देश

आज रातिदेखि फेरि बन्द हुदै मुग्लिन – नारायणगढ सडक
पोखरा, १८ पुस। दैनिक सैयौ सवारीसाधन अवागमन हुने मुग्लिन – नारायणगढ सडकखण्ड फेरि बन्द हुने भएको छ। सडक निर्माण कार्यलाई तिव्र पार्नका लागि सडक बन्द गर्न लागिएको हो। आज पुस १८ गतेदेखि १५ दिनसम्म राति १० बजेदेखि बिहान चार बजेसम्म सडक बन्द हुनेछ। पुस १२ गते जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित...
बढेको बढै छ मूल्य,अब यति तिर्नु पर्ने भो
पोखरा, १८ पुस । सोमबार रातिदेखि लागु हुने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । झण्डै एक महिनाका बीचमा सरकारले तेस्रो पटक मूल्य बृद्वि गरेको हो। निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरेको जनाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको हो। अब पेट्रोल प्रतिलिटर...
सवैले टोपी लगाऔं, अनि एउटै स्वरले भनौ –‘नेपाली टोपी हाम्रो पहिचान’
पोखरा, १७ पुस। ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय टोपी दिवस देशका विभिन्न स्थानमा मनाइएको छ। नेपालसँगै भारतको दार्जिलिङ ,आसाम ,देहरादून लगायतका शहरमा पनि टोपी दिवस मनाउन थालिएको छ। काठमाडौं लगायत विभिन्न शहरहरुमा टोपी प्रदर्शन गरिएको छ। पोखरामा पनि कपडा व्यवसायी संघले निःशुल्क रुपमा ढाका टोपी वितरण...
बामगठबन्धन फुटाउनुपर्छ – कोइराला
पोखरा, १६ पुस। नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस सफल हुनका लागि बामगठवन्धन फुटाउनुपर्ने बताएका छन्। गठबन्धनलाइ फुटाउनु नै काँग्रेसको रणनीति हुनेछ उनले भने – ‘बामगठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाउन साथीहरुले मलाई कुराकानी गर्नुस् भनेका छन्।’ उनले पार्टीका साथीहरुको भावना अनुसार नै आफुले दाहाललाई राजधानीमा भेट्ने जानकारी दिए। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा...
प्रजातन्त्रवादी हुँ, जनताको निर्णय शिरोधार्य छ – प्रधानमन्त्री
पोखरा, १५ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले आफु प्रजातन्त्रवादी भएकाले जनताको निर्णय शिरोधार्य भएको बताएका छन्। म कांग्रेस हुँ, प्रजातन्त्रवादी हुँ, जनताको निर्णयलाई शिरोधार्य गर्छु, त्यो नै मेरा कर्तव्य हो उनले भने – ‘प्रजातन्त्रवादीले जे गर्नुपर्छ मैले जानेको छु, बुझेको छु, कसैले सिकाउनु पर्दैन।’ तमु ल्होसारको अवसरमा शनिबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव गराएकोमा...
अनौठो शिशुको जन्म, शिशुको चार हात, दुई टाउँको
पोखरा, १३ पुस। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले अनौठो शिशु जन्माएकी छन्। इनरुवा नगरपालिका ८ की सोनम मण्डलले अनौठो शिशु जन्माएकी हुन्। शिशुको पेट र छाती टाँसिएको छ। चार हात, दुइ टाउँको, दुइ खुट्टा र एउटै यौनाङ छ।  उनी मंगलबार स्त्री रोग तथा प्रतिष्ठानको प्रसुती विभागमा भर्ना भएकी थिईन। प्रसुती गराउँन असहज...
फेरि बन्द हुदै मुग्लिन – नारायणगढ सडक
पोखरा, १२ पुस। दैनिक सैयौ सवारीसाधन अवागमन हुने मुग्लिन – नारायणगढ सडकखण्ड फेरि बन्द हुने भएको छ। सडक निर्माण कार्यलाई तिव्र पार्नका लागि सडक बन्द गर्न लागिएको हो। पुस १८ गतेदेखि १५ दिनसम्म राती १० बजेदेखि बिहान चार बजेसम्म सडक बन्द हुनेछ। जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित नारायणगढ मुग्लिन सडक आयोजनाका...
फाईदा बेफाईदा हेरिन, संविधान पूर्ण कार्यन्वयन गरे – प्रधानमन्त्री
पोखरा, ११ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको फाईदा बेफाईदा नहेरी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरी संविधान पूर्ण कार्यान्वयन गर्न सफल भएको बताएका छन्। संक्रमणकाललाई निकास दिनका लागि आफु नेतृत्वको सरकार सफल भएको बताउँदै प्रधानमन्त्री देउवाले नतिजाको ख्याल नगरी निर्वाचन शान्तिपूर्ण रुपमा गराउन सफल भएको उल्लेख गरे। सौराहामा शुरु भएको १४ औं चितवन हात्ती महोत्सवको मंगलबार...
रामेछापमा पूर्व वडाध्यक्षको हत्या, ११ पक्राउ
पोखरा, १० पुस। रामेछापमा साविकको डडुवा गाविस २ का पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्या भएको छ । घटना आइतबार रातिको हो। तामाङको शव साविक डडुवा १ को लप्सीखोलामा ढुंगाले किचिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। हत्या कसले ग¥यो भन्ने खुलेको छैन । तामाङ आइतबार साँझ साथीहरुसँग तास खेल्न गएका थिए । ४८ वर्षीय तामाङ...
काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले भने–‘तत्काल अध्यादेश जारी नभए थप आन्दोलन’
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तुरुन्त जारी गर्न माग गरेका छन् । भ्रातृ र शुभेच्छुक संस्थाका प्रमुखले आज पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दुई महिनाअघि राष्ट्रपति कार्यालय पठाएको उक्त अध्यादेश हालसम्म जारी नभएकोमा दुःखसमेत व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले प्रतिनिधिसभा...
पार्टी सुधार्छु – नेता सिंह
पोखरा,१० पुस। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस सुधारको अभियान अघि बढाउने बताएका छन्। पार्टीलाई सुधार्नका लागि सवै लाग्नुपर्नेमा उनले जोड दिए। काँग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीलाई सुधारको आवश्यकता छ भनेर मलाई सुझाव दिइरहेका छन् उनले भने –‘पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु।’ नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १० ले सोमबार आयोजना गरेको कार्यक्रममा...
आज क्रिसमस, सार्वजनीक विदा, देशभर चहलपहल
पोखरा, १० पुस। इसाई धर्मावलम्वीको मुख्य पर्व क्रिसमस विश्वभर आज मनाईदैछ। येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ। यो पर्वको अवसरमा उपहार तथा शुभकामना आदानप्रदान गरी क्रिसमस मनाउने गरिन्छ। इसाई धर्मावलम्वीले मात्र नभई अन्य धर्म मान्ने नेपालीले समेत यो पर्वमा शुभकामना तथा उपहार आदानप्रदान गरी मनाउन थालेका...