देश

एमाले नेता भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार
नेकपा एमालेका नेता योगेशकुमार भट्टराई चढेको सवारी साधनमा ढुङ्गा प्रहार भएको छ । एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार भएको हो । ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसामा क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ढुङ्गा प्रहार पहिचान पक्षधरबाट भएको...
मधेसका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग
अन्नभण्डारका रुपमा रहेको मधेस प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेसमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो । नेपालको कूल जनसङ्ख्यामध्ये ६१ लख १४ हजार छ सय जनसङ्ख्या...
गणतन्त्र उत्तम व्यवस्था हो : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको धारणा व्यक्त गरेका छन । नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको पहिलो दिन बृहत् आमसभामा महामन्त्री थापाले राजतन्त्रको समयमा आफूले राजतन्त्रका विरुद्ध प्रश्न उठाएकै कारण पक्राउ परेको बताए । उनले कारागारमा कांग्रेस नेता प्रदीप पौडेललाई भेट्न जाँदा प्रहरीले आफूलाई समातेको...
‘भ्रष्टाचार देश विकासको बाधक’ : भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले देशको विकासको प्रमुख बाधक भ्रष्टाचार भएको बताएका छन । भ्रष्टाचार देशका लागि ठूलो रोग भएको भन्दै नेता भण्डारीले जबसम्म भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिँदैन तबसम्म जनताले आशा गरेअनुसार विकासको प्रतिफल प्राप्त गर्न नसकिने बताए । गत फागुन ३ गते काठमाडौँस्थित आफ्नै घरमा ग्यास दुर्घटनामा परी सख्त घाइते भएका गुल्मी...
आकाशमा समस्या भएको श्री एयरलाइन्सको विमान काठमाडौँमा सुरक्षित अवतरण
काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए । उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिएका छन । प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको जानकारी व्यवस्थापक...
विपिन जोशीको रिहाइमा सघाउन कतारलाई प्रधानमन्त्रीको अनुरोध
प्रधानमन्त्री पुष्कमल दाहालले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन । नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेका हुन । मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा...
पछाडि फर्कने वा विकल्प खोज्नतिर लागे फेरि अर्को जुनी खेर जान्छः गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट पछाडि फर्कने वा विकल्प खोज्नतिर लागे फेरि अर्को जुनी खेर जाने बताएका छन्। शुक्रबार कांग्रेस अर्घाखाँची जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले समस्याहरू हल गरेर जानुपर्ने बताए। ‘बिग्रेको छ, भत्केको छ तर यो पार्टीले सम्हाल्छ, नबरालिँऔं,’ थापाले भने, ‘तपाईंहरूको चित्त दुखेको छ, म मान्दछु। चित्त दुखाउनुपर्ने कारण पनि छन्, जान्दछु।...
हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै
चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा बिहिवार दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष...
देशलाई समृद्धिको मार्गमा डोर्‍याउने एमालेको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको दावी गरेका छन । एमाले पर्साद्वारा पोखरियामा आयोजित जनसभामा अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन आफ्नो पार्टीको एकल सरकार अपरिहार्य भएको बताएका हुन । आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत प्राप्त हुनेगरी आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक काम गर्न...
भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसका स्वयंसेवक
नेपाली कांग्रेसले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गर्न स्वयमसेवक टोली पठाएको छ । महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवं भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले स्वयम सेवक पठाउने निर्णय गरेको थियो । बैठकले अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण...
टिकटक प्रतिबन्धबारे लिखित जवाफ माग
सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि...
रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै
पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा थप तीन जना पक्राउ परेका छन् । केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ,...