देश

२० किलो अवैध सुनसहित प्रहरी पक्राउ
काठमाडौं, २० माघ । नेपाल प्रहरीका एक असई २० किलो अवैध सुनसहित पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत असई कुलबहादुर राईलाई २० किलो अवैध सुनसहित पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित उनकै डेराबाट पक्राउ गरेको महाशाखा प्रमुख दिवेश लोहनीले जानकारी दिए...
रुकुममा सुत्केरी आमा र बच्चाको मृत्यू
रुकुम – रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यू भएको छ। चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको चौरजहारी अस्पतालमा मृत्यू भएको हो। घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले विहीबार अस्पताल पु¥याएका थिए । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यू भएको अस्पतालका डा सुमन राईको भनाइ छ। पाँचौँ पटक...
फेरि बढ्यो मूल्य
पोखरा, १८ माघ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाएको हो । निगमका अनुसार, पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई÷दुई रुपैयाँ बढाइएको छ । निगमले यसअघि पेट्रोल प्रतिलिटर एक सय तीन, डिजेल, मट्टीतेल ८१ रुपैयाँ, हवाई इन्धन ९० रुपैयाँ र खाना पकाउने...
सांसद र व्यापारी धम्क्याउनेलाई यसरी सार्वजनीक ग¥यो प्रहरीले
पोखरा, १८ माघ । पोखराका सांसदर व्यवसायीसँग करोडौ रुपैयाँ मागेर नदिए ज्यान मार्ने धम्की दिने चार जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ । कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को सहयोगमा उनीहरुलाई पोखरा र स्याङजाबाट पक्रेको हो ।गत पुस २५ गतेदेखि व्यवसायी तथा कांग्रेसबाट चार नम्बर प्रदेशसभामा निर्वाचित सांसद बिन्दुकुमार थापा, व्यवसायी कालु गुरुङ, बोधराज...
प्रदेश राजधानीमै यस्तो आतंक, धम्क्याएर करोडौ असुल्न खोज्ने पक्राउ, गिरोहले काँग्रेस सांसद र व्यवसायीलाई धक्याएको थियो
पोखरा, १७ माघ । मनोज पुनको मान्छे हुँ भन्दै पोखरामा सांसद र व्यवसायीलाइ धम्क्याएर करोडौं रकम असुल्न खोज्ने चार जनालाई प्रहरीले पक्रेको छ । मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ (शंकर) सहित अन्य ३ जनालाई पक्राउ गरिएको हो । श्रोतका अनुसार संलग्नमध्ये ३ जना स्याङजा टक्सारका र १ जना चाहीँ पर्वतका हुन् । व्यवसायी समेत...
फुलचोकीमा हराएका तामाङको ६ दिनपछि जीवितै उद्वार
काठमाण्डौ, १७ माघ । फुलचोकीमा हिँउ खेली फर्कनेक्रममा वेपत्ता भएका विद्यार्थी जोन तामाङलाई बुधबार जिवितै उद्वार गरिएको छ। विगत ६ दिनदेखि बेपत्ता भएका १७ वर्षिय उनलाई नेपाली सेना र प्रहरीको टोलीले जीवितै उद्वार गरेका हुन्। फुलचोकीको खोंचमा खसेका तामाङ झोक्राइरहेको अवस्थामा भेटिएको उद्वारमा खटिएकाले बताएका छन्। उनी हराएको क्षेत्रलाई केन्द्रविन्दु बनाएर खोजी कार्य अघि बढाइएको...
सकियो स्वस्थानी व्रत
पोखरा, १७ माघ। पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको स्वस्थानी व्रतको आज विधिवत समापन गरिएको छ । व्रत समाप्तीका दिन आज श्रीस्वस्थानीको पूजा गरी एक सय आठ रोटी, पान, कुड्का सुपारी लगायत सामग्री चढाउने तथा रातभर जाग्राम बस्ने प्रचलन छ । व्रत अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा...
आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने ,गर्न हुने र नहुने काम यस्ता छन्
१७ माघ, काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति नेपालका अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने...
सडकमै बटुवाको जुत्ता पालिस गरी राजनीतिक शुद्वीकरण अभियानमा काँग्रेस नेता
पोखरा, १६ माघ। सधैजसो सभा समारोहमा र टेलिभिजनका पर्दामा देखिने काँग्रेसका नेता मङ्गलबार राजधानीको बानेश्वरमा नयाँ रुपमा देखिए। जहाँ उनीहरुले बटुवाको जुत्तामा पालिस गरिरहेका थिए। यो दृश्यले सवैलाई चकित बनायो। राजनीतिमा विकृति र विसंगति बढिरहेकोभन्दै आवाज उठिरहेका बेला ती नेताहरुले जुत्तामा रहेको फोहोरलाई सफा गरे झै राजनीति भित्रका विकृति र विसंगति हटाउन शुद्वीकरणको अभियान शुरु...
राष्ट्रिय सभामा निर्विरोध भए पन्थ, कारण यस्तो छ
पोखरा, १३ माघ। राष्ट्रिय सभा सदस्यमा काँग्रेस उम्मेदवार प्रकाश पन्थ निर्विरोध निर्वाचित भएका छन्। उनीसँगको प्रतिस्पर्धामा रहेका बाम गठबन्धनका रामबहादुर थापाको उम्मेदवारी अयोग्य ठहर भएपछि पन्थ निर्विरोध भएका हुन्। थापा एमालेका नेता हुन्। प्रदेश नम्बर ४ बाट अपाङ तथा अल्पसंख्यक कोटाबाट उम्मेदबारी दिई निर्विरोध भएका पन्थ तनहँुका हुन्। बाम गठबन्धन उम्मेदवार थापाले नयाँ निर्देशिका अनुसार...
फेरि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ६ घण्टा बन्द
पोखरा, १३ माघ। निर्माणाधिन अवस्थामा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा अबको एक महिना बिहान १० देखि अपरान्ह ४ बजेसम्म सवारी साधन संचालनमा रोक लगाइएको छ। झण्डै एक महिनादेखि रातमा सवारी रोकेर गरिएकोमा काम प्रभावकारी हुन नसकेकोभन्दै सो निर्णय गरिएको हो। रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले आजदेखि यस्तो...
यी हुन् कास्कीमा सहिद घोषणा गरिएकाहरु(फोटो सहित), प्रजातन्त्रका लागि योगदान गरेका उनीहरुलाई छानिछानि मारिएको थियो
पोखरा, १२ माघ। सरकारले द्वन्द्वकालमा तत्कालिन विद्रोही समुहवाट कास्कीमा मारिएका ८ जनालाई सहिद घोषणा गरेको छ । साथै २०१८ सालमा मारिएका हरिप्रसाद गुरुङलाई समेत गरि कास्कीका ९ जनालाई सहिद घोषणा गरेको हो । बिहीबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाको प्रस्तावमा उनीहरुलाई सहिद घोषणा गरिएको हो। कास्की जिल्ला...