देश

छिटो निको हुनुस् डा. उपेन्द्र देवकोटाभन्दै शुभेच्छुक पशुपतिमा
पोखरा, ९ पुस। स्वास्थ्य क्षेत्रका एक चर्चित व्यत्तित्व डा उपेन्द्र देवकोटा। धेरै विरामीलाई उनले आफुमा रहेको सिप र क्षमताको प्रयोग गरी बचाए। तर यतिबेला ६३ वर्षिय डा देवकोटा आफै बिरामी परी थलिएका छन्। शुभचिन्तकले उनको चिन्ता मात्र गरिरहेका छैन उनको शिघ्र स्वास्थ्य लाभका कामना पनि गरेका छन्। नेपालका उत्कृष्ट न्युरो सर्जनका रुपमा परिचित डा देवकोटाको...
कालिकोट अझै तनावग्रस्त, कर्फयू यथावत्
पोखरा, ९ पुस । शुक्रबारदेखि तनावग्रस्त बनेको कालीकोट अझै शान्त बन्न सकिरहेको छैन। प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनावग्रस्त भएको कालीकोटमा लगाइएको कर्फयू अझै हटेको छैन। आज बिहान २ घण्टाका लागि हटाइएको कर्फयू फेरि अनिश्चितकालीन बनाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए। स्थिति सामान्य नबनेसम्म कर्फ्यु जारी रहने प्रशासनको भनाइ छ। तनावका...
दिउँसै बम बिस्फोट, तीन घाइते
पोखरा, ७ पुस । अज्ञात समूहले शुक्रबार जिल्ला मालपोत कार्यालय सिरहामा बम बिस्फोट गराउँदा तीन जना घाइते भएका छन्। दिउँसो दुई बजे गराइएको विष्फोटमा परी पवन पासमन, राजकुमार पासमन र रोसन पासमन घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको  छ । बिस्फोटका कारण मालपोत कार्यालयमा पनि क्षति पुगेको छ। घटनापछि सिरहा...
केहिबेरमा बालुवाटारमा बैठक, यस्ता छन् एजेण्डा
पोखरा, ७ पुस। प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरमा सर्वदलिय बैठक बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका हुन्। राष्ट्रिय दलको संयुक्त बैठक आह्वान गरिएको जानकारी दिँदै राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषय बैठकका मुख्य एजेण्डा रहेको बालुवाटार स्रोतले बताएको छ। राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेस विभाजित बनिरहेका बेला प्रधानमन्त्रीले पहिलोपटक राष्ट्रिय दलहरुको...
टेलिकमको छुट योजना, आजबाट लागू हुने
पोखरा, ७ पुस। नेपाल टेलिकमले विन्टर अफर मार्फत विभिन्न सेवा सुविधामा छुट दिने भएको छ। आजबाट लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसका रुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ । डाटा स्ट्रिमिङ, प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ । जिएसएम प्रिपेडरपोष्टपेड तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा विन्टर...
नेपाली युवा अमेरिकी राष्ट्रपति कार्यालयमा नियुक्त
अमेरिकी राष्ट्रपतिको कार्यालयले कृष्ण शर्मालाई भाषा विज्ञको रूपमा नियुक्त गरेको छ । यो नियुक्तिसगैं शर्मा ह्वाइट हाउसमा जागिरेको रूपमा काम गर्ने अवसर पाउने पहिलो नेपाली मूलका अमेरिकी बनेका छन् । यस नियुक्ति सम्बन्धमा शर्मासँग बिस्तारमा जानकारी लिन खोज्दा भाषा विज्ञको रूपमा नियुक्ति लिएको तर त्यस बाहेक अरू जानकारी दिन नमिल्ने बताए। तस्बिर सौजन्य :बिमल नेपाल ...
जागिर नपाएपछि मौरीपालनमा, महिना मै डेढ लाख आम्दानी
निमदत्त सुवेदी पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले बेगनास मौरीघार उद्योग सञ्चालन गरी वार्षिक १८ लाख अर्थात मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्छन्। उनले ९०...
१७० वर्षपछि फेरि सगरमाथाको उचाई मापन गरिने
पोखरा,५ पुस। पहिलोपटक नेपालले विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई मापन गर्ने भएको छ। सगरमाथा विश्वकै सर्वोच्च शिखर भएको तथ्य सार्वजनिक भएको वर्षाै पुगिसकेपनि नेपालले अहिलेसम्म उचाई मापन गरेको थिएन। नापी विभागले नेपालको मापनमा कुनै पनि किसिमको प्रश्न चिन्ह खडा नहोस् भन्ने उद्देश्यले अन्र्तराष्ट्रिय विज्ञ समेतको परामर्श र संलग्नतामा सगरमाथाको उचाइ नाप्ने तयारी गरेको जनाएको छ।...
एसईई परीक्षा तालिका सार्वजनीक, कहिले कुन विषयको परीक्षा पढ्नुस्
पोखरा, ५ पुस। यस बर्षको एसईई परीक्षा चैत ८ गते देखि हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले सार्वजनीक गरेको तालिका अनुसार चैत ८ गते विहीबार अनिवार्य अंग्रेजीको परीक्षा हुने छ । यसै गरी सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य तथा अनिवार्य अँग्रेजीको परीक्षा हुने छ । चैत ९ गते शुक्रबार अनिवार्य...
ग्यास उद्योगमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर, दमकल समेत जलेपछि समस्या
पोखरा, ५ पुस। पर्साको वीरगञ्जमा रहेको एक ग्यास उद्योगमा भिषण आगलागी भएको छ। प्रहरीका अनुसार, विहान ६ बजे वीरगञ्ज महानगरपालिका –१४ बहुवरी गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको हो। आगो नियन्त्रण गर्न दमकल र प्रहरीले प्रयास गरिरहे पनि नियन्त्रणमा आउन सकेको छैन। घटनामा दुई जनाको मृत्यू भएको बताइएपनि सनाखत हुन सकेको छैन। आगो निभाउनका...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पोखरा, ४ पुस। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले यहाँ पनि समायोजन गरेको निगमले प्रस्ट पारेको छ । भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ। केहिदिन अघि पनि पेट्रोलियम पदार्थको मूल्य वृद्वि गरिएको थियो। बढेको मूल्य अनुसार पेट्रोल प्रति...
श्रीमतिको हत्या आरोपमा पक्राउ
महेश्वर चामलिङ राई उदयपुर- श्रीमतिको हत्या आरोपमा यहाँका एक पुरुष सोमबार पक्राउ परेका छन्। जिल्लाको रौतामाई गाउँपालिका २ भुट्टारकी ४२ वर्षीया गीता भन्ने गंगा खत्री दाहालको हत्या आरोपमा उनका श्रीमान् सीताराम दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। आईतबार बिहान घरमै झुण्डिएर मृत अवस्थामा फेला परेकी दाहालको श्रीमान्बाटै हत्या भएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...