेल हुन्थ्यो । व्यवसायीलाई मादल बनाउन र बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । मादल व्यवसायबाट धेरैले जीविकोपार्जन गर्थे । आजभोलि मादल बिक्री नहुँदा व्यवसायनै सङ्कटमा परेको छ । युवा व्यवसायी पलायन भइरहेका छन् भने बुढापाका पनि अन्य पेसा रोज्न बाध्य भएका छन्...
टिकटक र फेसबुकको दुरुपयोग गरी चरित्रहत्या गर्ने युट्युवर मनोज ‘मानव’ पक्राउ
काठमाडौँ : नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौँमा बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहेका छन् । प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या...
भूकम्प पीडितले अझै पाएनन् त्रिपाल
जाजरकोट, २२ कात्तिक स् गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किनुभयो । उहाँ निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि हुनुभयो । उहाँ अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आउनुभएको छ । उहाँलाई अहिले जुन समयमा पनि भूकम्प...
स्रोत नखुलेको २६ लाखसहित दुई जना पक्राउ
काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजारसहित दुई जनालाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई रकमसहित...
एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा
सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने उद्देश्यले नेकपा एमालेले मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ गर्ने भएको छ । एमाले सचिवालय बैठकले राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले १५ दिने अभियान आयोजना गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन। अभियान बैतडीको झुलजवाघाटबाट मध्यपहाडी लोकमार्ग केन्द्रित...
शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिए यो व्यवस्थालाई कसैले केही गर्न सक्दैन: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिए अहिलेको व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका दलका नेताहरूसँग मंगलबार सिंहदरबारमा छलफल गरेका थिए। उक्त छलफलमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति शीर्ष नेताहरूले प्रतिबद्धता जनाएका थिए। महामन्त्री थापाले अहिलेको गणतान्त्रिक व्यवस्था स्थापना गर्न शीर्ष नेताहरूले निभाएको भूमिका...
पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रकम ठगी गर्ने महिला पक्राउ
वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्क्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन...
जनतालाई केन्द्रविन्दुमा राखेर कानुन बनाउनुपर्ने : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले जनतालाई केन्द्रविन्दुमा राखेर जनताको घरआँगनमा न्याय पुग्ने तरिकाले कानुन बनाउनुपर्ने धारणा राखेका छन् । संवैधानिक निगरानी समूह र नेपाल कानुन समाजले आयोजना गरेको ‘कानुनको शासन, पारदर्शिता र सहभागिता’ विषयक अन्तक्र्रियामा उनले कानुन जनताका लागि बनाउने भएकाले जनतालाई न्याय मिल्ने गरी बनाउनुपर्ने बताएका हुन् । “मुलुकमा कानुन मान्ने संस्कृतिको विकास गर्नुपर्छ, जनतालाई न्याय...