देश

स्वर्णिम बने रास्वपाको कार्यवाहक सभापति
काठमाडौँ — स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । सभापति रवि लामिछाने २ दिनका लागि भारत भ्रमणमा जाने भएपछि वाग्लेलाई उक्त जिम्मेवारी दिइएको हो । सभापति लामिछाने माघ १३ र १४ गते भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा भाग लिन भारत जाँदै छन् । शनिबार सभापति लामिछानेले वाग्लेलाई...
आजदेखि स्वस्थानी व्रत शुरु
आज पौष शुक्ल पूर्णिमाको दिन । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिनाको अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको मानिन्छ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना...
समुदायमा कांग्रेस अभियान माघ १३ देखि २६ सम्म
नेपाली कांग्रेसले माघ १३ देखि २६ सम्म समुदायमा कांग्रेस अभियान शुरु गर्ने भएको छ । जनताका गुनासा, सुझाव, अपेक्षा सुन्ने उद्देश्य लिएर अभियान शुरु गर्न लागिएको जनाइएको छ । अभियान अन्र्तगत प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी सँगै पार्टीका शिर्ष तहका नेताले संयोजन गर्ने नेपाली कांग्रेसले जानकारी दिएको छ । कांग्रेसका अनुसार केन्द्रीय सदस्य, प्रत्येक प्रदेशका उपसभापति,...
काठमाडौं न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध, भ्यु टावरमा निशुल्क
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको जानकारी दिएका छन । पाण्डेका अनुसार महानगरले काठमाडौं भ्यु टावर (साविकको पुरानो बसपार्क) मा निःशुल्क पार्किङ गर्न पाउने व्यवस्था छ। विकल्पमा काठमाडौं टावर...
सशस्त्र प्रहरीले हटायो दशगजामा बनेका अनधिकृत संरचना
सशस्त्र प्रहरी बलले नेपाल र भारत तर्फको अन्तर्राष्ट्रिय सीमा क्षेत्र दशगजामा बनेका अनधिकृत भौतिक संरचना हटाएको छ । एक वर्षको अवधिमा विभिन्न जिल्लाका ३८ स्थानमा बनाइएका ५ सय भन्दा बढी घर, टहरा सशस्त्र प्रहरीले हटाएको हो । यस्ता अनधिकृत संरचना भारतीय सुरक्षाकर्मी, भारतीय नागरिक र केही ठाउँमा नेपाली पक्षले निर्माण गरेको देखिन्छ । सशस्त्र प्रहरी...
माओवादीले पेरिसडाँडामा किन्यो थप ५ करोड ७७ लाखको जग्गा
नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा थप ८ आना जग्गा किनेको छ । माओवादीले हालै ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रुपैयाँमा केन्द्रीय कार्यालयको मूलगेट बाहिरको ८ आना जग्गा खरिद गरेको पार्टीको आन्तरिक लेखा परीक्षण विवरणमा उल्लेख छ । माओवादी केन्द्रीय कार्यालका मुख्यसचिव तथा कोषाध्यक्ष श्रीराम ढकालले सांसद, पार्टी सदस्यको लेबीबाट...
एकीकृत समाजवादीको आम्दानी आठ करोड
नेकपा एकीकृत समाजवादीको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ। लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा आठ करोड चार लाख ५६ हजार सात सय नौ भएको छ। पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ। सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड...
‘ प्रशस्तै सुन्तला फल्न थालेपछि विदेश जानै परेन’
म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए । पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुरले पछिल्लो दश वर्षयता सुन्तला खेतीलाई आम्दानीको स्रोत बनाएका छन। “चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर विसं २०५९ मा छुट्टिमा आउँदा बाँझो बारीमा सुन्तलाको...
दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाल आफैँले विकास गरेको शान्ति प्रक्रियाको ‘मोडल’ बाह्य जगत्का लागि अनुकरणीय रहेको बताएका हुन । “द्वन्द्वबाट स्थापित नेताका रूपमा सम्बोधन गर्दैगर्दा मलाई के...
रास्वपाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले संसद र संसदीय समितिमा रचनात्मक प्रतिपक्षका निर्वाह गरेको बताएका छन । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले जनतालाई दुःख नदिई नेताले गर्न सक्ने कुरालाई प्रथामिकतामा राखेर आफूहरू लागिरहेको बताएका हुन । अहिले रास्वपाले मिसन २०८० अन्तर्गत बन्द भएका आयोजनामा कामका लागि दबाब गर्दै आएको उनको भनाइ थियो ।...
पाथीभरामा एक महिनाको भेटी ३५ लाख
ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिएका छन । उनका अनुसार पुसमा मात्र कूल ३५ लाख २९ हजार भेटी रकम सङ्कलन...
गौशाला–२६ को गोपनियता भङ्ग गरेको आरोपमा एक पक्राउ
गौशाला–२६ को व्यक्तिगत गोपनियता भङ्ग गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । गत पुस २६ गते गौशाला–२६ ले दिएको जाहेरीका आधारमा गोपनियता भङ्ग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरीले पक्राउ गरेको हो । ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले भने, “राईलाई सङ्खुवासभा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ...